Tuesday, 24 April 2018 06:28 am, Nepal

प्रदेश ५ मा सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक

मेचीकाली : 2018-04-12 16:23:35

रुपन्देही, २९ चैत: प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभासामु सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गर्नुभएको छ । प्रदेशसभा बैठकमा स्थितिपत्र सार्वजनिक गर्दै उहाँले प्रदेश नं ५ मा २६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

पुन र आले मारिए

मेचीकाली : 2018-02-21 17:19:34

बुटवल, ९ फागुन : गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । देवदह नगरपालिका–४ भवानीपुरमा गोली लागेर ढलेका दुवै जनालाई लुम्बिनी अञ्चल अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

प्रदेश नं ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित

मेचीकाली : 2018-02-14 16:15:38

बुटवल, २ फागुन :  प्रदेश नं ५ को सभामुखमा रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित सदस्य पूर्णबहादुर घर्ती निर्वाचित हुनुभएको छ । प्रदेश नं ५ को आज बसेको बैठकले घर्तीलाई प्रदेशसभा सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । सभामुख पदका लागि हिजो भएको उम्मेदवारी दर्तामा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन हुनुभएको सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घोषणा गर्नुभएको थियो ।

पुरा पढ्नुहोस्

प्रदेश नं ५ को सभामुखमा घर्तीलाई पठाउने निर्णय

मेचीकाली : 2018-02-12 11:25:34

बुटवल, २९ माघ : माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ ।माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपनेतामा प्यूठानका कृष्णध्वज खड्का, दलको प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई बनाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

'चुनावपछि राजनीतिक भुमरीको अन्त्य'

मेचीकाली : 2017-11-16 17:18:29

रुपन्देही, ३० कात्तिक : पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्षदेखिको राजनीतिक भुमरीको अन्त्यका लागि वाम गठबन्धन निर्माण गरिएको बताउनुभएको छ । अध्यक्ष दाहालले चुनावपछि लामो समयदेखि विद्यमान राजनीतिक भुमरीको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक अस्थिरताका कारण मुलुकमा चाहेअनुरुपको विकास र स्थायित्व आउन नसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धन गरिएको बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु