Saturday, 19 August 2017 03:32 am, Nepal

सामाजिक कार्यमा सक्रिय बन्दै सेना

मेचीकाली : 2017-07-21 12:35:21

दुनै (डोल्पा), ६ साउन : दुर्गम जिल्ला डोल्पामा पछिल्लो समयमा नेपाली सेनाले सामाजिक गतिविधिका काममा आफ्नो सक्रियता बढाएको छ । वर्षात्को समयमा पहिरोले बाटोघाटो भत्केर आवागमन ठप्प हुँदा बाटो खुलाउनेसम्म कार्यदेखि कुनै व्यक्ति घरमै बिरामी पर्दा अस्पतालसम्म बोकेर लैजाने र बिरामीलाई प्राथमिक उपचारको व्यवस्थासमेत सेनाले गर्दै आएको छ ।

पुरा पढ्नुहोस्

सञ्चार सुविधा नभएर अलगथलग बनेको उपल्लो डोल्पाका जनताको माग कसैले सुनेन

मेचीकाली : 2017-06-08 16:29:19

रामचन्द्र न्यौपाने

दुनै (डोल्पा), २५ जेठ : क्षेत्रफलको हिसाबले मुलुकको सबैभन्दा ठूलो जिल्ला डोल्पा हो र यसको आधा भूभाग उपल्लो डोल्पाले ओगटेको छ तर, यो भेगमा अझैसम्म टेलिफोन सेवा पुग्नसकेको छैन । दुर्गम जिल्लाको यो भेगका जनता वर्षौंदेखि सञ्चारविहीन हुँदा पनि राज्यको ध्यान पुग्न सकेको छैन । इन्टरनेट सुविधा पाउनु त उपल्लो डोल्पालीका लागि सपना जस्तै हो ।

पुरा पढ्नुहोस्

हिमपातः धोदेखि साल्दाङ जान हेलिकप्टर

मेचीकाली : 2017-05-02 14:04:23

डोल्पा, १९ वैशाख : स्थानीय तहको चुनाव गराउनका लागि उपल्लो डोल्पा हिँडेको निर्वाचन अधिकृत, सुरक्षाकर्मी तथा अन्य कर्मचारीसहितको टोलीलाई विकट क्षेत्र धोबाट साल्दाङ जानका लागि हेलिकप्टर प्रयोग गरिएको छ ।

पुरा पढ्नुहोस्

सात महिनापछि थातथलोतर्फ

मेचीकाली : 2017-04-25 16:02:50

डोल्पा, १२ वैशाख : जाडो छल्न बेँसी झरेका भोट क्षेत्रका स्थानीयवासी धमाधम घर फर्कन थालेका छन् । गर्मीयाम सुरु भएसँगै करिब सात महिनाको अस्थायी बसाइँपछि उनीहरु थातथलो फर्किन लागेका हुन् ।बर्सेनि उपल्लो डोल्पाका स्थानीयवासी कात्तिक पहिलो सातादेखि मङ्सिर पहिलो साताभित्रै पशुचौपायासहित घरमा ताल्चा लगाएर परिवारसहित तल्लो डोल्पा झर्ने गर्छन् ।

पुरा पढ्नुहोस्

डोल्पालीको मोटर चढ्ने सपना चाँडै पूरा हुने

मेचीकाली : 2017-03-31 08:29:00

त्रिपुराकोट (डोल्पा), १८ चैत : डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालको पहँुच पु¥याउन नेपाली सेना सडक निर्माण कार्यमा अहोरात्र खटिएको छ । जाजरकोट—डोल्पा सडकखण्डको जम्मा ११७.७ किमी सडकमध्ये एकसय आठ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको र नौ किमी सडक मात्र बाँकी रहेको र अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको सेनाले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु