Tuesday, 26 September 2017 01:15 pm, Nepal

मैनादीबाट दैनिक ५५ सय किलो गोलभेँडा निकासी

मेचीकाली : 2017-08-28 16:36:42

पाल्पा, १२ भदौ : पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७ अन्तर्गत पर्ने मैनादीको एउटा टोलबाट दैनिक पाँच हजार ५०० किलो गोलभेँडा निकासी हुन थालेको छ । उक्त टोलबाट दैनिक ठूलो मात्रामा गोडभेँडा पोखरा, स्याङ्जा, रुपन्देहीमा निकासी हुँदै आएको छ । बीस दिनको अवधिमा दैनिक पाँच हजार किलोसम्म गोलभेँडा उत्पादन भइ पाँच लाखसम्म आम्दानी गाउँमा भित्रिएको छ ।

पुरा पढ्नुहोस्

रैनादेवी छहरा गापाको बजेट रु ३९ करोड ५५ लाख

मेचीकाली : 2017-08-18 10:57:22

पाल्पा, २ भदौ : रैनादेवी छहरा गाउँपालिकाले यस आवमा रु ३९ करोड ५५ लाख ४२ हजारको बजेट विनियोजन गरेको छ । ‘शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनसहितको पूर्वाधार उज्यालो रैनादेवी छहरा हाम्रो आधार’ भन्ने नारासहित रैनादेवी छहरा गापाको छ दिनसम्म चलेको प्रथम गाउँ सभाबाट पारित गरिएका बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले पत्रकार सम्मेलनको आयोजना गरी विहिबार सार्वजनिक गरिएको हो ।

पुरा पढ्नुहोस्

शंखेकिराबाट तरकारी जोगाउन कृषकलाई समस्या

मेचीकाली : 2017-08-03 13:10:11

पाल्पा, १९ साउन : शंखेकिराले तरकारी बालीमा आक्रमण गर्न थालेपछि रामपुरका कृषकलाई तरकारी बाली जोगाउन समस्या परेको छ । तरकारीको बोटको माथिल्लो भागमै पुगेर शंखेकिराले डाँठ र पातलाई सखापै पार्न थालेपछि कृषक चिन्तित बनेका छन् । रामपुर नगरपालिका–६ को तिलकपुर, कौवा, प्याक्लुक, विजयपुरलगायतका क्षेत्रमा यतिबेला शंखेकिरा छरपस्ट मात्रामा भेटिन्छन् ।

पुरा पढ्नुहोस्

पीडा लुकाउन छाडे महिला

मेचीकाली : 2017-07-25 13:45:40

सुशीला रेग्मी

रामपुर (पाल्पा), १० साउन : रोगले भित्रभित्रै गाँज्दै बाँचेका महिला हिजोआज आफ्ना समस्याबारे सम्बद्ध व्यक्तिसमक्ष राख्नसक्ने भएका छन् । वर्षाँैदेखि रोगसंग लडिरहेका पाल्पाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने क्रम बढदो छ । आफूभित्रका समस्या सधैँ आँशु र पीडामा सीमित राख्ने यहाँका महिला समयको परिवर्तनसंगै स्वास्थ्य संस्थामा आफ्ना समस्या राख्नुका साथै उपचार र सल्लाह लिन पुग्ने गरेका हुन् ।

पुरा पढ्नुहोस्

उत्पादन बढाउन उन्नत जातको बीउको प्रयोग

मेचीकाली : 2017-07-10 13:37:40

रामपुर (पाल्पा), २६ असार : पाल्पाका कृषक धेरै आम्दानी लिन हिजोआज स्थानीय जातको बीउको सट्टा उन्नत जात (हाइब्रिड)को बीउ प्रयोग गर्न थालेका छन् । तरकारी, खाद्यान्न, फलफूलको व्यावसायिक रुपमा खेती गर्ने कृषकले स्थानीय जातको तुलनामा उन्नत जातको बीउबाट उत्पादन राम्रो लिन सकिने भएकाले यसतर्फ आकर्षित भएका हुन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु