Saturday, 19 August 2017 03:46 am, Nepal

४४ हजार भूकम्पपीडितले अनुदान बुझे पनि घर बनाउन बाँकी

मेचीकाली : 2017-08-08 16:17:39

गोरखा, २४ साउन : ‘गोरखा भूकम्प’ ले घर भत्किएपछि २८ महिनादेखि टहरामा बस्दै आएका दुई नगरपालिका र नौवटा गाउँपालिकाका ४४ हजार भूकम्पपीडितले घर बनाउन सुरु गरेका छैनन् । निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा, छड, सिमेन्ट, काठ) को सामान्यतया अभाव नरहे पनि अनुदान लिएको वर्ष दिनसम्म लाभग्राहीले घर नबनाउनाका मुख्य कारण इच्छाशक्ति नहुनु देखिन्छ ।

पुरा पढ्नुहोस्

चुल्होचौको छाडेर पुनःनिर्माणमा होमिए एकल महिला

मेचीकाली : 2017-08-02 13:38:06

गोरखा, १८ साउन : श्रीमान् सुकबहादुर चेपाङको अल्पायुमै गत कात्तिकमा निधन भएपछि गोरखाको गण्डकी गाउँपालिका मकैसिङस्थित कोलडाँडाकी ३४ वर्षीया चन्द्रा चेपाङ आफैँ घर बनाउने (डकर्मी) काममा सक्रिय हुन थाल्नुभयो ।श्रीमान्, श्रीमतीको कमाइले जसोतसो हातमुख जोर्दै आएको चेपाङ परिवारमा सुकबहादुरको निधनपछि आम्दानी स्वाट्टै घट्यो । दुई छोरा र एक छोरीलाई लालनपालनदेखि शिक्षादीक्षामा समस्या आइप¥यो ।

पुरा पढ्नुहोस्

तीन करोडको लगानीमा होटल सञ्चालन

मेचीकाली : 2017-07-24 14:07:54

गोरखा, ९ साउन : सदरमुकामस्थित हरमटारीमा चारजना युवाले रु तीन करोड लगानीमा होटल सञ्चालनमा ल्याएका छन् । दुईवटा ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ सञ्चालनमा आएको हो । प्रबन्ध निर्देशक सुरेन्द्र न्यौपानेका अनुसार होटल ६० जना क्षमताको रहेको छ ।

पुरा पढ्नुहोस्

स्वास्थ्यचौकी पुनःनिर्माणमा युनिसेफको आलटाल

मेचीकाली : 2017-06-19 13:07:34

गोरखा, ५ असार : ‘गोरखा भूकम्प’ ले क्षति पु¥याएका गोरखाका विभिन्न १२ वटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्ने अनुमति लिएको युनिसेफले जिम्मेवारी लिएअनुसार तोकिएको समयभित्र स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरेको छैन । युनिसेफले दर्बुङ स्वास्थ्य चौकी भवन मात्रै पुनःनिर्माण गरेको छ ।

पुरा पढ्नुहोस्

सडक खन्दा पहिरोमा पुरिएका चालकको उद्धार

मेचीकाली : 2017-05-12 08:14:35

गोरखा, २९ वैशाख : गोरखाको अजिरकोट गाउँपालिका–१ घ्याच्चोकस्थित धनसिरा गाउँ जाने सडक खन्ने क्रममा पहाडको ढिस्को खसेर पुरिएका स्काभेटर चालक धादिङ स्याबुङ–६ का ३६ वर्षीय तेन्जिङ तामाङको सकुशल उद्धार गरिएको छ ।बिहीबार अपराह्न सडक खन्ने क्रममा अकस्मात पहिरो खसेपछि स्काभेटरसहित चालक तामाङ पहिरोमा पुरिएका थिए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु