Tuesday, 26 September 2017 01:17 pm, Nepal

पहिरोका कारण फेरी कर्णाली राजमार्ग अवरोध, यात्रुहरु अलपत्र

मेचीकाली : 2017-07-29 08:44:26

कालीकोट, १४ साउन : अविरल वर्षाका कारण कर्णाली राजमार्गको कालीकोटको र दैलेखको सिमा क्षेत्रमा पहिरो जाँदा फेरी कर्णाली राजमार्ग अवरोध भएको छ । केही दिन अघि मात्रै कर्णाली राजमार्गको कालीकोट दैलेखको सोही ठाँउमा करिब एकसय २० जति सडक खण्डमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरोध भएको  थियो ।

पुरा पढ्नुहोस्

कालीकोटका दुई गाउँपालिका सम्पर्कविहीन

मेचीकाली : 2017-05-16 15:40:49

कालीकोट, २ जेठ :  टेलिफोन सेवा अवरुद्ध हुँदा यस जिल्लाका दुई गाउँपालिकामा निर्वाचन सम्पन्न भएपनि त्यहाँको अवस्था थाहापाउन सकिएको छैन ।जिल्लाको अति विकट मानिएका पलाँता र पचाल झरना गाउँपालिकामा हिजो बिहान १० बजेदेखि मतगणना सुरु भएको भए पनि अहिलेसम्म ती गाउँपालिकामा मतगणना के कतिसम्म भयो भन्ने विवरण आउन नसकेको मुख्य निर्वाचन अधिकृत कार्यालय कालीकोटका प्रमुख निर्वाचन आयुक्त केशवप्रसाद पाण्डेले बताउनुभएको छ ।

पुरा पढ्नुहोस्

कालीकोटमा एमाले अगाडी

मेचीकाली : 2017-05-16 10:15:03

कालीकोट, २ जेठ : खाँडाचक्र नगरपालिकाको प्रमुख पदको मतगणनामा आज विहान ६ बजे सम्म नेकपा (एमाले) का जसीप्रसाद पाण्डेले ४७२ मतले प्रथम प्राप्त गर्नुभएको छ भने सोही नगरपालिकाका नेपाली काँग्रेसका पदमबहादुर शाहीले ३९५ मत र नेकपा (माओवादी केन्द्र) का लक्ष्मीप्रसाद चौलागाईंले ३१३ मत प्राप्त गर्नुभएको छ ।

पुरा पढ्नुहोस्

चुनावले गाउँमा चहलपहल, सदरमुकाम सुनसान

मेचीकाली : 2017-05-09 08:46:05

कालिकोट, २६ वैशाख : स्थानिय चुनाव नजिकिंदै गर्दा जिल्लाको सदमुकाम मान्म केही दिन यता सुनसान देखिएको छ । करिव २० वर्षदेखि हुन नसकेको स्थानिय चुनाव यहि वैशाख ३१ गते हुने भएकाले जिल्ला स्थीत सबै दलका नेता, कार्यकर्ता प्रचारप्रसारको लागि गाउँगाउँमा खटिएको पाईएको छ । सदमुकाममा भने मानिसको चहलपहल कम भएपनि गाउँपालिका नगरपालिकामा भने चहल पहल बढ्दो रहेको छ ।

पुरा पढ्नुहोस्

दलित प्रमुख पदमा उम्मेदवारीबाट वञ्चित

मेचीकाली : 2017-04-26 08:12:36

कालीकोट, १३ वैशाख : जिल्लामा कुनै पनि राजनीतिक दलले नगर तथा गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी नदिएपछि कालीकोटका दलित सङ्घर्षमा उत्रिने भएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत राजनीतिक दलमा चर्चामा रहेका उम्मेदवारका आकाङ्क्षीलाई समेत नसमेटेर गैरदलित नै पहिलो प्राथमिकतामा परेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु