Monday, 23 April 2018 09:49 am, Nepal

भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं

मेचीकाली : 2018-02-24 12:57:54

कपिलवस्तु, १२ फागुन : कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमताभन्दा दोब्बर लोड गरेको पाइएको छ । यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर यस नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय नम्बरका १२ चक्के मालवाहक ट्रकले ४० टनभन्दा बढी लोड गरेको अनुगमनका क्रममा पाइएको छ ।

पुरा पढ्नुहोस्

बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

मेचीकाली : 2018-02-22 08:26:21

कपिलवस्तु, १० फागुन : बसले मोटरसाइकललाई ठक्कर दिँदा यहाँ बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पुरा पढ्नुहोस्

सीमा नाकाबाट एक चेलीको उद्धार

मेचीकाली : 2018-02-07 10:38:07

कपिलवस्तु, २४ माघ : सीमा नाका कृष्णनगरबाट यहाँ एक चेलीको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार पुनः कपिलवस्तुकी एक किशोरीको उद्धार गरेको हो । यहाँको बुद्धभूमि नगरपालिका बस्ने १९ वर्षीया एक किशोरी भारतको बलरामपुर जाँदैगर्दा सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

ट्रकको ठक्करबाट दुईको मृत्यु

मेचीकाली : 2017-11-27 12:59:30

कपिलवस्तु, ११ मंसिर : ट्रकले ठक्कर दिँदा गएराति यहाँ दुई जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–२ पिपरामा बुटवलबाट पश्चिम आउँदै गरेको ना२ख ९९२९ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु१६प ५२०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका वडा नं १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रेम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

डिजेल अवैध रुपमा भारत निकासी

मेचीकाली : 2017-11-13 16:59:15

कपिलवस्तु, २७ कात्तिक : भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ ।तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन् । भारतीय आयल निगमले सेप्टेम्बरदेखि उत्तर प्रदेशमा डिजेलको मूल्य प्रतिलिटर ६० रुपैयाँ भारु (रु ९६ नेपाली) कायम गरेको थियो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु