Saturday, 26 May 2018 06:22 am, Nepal

वृद्धा बलात्कारमा आरोपित थुनामा

मेचीकाली : 2018-05-16 08:25:37

पर्वत, २ जेठ: वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

पुरा पढ्नुहोस्

उद्योग वाणिज्य संघमा शर्मा विजयी

मेचीकाली : 2018-03-19 13:40:00

पर्वत, ५ चैत : पर्वत उद्योग वाणिज्य संघको आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षमा केदारनाथ शर्मा विजयी हुनुभएको छ । गए राति घोषणा भएको अन्तिम मतपरिणामअनुसार केदारनाथ शर्माले ८१५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका लेखनाथ शर्माले ४५७ मत प्राप्त गर्नुभएको छ ।

पुरा पढ्नुहोस्

एउटै विद्यालयमा दुई प्रधानाध्यापक

मेचीकाली : 2018-03-11 13:09:51

पर्वत, २७ फागुन : शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् । कुश्मा नगरपालिका– ११ स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टाछुट्टै प्रधानाध्यापक रहँदै आएका छन् ।

पुरा पढ्नुहोस्

अवैध शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

मेचीकाली : 2018-01-27 13:49:48

पर्वत, १३ माघ : वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीको अवैध सम्बन्धबाट शिशुलाई जन्म दिई नजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन् ।

पुरा पढ्नुहोस्

समितिको विवादले करोडौँको खानेपानी योजना अवरुद्ध

मेचीकाली : 2018-01-23 13:26:49

पर्वत, ९ माघ : उपभोक्ता समिति गठनमा सहमति जुट्न नसकेपछि यहाँको एक विकट गाउँमा सञ्चालन हुन लागेको करोडौँको खानेपानी योजना अलपत्र भएको छ । फलेवास नगरपालिका–३ शंकरपोखरीमा सञ्चालित खानेपानी आयोजनाको काम विवादका कारण शुरु हुन नसकेको हो । समितिको पदाधिकारीका लागि दलीय टकराव भएपछि उपभोक्ता समितिमा विवाद उत्पन्न भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु