Wednesday, 21 February 2018 07:22 pm, Nepal

पखालाका कारण तीन महिनाकी बालिकाको मृत्यु

मेचीकाली : 2018-02-07 10:36:34

रुकुम, २३ माघ : रुकुम पूर्वमा तीन महिनाकी एक बालिकाको पखालाका कारण मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका श्यामबहादुर विककी तीन महिनाकी छोरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

पुरा पढ्नुहोस्

रुकुममा पखालाको प्रकोप

मेचीकाली : 2017-12-29 13:43:44

रुकुम, १४ पुस : रुकुम पश्चिममा पखालाको प्रकोप देखिएको छ । जिल्लाका विभिन्न ठाउँमा दैनिक बिरामी बढिरहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । हिजो बिहीबारसम्म जिल्ला अस्पताल सल्लेमा मात्र २५ जना पखालाका बिरामीले नियमित उपचार गराइरहेका छन् । जिल्लामा अहिले दुई वर्षमुनिका बालबालिकामा पखालाले संक्रमण गरेको जिल्ला अस्पताल सल्लेका डा यज्ञप्रसाद विसीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना

मेचीकाली : 2017-12-27 14:29:16

रुकुम, १२ पुस (रासस): रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले ऋण भुक्तानीका लागि सार्वजनिक सूचना आह्वान गर्दै आग्रह गरेको हो ।

पुरा पढ्नुहोस्

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

मेचीकाली : 2017-12-22 09:55:06

रुकुम, ७ पुस : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पुरा पढ्नुहोस्

स्थगित भएको पश्चिम रुकुमका दुई मतदान केन्द्रमा आज मतदात हुँदै

मेचीकाली : 2017-12-01 10:25:59

रुकुम, १५ मंसिर : स्थगित भएको पश्चिम रुकुमका दुई मतदान केन्द्रमा आज मतदात हुँदैछ ।पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक÷एक मतदान केन्द्रमा मतदान हुन लागेको हो ।पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालिदिँदा मतपत्र जलेपछि स्थगित भएका केन्द्रमा पुनः मतदान हुन लागेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु