Sunday, 17 December 2017 08:18 am, Nepal

मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु

मेचीकाली : 2017-11-02 13:49:44

दमौली, १६ कात्तिक : पृथ्वी राजमार्गको डुम्रे–मुग्लिन सडकखण्डमा पर्ने आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार राति मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा तीनजनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा आउँदै गरेको वा३८प ५९७५ नं को मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजना र एक पैदल यात्रुको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

करिब रु २४ करोड सामाजिक सुरक्षा भत्ता वितरण

मेचीकाली : 2017-10-02 10:43:35

दमौली, १६ असोज : तनहुँ जिल्लामा गत आर्थिक वर्षमा रु २३ करोड ८८ लाख ६६ हजार ८१७ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त अपाङ्गता, आंशिक तथा अति अशक्त अपाङ्गता, ज्येष्ठ नागरिक (दलित), ५ वर्षमुनिका विपन्न दलित बालबालिकाका लागि सो रकम भत्ता वितरण गरिएको हो ।

पुरा पढ्नुहोस्

तनहुँको काफ्लेफाँटमा हेलिकप्टर आकस्मिक अवतरण

मेचीकाली : 2017-08-11 17:00:26

दमौली, २७, साउन : मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका– ६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा आज अवतरण गरेको छ ।खराब मौसमका कारण सो हेलिकप्टर उक्त ठाउँमा अवतरण गरेको इन्दु माविका प्रधानाध्यापक यज्ञ काफ्लेले बताउनुभयो ।

पुरा पढ्नुहोस्

ट्रयाक्टरले किचेर दुई युवाको मृत्यु

मेचीकाली : 2017-07-29 08:47:09

तनहुँ, १४ साउन : ढुंगा लिएर फर्कंदै गरेको एक ट्रयाक्टर दुर्घटनामा पर्दा शुक्ला गण्डकी नगरपालिका १२ फिरफिरेको बराहडाँडामा दुई युवाको घटनास्थलमै ज्यान गएको छ । शुक्लागण्डकी १२ कै साँखेबाट बाटो मर्मतका लागि ढुंगा लिएर बोटडाँडा जाँदै गरेको ग १ त ३३२४ नम्बरको ट्याक्टर उकालोमा ब्रेक फेल भै दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

ह्याम्मरले हानेर श्रीमतीको हत्या

मेचीकाली : 2017-07-27 13:13:28

दमौली, १२ साउन : तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् ।उनन्तीस वर्षीय कुमार राईले ह्याम्मरले हानेर ३५ वर्षीया श्रीमती बुद्धिमाया राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु