Sunday, 19 November 2017 07:49 pm, Nepal

वर्षमान पुनको गाडीलाई लक्षित गरी बम विस्फोट

मेचीकाली : 2017-11-11 14:21:09

रोल्पा, २५ कात्तिक : रोल्पाको माडी गाउँपालिका – १ ओतको जंगलमा माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी आज मध्यान्ह माइन बम विस्फोट गराइएको छ । जिल्लाको सुकिदह गाउँपालिकामा चुनाबी कार्यक्रम सकेर घर्तीगाउँ फर्कने क्रममा पुन चढेको गाडी माडी गाउँपालिका– १ भित्तावाड नजिकै पुग्दा पेदीखोलामा बम विस्फोट भएकोे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

न्याय बलियो भए मात्र विकास हुन्छ : प्रधानन्यायाधीश पराजुली

मेचीकाली : 2017-10-18 16:36:43

रोल्पा, १ कात्तिक :  प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय बलियो भए मात्र विकासले गति लिने बताएका छन् । आज रोल्पा जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले जहाँका जनताले कानूनको पालना गर्दछन् यहाँको समुदाय सम्बद्ध हुने बताएका हुन् ।आफू न्यायालयलाई आधुनिकीकरण गर्न लागिपरेको बताउँदै उनले ‘स्मार्ट जुडिसरी’का लागिसमेत पहल भइरहेको बताए । जनतालाई छिटोछरितो न्याय दिन आधुनिक प्रविधिसँग न्यायालयलाई जोड्नुपर्ने उनको भनाइ थियो ।

पुरा पढ्नुहोस्

खाडी मुलुक जान बाध्य छन् रोल्पाली महिला

मेचीकाली : 2017-10-12 14:07:20

रोल्पा, २६ असोज : घरको आर्थिक अवस्था कमजोर हुँदा रोजगारीका लागि रोल्पाका महिलासमेत विदेश जान थालेका छन् । घरको चुलोचौकामा सीमित उनीहरु जीविकोपार्जनका अन्य विकल्प नभएपछि रोजगारीका लागि खाडी जान बाध्य भएका हुन् ।विगतमा जिल्लाबाट पुरुष मात्रै वैदेशिक रोजगारीमा जाने गरेकामा पछिल्ला दिनमा भने महिलासमेत विदेश जान थालेका छन् ।

पुरा पढ्नुहोस्

दशलाख राहत पाउन दश वर्ष पर्खिए द्धन्द पिडितले

मेचीकाली : 2017-07-12 13:12:31

उमा केसी

रोल्पा, २८ असार : सशस्त्र द्वन्द्वमा सयको हाराहारीमा ज्यान गुमाई देशमै सबभन्दा बढी क्षति व्यहोरेका रोल्पा जेल्वाङका द्वन्द्वपीडित विगतमा सरकारले दिने किस्ताबन्दी राहत लिन २ दिनको पैदलयात्रापछि सदरमुकाम आई राहत बुझेर घर फर्कंदा करिब एक हप्ता समय लाग्दथ्यो ।

पुरा पढ्नुहोस्

स्थगित मतदान पुनः सुरु

मेचीकाली : 2017-06-28 15:47:44

रोल्पा, १४ असार : मतपेटिकामा तेजाब हालेपछि स्थगित रोल्पा नगरपालिका– १० स्थित जनता आधारभूत विद्यालय भवनमा मतदान केन्द्रको मतदान प्रक्रिया पुनः सञ्चालन भएको छ । सर्वदलीय बैठकको निर्णयानुसार स्थगित मतदान पुनः सञ्चालन गर्ने सहमति भएपछि अहिले त्यहाँ मतदान सुरु भएको मतदान अधिकृत भरतमणि पाखे्रेलले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु