Happy tihar
Monday, 23 October 2017 11:03 pm, Nepal

कर्णालीले देशको अर्थतन्त्र मजबुत पार्ने क्षमता राख्दछ : राष्ट्रपति

मेचीकाली : 2017-10-11 16:35:02

जुम्ला, २५ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग देशको अर्थतन्त्र बलियो बनाउने क्षमता रहेको बताउनुभएको छ ।चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगाको नवनिर्मित विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णाली अथाह सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको औँैल्याउनुभयो ।

पुरा पढ्नुहोस्

छुई हुँदा स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्न बाध्य

मेचीकाली : 2017-08-22 08:07:49

जुम्ला, ६ भदौ : स्थानीय तहका दुर्गम वडाहरुमा कार्यरत यहाँका महिला स्वास्थ्यकर्मी नै छुई गोठमा बस्न बाध्य छन् । ग्रामीण स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी सेवा प्रवाहका क्रममा छुई हुँदा सेवाग्राही नै उपचार सेवा लिन मान्दैनन् । छुई भएका बेला सेवाग्राहीहरु सेवा लिन नमान्ने र कार्यरत संस्थामा बस्ने वातावरण नहुँदा आफूलाई समस्या हुँदै आएको तिला गाउँपालिका–९ राँसामालापानी स्वास्थ्य चौकीका अनमी सरिता सेजुवालले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

जुम्लामा रु छ करोड ५९ लाख राजस्व संकलन

मेचीकाली : 2017-08-03 08:19:21

जुम्ला, १९ साउन : करदाता सेवा कार्यालय जुम्लामा गत आव २०७३/०७४ मा रु छ करोड ५९ लाख नौ हजार ७६७ राजस्व संकलन गरिएको छ । संकलित राजस्वमा सबैभन्दा बढी अग्रिम आयकर रहेको छ जसमा अग्रिम आयकरतर्फ रु दुई करोड १९ लाख ७८ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालय, जुम्लाका निमित्त कार्यालय प्रमुख कमलेशकुमार यादवले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

जग्गा हदबन्दीले प्रतिष्ठानको लाखौँ रकम फ्रिज

मेचीकाली : 2017-07-07 08:27:24

जुम्ला, २३ असार : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले प्राप्त गर्ने जग्गामा हदबन्दी लगाइएका कारण रु ९७ लाख बजेट फ्रिज हुने भएको छ । प्रतिष्ठान चन्दननाथ नगरपालिकामा रहेको चेरे चौरको ७३२ रोपनी, गुठीचौर गाउँपालिकामा रहेको धनराशि भन्ने स्थानको ५०० रोपनी र नगरपालिकाको मालाभिड भन्ने ठाउँको ३०० रोपनी जग्गा आफ्नो नाममा गर्न अनवरत रुपमा सात महिनादेखि लागेको थियो ।

पुरा पढ्नुहोस्

मापदण्ड विपरीत मासु बेच्नेको ढकतराजु जफत

मेचीकाली : 2017-07-04 15:55:03

जुम्ला, २० असार : सदरमुकाम खलङ्गामा मापदण्ड विपरीत मासु बेच्ने ६ जना मासु पसलेको ढकतराजु जफत गरिएको छ ।सोमबार जिल्ला पशुसेवा कार्यालय जुम्लाको संयोजनमा सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापा नेतृत्वको अनुगमन टोलीले ६ मासु पसलेको ढकतराजु जफत गरेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु