Monday, 23 April 2018 09:49 am, Nepal

शुक्रबारदेखि बलेवामा व्यावसायिक उडान

मेचीकाली : 2018-03-20 14:01:23

बागलुङ, ६ चैत : यहाँ स्थित बलेवा विमानस्थलमा आउदो चैत ९ गते शुक्रबारदेखि व्यावसायिक उडान शुरु हुने भएको छ । यसअघि सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले परीक्षण उडान गरेको थियो । बन्द भएको २६ वर्षपछि विमानस्थल नियमित सञ्चालनमा आउन लागेको हो । काठमाडौँं–बागलुङ पहिलो उडान तारा एयरलाइन्सकै विमानले गर्ने भएको छ । दोस्रो व्यावसायिक उडान भने चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्नेछ ।

पुरा पढ्नुहोस्

तीन घण्टा हिँडेर विद्यालय

मेचीकाली : 2018-03-17 13:19:54

बागलुङ, ३ चैत : बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारोमा हुन्छन् अनराम छन्त्याल । ७ बजे नहिँडे उनको विद्यालय पुग्ने समय घर्कीसकेको हुन्छ । खोला, गल्छेँडा र भिरको बाटो हुँदै छन्त्याल तीन घण्टामा विद्यालय पुग्छन् । शारीरिक र मानसिक थकान बोकेर विद्यालय छिर्ने छन्त्याल घर फर्कदा साँझ छिप्पिसकेको हुन्छ । कक्षाकोठाको भन्दा दोब्बर समय उनको विद्यालय जाँदाआउँदा खर्च हुन्छ ।

पुरा पढ्नुहोस्

माछापालनबाट मनग्य आम्दानी

रासस: 2018-03-11 16:01:09

बागलुङ, २७ फागुन : बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पार्नुभएको छ । माछा बेचेर श्रीसले गत वर्ष रु एक लाख आम्दानी गर्नुभयो । विसं २०७० मा सानो पोखरीबाट शुरु गर्नुभएका श्रीसले अहिले डेढ रोपनीमा फैलिएका तीनवटा पोखरीमा माछापालन गर्दै आउनुभएको छ ।

पुरा पढ्नुहोस्

कृषिबाट वार्षिक पन्ध्र लाख आम्दानी

मेचीकाली : 2018-01-02 14:13:36

बागलुङ, १८ पुस : बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पन्ध्र वर्षअघि व्यावसायिक कृषि थाल्नुभएका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केराखेती पनि गरिरहनुभएको छ । रु १२ लाख लगानीबाट शुरु गरेको कृषि फार्मबाट उहाँले अहिले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्नुहुन्छ । छ वटा पोखरीमा माछापालन गर्नुभएका उहाँले वार्षिक रु आठ लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

अलैँची खेतीमा किसान आकर्षित

मेचीकाली : 2017-12-24 13:58:14

बागलुङ, ९ पुस : बाँझो पल्टिएको जग्गामा अलैँची खेती फस्टाएपछि जैमिनी नगरपालिका–२ र ३ का किसान खुशी छन् । परीक्षणमै राम्रो आम्दानी पाएका किसानले अलैँचीको व्यावसायिक खेती शुरु गरेका हुन् । राम्रो बजार मूल्यका कारण पनि अलैँची खेतीमा किसानको आकर्षण बढेको हो । सोही ठाउँको गाँजा सामुदायिक कृषि सहकारी संस्थामार्फत एक सय रोपनी जमिनमा पनि अलैँची खेती भइरहेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु