Monday, 23 April 2018 09:49 am, Nepal

कर्णालीका सरकारी कार्यालयमा फेसबुक बन्द गर्न गृहकार्य सुरु

मेचीकाली : 2018-03-25 18:21:27

सुर्खेत, ११ चैत : कर्णाली प्रदेशका सरकारी कार्यालयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउन गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय समयमा मात्रै फेसबुक चलाउन प्रतिबन्ध लगाउने बारे आजबाट छलफल सुरु गर्नुभएको हो । मुख्यमन्त्री शाहीले आज सुर्खेतका इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखलाई कार्यालयमै बोलाएर छलफल गर्नुभएको छ ।

पुरा पढ्नुहोस्

दुर्घटनामा तीनको मृत्यु

मेचीकाली : 2018-02-27 16:47:57

सुर्खेत, १५ फागुन : मालारानीको कोटखोला नजिक आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस्

दैलेख दुर्घटनाको छानबिन गर्न समिति गठन

मेचीकाली : 2018-02-24 12:58:41

सुर्खेत, १२ फागुन : ६ नं प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले दैलेखमा भएको जिप दुर्घटनाको सत्य तथ्यको छानबिनको लागि समिति गठन गर्नुभएकोछ ।मन्त्री भण्डारीले घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार साँझको दुर्घटनाबारे छानबिन गर्नका लागि आज एक समिति गठन गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

प्रदेश नं ६ मा आज सरकार विस्तार हुँदै

मेचीकाली : 2018-02-18 09:30:51

सुर्खेत, ६ फागुन : प्रदेश नं ६ मा आज सरकार विस्तार हुँदैछ । वाम गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ । मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज सरकार गठनको तयारी गर्नुभएको छ । मन्त्रालयको विवाद समाधान भएपछि मुख्यमन्त्री शाहीले आज मन्त्रीहरुको नियुक्ति गर्ने तयारी रहेको माओवादी केन्द्रले जनाएको छ ।

पुरा पढ्नुहोस्

प्रदेशस्तरीय औद्योगिक व्यापार, पर्यटन तथा कृषि महोत्सव

मेचीकाली : 2018-02-10 09:45:52

सुर्खेत, २७ माघ : प्रदेश नं ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि ‘प्रदेशस्तरीय व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४’ शुरु भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले महोत्सवको उद्घाटन गर्दै दैलेखको पञ्चकोशी, मुगुको रारा र हुम्लाको मानसरोवर जोड्ने कर्णाली करिडोरको विकास गर्नुपर्ने औँल्याउँदै विकासका लागि सरकार तथा निजी क्षेत्रलाई सहकार्य गरेर अघि बढ्न अनुरोध गर्नुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु