Sunday, 19 November 2017 07:53 pm, Nepal

सत्ताइस मेट्रिक टन मह उत्पादन

मेचीकाली : 2017-09-13 14:06:30

स्याङ्जा, २८ भदौ : आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी तिलक डिसीकाअनुसार हरेक वर्ष मौरीका घार (गोलासहित) वितरण र मौरीपालन सम्बन्धी तालीम दिएका कारण कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् ।

पुरा पढ्नुहोस्

हाइसको ठक्करबाट एकको मृत्यु, चार घाइते

मेचीकाली : 2017-08-28 16:39:12

वालिङ, १२ भदौ : स्याङ्जाको वालिङ– ९ भूम्रेमा आज विहान हाइसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।वडा प्रहरी कार्यालय वालिङकाअनुसार ग १ ख ३५७९ नम्बरको हाइसको ठक्करबाट पर्वत घर भई हाल वालिङ– ९ भूम्रेमा बस्दै आएकी १२ वर्षीया अमिसा थापाको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

स्याङ्जाका एकजनाको स्वाइन फ्लूबाट मृत्यु, सचेत रहन आग्रह

मेचीकाली : 2017-07-28 08:19:01

वालिङ, १३ साउन : स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गत सोमबार स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको मृत्यु भएको हो ।“अर्यालको मृत्यु स्वाइन फ्लूका कारण भएको पुष्टि सरुवा रोग नियन्त्रण महाशाखाबाट हामीलाई प्राप्त भएको छ”, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालक समितिका संयोजक दिलीपप्रताप खाँणले भन्नुभयो, “वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लूको प्रकोप हुन सक्ने भएकाले सचेत भएर रहन स्थानीयवासीलाई आग्रह गरेका छौँ ।”

पुरा पढ्नुहोस्

स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह

मेचीकाली : 2017-07-27 15:25:25

वालिङ, १२ साउन : स्वाइन फ्लुका कारण स्याङ्जाको वालिङमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको गत सोमबार मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

सोलार लिफ्टिङ खानेपानीबाट ३६ घरधुरी लाभान्वित

मेचीकाली : 2017-06-30 08:40:50

वालिङ, १६ असार : स्याङ्जाको वालिङ–४ माझकोटमा सोलार लिफ्टिङ खानेपानी योजनाबाट ३६ घरधुरी लाभान्वित भएका छन् । फिनल्याण्ड सरकारको रु १२ लाख, नेपाल सरकारको रु १२ लाख, साबिकको माझकोट शिवालय गाविसको रु दुई लाख ६ हजार र बाँकी स्थानीयवासीको जनश्रमदान गरी कुल रु ३६ लाख नौ हजार २३९ को लागतमा उक्त खानेपानी योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष टौबहादुर गुरुङले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु