Monday, 23 April 2018 09:49 am, Nepal

सीमा क्षेत्रमा स्तम्भ पुनःनिर्माण

मेचीकाली : 2018-03-03 18:06:26

दाङ, १९ फागुन :  दाङको नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनःनिर्माण गरिएको छ । भारतसँग जोडिएको दाङ भू–भाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन् । ७७ मध्ये ३७ मुख्य र ४० वटा सहायक रहेका छन् । तीमध्ये हालसम्म नेपाल र भारतले ५९ वटा सीमा स्तम्भ मर्मत गरिसकेका छन् । नेपालले १४ मुख्य र २१ सहायक सीमा स्तम्भको निर्माण गरिसकेको छ भने बाँकी चार मुख्य र एक सहायक सीमा स्तम्भ बनाउन बाँकी रहेको बताएको छ । नेपाल र भारत सरकारको सहमतिअनुसार नेपालले विजोर र भारतले जोर संख्याका सीमा स्तम्भ मर्मत गरिरहेको बताएको छ ।

पुरा पढ्नुहोस्

पानीमा डुबेका भाइलाई निकाल्न गएका दाजुको पनि मृत्यु

मेचीकाली : 2018-01-25 08:48:24

दाङ, ११ माघ : तुलसीपुरको पातुखोलामा डुवेर एकै घरका दुई दाजुभाइको मृत्य भएको छ । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका वडा नम्वर ११ हिउल्चा स्थायी घर भएका लोकेन्द्र बहादुर कंवरका छोराहरु १२ बर्षिय कुमार कंवर र १० बर्षिय राज कुमार कंवर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पुरा पढ्नुहोस्

मह उत्पादनमा वृद्धि

मेचीकाली : 2017-12-19 13:19:22

दाङ, ४ पुस : जिल्लामा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । नेपाल माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष एकसय टन बढी मह उत्पादन भएको छ । चरन व्यवस्थित गरेका कारण मह उत्पादनमा वृद्धि भएको हो ।महासंघका अध्यक्ष श्रेष्ठ यस वर्ष कृषकले दुई तीनपटकसम्म मह काढेको बताउनुहुन्छ । गत वर्ष अधिकांश कृषकले एकपटक मात्र मह निकालेका थिए ।

पुरा पढ्नुहोस्

दाङमा वैदिक कृषि केन्द्र स्थापना हुने

मेचीकाली : 2017-12-11 13:38:08

काठमाडौँ, २५ मंसिर : हजारौँ वर्षदेखि अपनाउदै आएको वैदिक कृषि पद्दतिलाई विर्सदा रासायनिक तत्व मिसिएका अनाजका माध्यमबाट विभिन्न रोग फैलिएकाले आफ्नै पद्दतिमा फर्कनुपर्नेमा जोड दिइएको छ । नेपाल संस्कृत विश्वविद्यालय, महर्षि विश्वविद्यालय अमेरिका र नेपाल महर्षि वैदिक फाउन्डेसनले आइतबार यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले यस विषयमा जोड दिनुभएको हो । विश्वविद्यालयले वैदिक कृषि पद्दतिलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम गर्ने सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा विश्वविद्यालय र अमेरिकाको आयोवास्थित महर्षि वैदिक विश्वविद्यालयले दाङमा वैदिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

दाङको तुल्सीपुरमा भएको बम विस्फोटमा परि म्यादी प्रहरीको मृत्यु

मेचीकाली : 2017-11-29 11:21:57

दाङ, १३ मंसिर : दाङको तुल्सीपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका म्यादी प्रहरीको मृत्यु भएको छ ।म्यादी प्रहरी तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षका बिनोद चौधरीको गयराति उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु