Friday, 18 August 2017 12:40 pm, Nepal

मोदीको बजेट ३७ करोड ४३ लाख

मेचीकाली : 2017-07-18 14:55:08

पर्वत ३ साउन : मोदी गाउँपालिकाको प्रथम गाउँसभाले आगामी आव २०७४÷०७५ का लागि रु ३७ करोड ४३ लाख १२ हजार बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित गरेको छ ।सोमध्ये चालुतर्फ रु २५ करोड ६४ लाख ४० हजार र पूँजीगततर्फ रु ११ करोड ७८ लाख ७२ हजार विनियोजन गरिएको छ ।

पुरा पढ्नुहोस्

पर्वतमा ५ करोड रकम फ्रिज

मेचीकाली : 2017-07-17 08:53:52

पर्वत, २ साउन : पर्वत जिल्ला समन्वय समितिमा आर्थिक वर्ष ०७४/०७५ मा ५ करोड रकम फ्रिज भएको छ । कुल रकमको ५ प्रतिशत रकम खर्च नभएको हो । यो रकम तोकिएको समयमा विकास निर्माणका योजना सम्पन्न हुन नसक्दा फ्रिज भएको हो । गत वर्ष जिविसको पुँजीगत रकम १ अर्ब बिनियोजित भएकोमा ९५ करोड रकम खर्च भएको छ ।

पुरा पढ्नुहोस्

स्वीमिङ पुलसहितको रिसोर्ट निर्माण सुरु

मेचीकाली : 2017-06-19 08:29:42

पर्वत, ५ असार : डेढ करोडको लागतमा धौलागिरि अञ्चलमा नै पहिलोपटक पर्वतमा स्वीमिङ पुलसहितको रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ ।पर्वत सदरमुकाम कुश्मा बजारमा विभिन्न पेसा व्यवसाय गरी बस्दै आएका तीन जना युवाको सक्रियतामा कुश्मा नगरपालिका–४ छमर्केमा उक्त रिसोर्ट निर्माण सम्पन्न हुन लागेको हो ।

पुरा पढ्नुहोस्

बर्खायाम सुरु भएसँगै जलयात्रा प्रभावित

मेचीकाली : 2017-06-15 10:18:15

पर्वत, १ असार : वर्खायाम सुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाव बढ्दै गएपछि कालीगण्डकी नदीमा (¥याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महिनामा यामअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको दोस्रो सातादेखि नै भारी वर्षा हुन थालेपछि ¥याफ्टिङ प्रभावित बनेको हो ।

पुरा पढ्नुहोस्

उद्योग दर्ता गर्ने क्रम बढ्यो

मेचीकाली : 2017-06-13 15:40:31

पर्वत, ३० जेठ : विद्युत्भार कटौती भएसँगै जिल्लामा पछिल्लो समय उद्योग तथा व्यवसाय दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको छ । घरेलु तथा साना उद्योग विकास समितिमा अघिल्लो आर्थिक वर्षमा साना तथा घरेलु उद्योग तथा वाणिज्यतर्फ गरी कुल ३०० उद्योग दर्ता भएकामा चालु आवको साउनदेखि जेठसम्म ३०९ वटा उद्योग दर्ता भएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु