Saturday, 26 May 2018 12:02 pm, Nepal

पोखरीमा डुबेर चार बालिकाको मृत्यु

मेचीकाली : 2018-05-21 16:23:53

लुम्बिनी, ७ जेठ : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ । बिहान ११ः३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

पुरा पढ्नुहोस्

पाँच नम्बर प्रदेशसभाको दोस्रो अधिवेशन आजबाट

मेचीकाली : 2018-05-14 08:43:57

बुटवल, ३१ वैशाख  : पाँच नम्बर प्रदेशसभाको दोस्रो अधिवेशन आजबाट सुरू हुने भएको छ । विभिन्न ८ विधेयक प्रस्तुत भएको पहिलो अधिवेशनबाट बाँकी रहेका तीनवटा विधेयक दोस्रो अधिवेशनले पारित गर्ने भएको छ । दोस्रो अधिवेशनले आर्थिक वर्ष ०७५/०७६ का लागि वार्षिक बजेट, नीति तथा कार्यक्रम समेत    ल्याउनेछ ।

पुरा पढ्नुहोस्

सडक जीवन बिताउनेहरूको पुनःस्थापना शुरु

मेचीकाली : 2018-05-13 15:49:59

बुटवल, ३० वैशाख : यहाँका सडकमा जीवन जिउन बाध्य सबै बेसहारा तथा मनोरोगीलाई पुनःस्थापना गरिने भएको छ । आउँदो साउन महिनासम्ममा यहाँका सडकलाई मानवरहित घोषणा गर्नेगरी पुनःस्थापना अभियान शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा मानव सेवा आश्रमले आजदेखि आजदेखि उक्त अभियान शुरु गरेको हो ।

पुरा पढ्नुहोस्

प्रदेश सभासदस्यको लोगो सार्वजनिक

मेचीकाली : 2018-05-07 13:24:20

बुटवल, २४ वैशाख : प्रदेश नं ५ का प्रदेशसभासद्को पहिचान गराउने प्रदेश चिह्न (लोगो) आज सार्वजनिक गरिएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले यहाँ आयोजित कार्यक्रममा सो लोगो सार्वजनिक गर्नुभएको हो । उक्त लोगो बनाउन २०७४ फागुन २४ गते सार्वजनिक सञ्चारमाध्यममार्फत नमूना आह्वान गरिएकामा १२ जनाले सहभागिता जनाएका थिए । सहभागीमध्ये दाङका खगेश्वर भण्डारीले तयार पार्नुभएको नमूना छनोटमा परेको हो ।

पुरा पढ्नुहोस्

हड्ताल नगर्ने सर्तमा रुपन्देहीबाट पक्राउ परेका १२ यातायात व्यवसायी रिहा

मेचीकाली : 2018-05-06 08:41:34

बुटवल, २३ वैशाख : यातायात सेवामा हडताल गरेको अभियोगमा रुपन्देहीबाट पक्राउ परेका १२ यातायात व्यवसायी रिहा भएका छन् । अबका दिनमा हडताल नगर्ने र सरकारी नियम कानुनलाई मानेर अघि बढ्ने कागजमा हस्ताक्षर गरेपछि शुक्रबार पक्राउ गरिएका यातायात व्यवसायीहरुलाई रिहा गरिएको रुपन्देही प्रहरीका प्रमुख एसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु