Friday, 18 August 2017 12:29 pm, Nepal

विदेशमा मृत्यु भएकाका छोराछोरीले छात्रवृत्ति पाउने

मेचीकाली : 2017-08-04 08:25:53

रुकुम, २० साउन : वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ ।यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक लाख १६ हजारको चेक जिल्ला शिक्षा कार्यालयमा आएको सूचना अधिकारी लालबहादुर घर्तीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

नवनिर्वाचित वडा सदस्यको हत्या

मेचीकाली : 2017-07-11 10:13:06

रुकुम, २७ असार : रुकुमको पुथाउत्तरगंगा गाउँपालिका ७ जाङमा नवनिर्वाचित वडा सदस्यको हत्या भएको छ । जाङका नवनिर्वाचित दलित महिला सदस्य २७ वर्षिया बयानसरी कामीको हत्या भएको  जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । स्थानीयले घटनाका बारेमा प्रहरीलाई खवर गरेका थिए । घटनाको खबर पाएपछि प्रहरी चौकी जाङबाट खटिएको प्रहरी टोलीले श्रीमतिको हत्या आरोपमा श्रीमान ३८ वर्षिय तेजबहादुर कामीलाई पक्राउ गरेको छ ।

पुरा पढ्नुहोस्

नागरिकता पाउन दुई दिन लामबद्ध

मेचीकाली : 2017-07-04 15:53:43

रुकुम, २० असार : बाँफिकोट गाउँपालिका–६ की सुष्मिता पुन जनजातिको जातीय सिफारिस लिनका लागि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा लामबद्ध लागेको दुई दिन भयो । उहाँले नागरिकता अझै पाउन सक्नुभएको छैन । उहाँ जस्तै बाँफिकोट–२ कै नन्दराम केसी पनि नाता प्रमाणितको सिफारिस लिनका लागि लामबद्ध बसेको दुई दिन नै भयो ।

पुरा पढ्नुहोस्

रुकुमको ३ गाउँपालिकामा ४ सय १२ जनप्रतिनीधि चुनावी मैदानमा

मेचीकाली : 2017-06-24 08:44:34

रुकुम, १० असार : प्रदेश नं. ५ अन्र्तगत रुकुमको पूर्वी भागमा पर्ने ३ वटा गाउँपालिकामा ४ सय १२ जना जनप्रतिनीधिहरुले स्थानीय चुनावमा प्रर्तिस्पर्धा गर्ने भएका छन् । जिल्लाका ३ गाउँपालिका सिस्ने, भूमे र पुथा उत्तरगंगाबाट असार १४ गते हुने दोस्रो चरणको स्थानीय चुनावमा स्थानीय जनप्रतिनीधिहरु चुनावी मैदानमा उत्रिएका हुन् ।

पुरा पढ्नुहोस्

एकै घरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार

मेचीकाली : 2017-06-13 15:49:34

रुकुम, ३० जेठ : दोस्रो चरणमा असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा भुमे गाउँपालिकाको एउटा वडामा एकै घरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् ।भुमे गाउँपालिका वडा नं ५ मा एउटै घरका सहोदर दाजु बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेर अहिले चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु