Happy tihar
Monday, 23 October 2017 11:04 pm, Nepal

दशैँमा पनि चामल अभाव हुने

मेचीकाली : 2017-09-12 15:31:33

जाजरकोट, २७ भदौ : जिल्लाको बारेकोट क्षेत्रमा दशँैमा समेत चामल अभाव हुने भएको छ । चामल ढुवानीको प्रक्रियागत झन्झटका कारण नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डिपोमा दशँैअघि चामल पुग्ने अवस्था छैन । बारेकोट गाउँपालिका तोलखाना, धौलाकोट, रोकायगाँउ, मूल्यमा, जिरी, समाकोट, गोठगाउँलगायतका गाउँमा खाद्य संकट परेको छ ।

पुरा पढ्नुहोस्

न्याय खोज्दै विद्यार्थी सदरमुकाममा

मेचीकाली : 2017-09-04 15:14:02

जाजरकोट, १९ भदौ : यहाँको बाल उच्च मावि छेडागाड–११ का विद्यार्थी न्याय माग्दै सदरमुकाम पुगेका छन् । प्रधानाध्यापक पृथ्वीबहादुर सिंहले कक्षा कोठामा कुटपिट गरी मानसिक यातना दिएको भन्दै उनीहरु सदरमुकाम पुगेका हुन् । आफूलाई प्रधानाध्यापक भएको स्वीकार गर्न दबाब दिँदै सिंहले स्वीकार नगर्ने विद्यार्थीलाई कुटपिट गरेको कक्षा ८ मा अध्ययनरत ललित सिंहले बताए ।

पुरा पढ्नुहोस्

खोटोको रकमले मावि तह सञ्चालन

मेचीकाली : 2017-06-26 14:10:09

जाजरकोट, १२ असार : दरबन्दी अभावमा छेडागाड नरपालिका–१ स्वडारीमा रहेको कालिका माध्यामिक विद्यालय विगत दुई वर्षदेखि खोटोबाट प्राप्त रकमले सञ्चालन हुँदै आएको छ । सामुदायिक वनमा रहेको सल्लाको खोटो विक्री गरी सामुदायिक वन उपभोक्ता समितिलाई नियमितरुपमा हुने आम्दानीबाट शिक्षकलाई तलब दिन थालेको हो ।

पुरा पढ्नुहोस्

कहिले पूरा होला बिजुली बाल्ने बारेकोट जिरीवासीको सपना ?

मेचीकाली : 2017-06-25 15:50:42

जाजरकोट, ११ असार : बारेकोट गाउँपालिका–४ जिरीमा रहेको ऐयारीखोला लघु जलविद्युत् आयोजनाको निर्माण थालिएको ८ वर्ष बितिसक्दा पनि अझै अलपत्र छ । लघु सो आयोजना निर्माणका लागि खरिद गरिएका सामान यत्रतत्र छरिएर रहेका र कतिपय विद्युतीय सामानमा खिया लागेर पात पतिङ्गरले पुरिएका छन् ।

पुरा पढ्नुहोस्

दुर्लभ सेतो गिद्ध फेला

मेचीकाली : 2017-06-17 12:33:27

जाजरकोट, ३ असार : विश्वमै लोपोन्मुख सेतो गिद्ध यहाँ फेला परेको छ ।दुई वर्षदेखि नदेखिएको गिद्ध बारेकोट गाउँपालिका–१ सक्लामा फेला परेको पक्षी संरक्षण सङ्घ नेपालका आजीवन सदस्य तथा जिल्ला पशुसेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिंहले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु