Monday, 23 April 2018 09:49 am, Nepal

बस दुर्घटनामा एकको मृत्यु, एक घाइते

मेचीकाली : 2018-02-22 08:27:12

तनहुँ, १० फागुन : तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् ।दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु

मेचीकाली : 2017-11-02 13:49:44

दमौली, १६ कात्तिक : पृथ्वी राजमार्गको डुम्रे–मुग्लिन सडकखण्डमा पर्ने आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार राति मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा तीनजनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा आउँदै गरेको वा३८प ५९७५ नं को मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजना र एक पैदल यात्रुको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

करिब रु २४ करोड सामाजिक सुरक्षा भत्ता वितरण

मेचीकाली : 2017-10-02 10:43:35

दमौली, १६ असोज : तनहुँ जिल्लामा गत आर्थिक वर्षमा रु २३ करोड ८८ लाख ६६ हजार ८१७ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त अपाङ्गता, आंशिक तथा अति अशक्त अपाङ्गता, ज्येष्ठ नागरिक (दलित), ५ वर्षमुनिका विपन्न दलित बालबालिकाका लागि सो रकम भत्ता वितरण गरिएको हो ।

पुरा पढ्नुहोस्

तनहुँको काफ्लेफाँटमा हेलिकप्टर आकस्मिक अवतरण

मेचीकाली : 2017-08-11 17:00:26

दमौली, २७, साउन : मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका– ६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा आज अवतरण गरेको छ ।खराब मौसमका कारण सो हेलिकप्टर उक्त ठाउँमा अवतरण गरेको इन्दु माविका प्रधानाध्यापक यज्ञ काफ्लेले बताउनुभयो ।

पुरा पढ्नुहोस्

ट्रयाक्टरले किचेर दुई युवाको मृत्यु

मेचीकाली : 2017-07-29 08:47:09

तनहुँ, १४ साउन : ढुंगा लिएर फर्कंदै गरेको एक ट्रयाक्टर दुर्घटनामा पर्दा शुक्ला गण्डकी नगरपालिका १२ फिरफिरेको बराहडाँडामा दुई युवाको घटनास्थलमै ज्यान गएको छ । शुक्लागण्डकी १२ कै साँखेबाट बाटो मर्मतका लागि ढुंगा लिएर बोटडाँडा जाँदै गरेको ग १ त ३३२४ नम्बरको ट्याक्टर उकालोमा ब्रेक फेल भै दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु