Saturday, 26 May 2018 12:09 pm, Nepal

धामीझाक्री र गाउँका अगुवाका डरले महिलाहरु छाउगोठमा बस्न बाध्य

मेचीकाली : 2018-04-05 10:01:24

बझाङ, २२ चैत : सुदुर पश्चिमका महिलाहरुले धामीझाक्री र गाउँका अगुवाको डरले छाउ गोठमा बस्नु परेको बताएका छन् । महिनावारी भएका बेला घरमै बस्ने मन हुँदाहुँदै पनि धामीझाक्रीले देउदा रिसाउँछन् भन्नाले आफूहरु गोठमा बस्न बाध्य भएको उनीहरुको गुनासो छ । प्रदेश नम्बर ६ र ७ का महिलाहरुले धेरै पटक छाउगोठ भत्काए, महिनावारी हँुदा छाउगोठमा नबस्ने घोषणा पनि गरे ।

पुरा पढ्नुहोस्

बझाङमा भुकम्प गयो

मेचीकाली : 2017-08-22 08:45:37

बझाङ, ६ भदौ  : बझाङमा आज बिहानै भूकम्प गएको छ  । बिहान ६ बजेर २७ मिनेट जाँदा जिल्लाको कोइरालाकोट केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु भएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

पुरा पढ्नुहोस्

बझाङमा १२ वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक

मेचीकाली : 2017-07-02 08:50:52

बझाङ, १८ असार : बझाङका सबै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । हिजो राती अबेरसम्म मतगणना गरेर आज बिहान सबै तहको अन्तिम नतिजा आएको हो । २ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा स्थानीय तह रहेको बझाङमा एउटा नगरपालिका र ७ वटा गाउँपालिकामा नेकपा एमालेका विजयी भएको छ । एउटा नगरपालिका र ३ वटा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

पुरा पढ्नुहोस्

झडपपछि मतदान स्थगित

मेचीकाली : 2017-06-28 15:48:38

बझाङ , १४ असार : बझाङ जिल्ला सदरमुकाम जयपृथ्वी नगरपालिका–३ को पाण्डु मावि मतदान केन्द्रमा मतदानका क्रममा दुई पक्षबीच झडप भएको छ । झडपसँगै स्थिति तनावपूर्ण बनेपछि सो मतदान केन्द्रमा अहिले मतदान स्थगन गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्र देउजाले बताउनुभयो । झडप किन भएको भन्ने जानकारी हुन सकेको छैन ।

पुरा पढ्नुहोस्

बझाङमा नगरभित्रकै गाउँमा खानेपानीको हाहाकार

मेचीकाली : 2017-06-13 15:52:08

बझाङ, ३० जेठ : मान्छेको सोच हुन्छ– नगरपालिका भएपछि जनताले पाउने सेवा सुविधा र विभिन्न विकासका पूर्वाधारको छिटो विकास हुन्छ भनेर । तर बझाङको जयपृथ्वी नगरपालिकाभित्रकै कुनै गाउँ यस्ता छन् कि जहाँ पाँच लिटर पिउने पानीका लागि तीन घन्टा पैदल हिँडेर गुजारा चलाइरहेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु