dashain
Thursday, 18 October 2018 06:26 pm, Nepal

स्वास्थ्य केन्द्रमै थन्कियो मलेरियाको औषधि

मेचीकाली : 2018-10-12 09:52:37

बाजुरा, २६ असोज : मलेरिया रोकथामका लागि छर्किनुपर्ने औषधि तीन महीनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । जिल्लाको उत्तरीभेग बूढीनन्दा नगरपालिका कोल्टीस्थितको प्राथमिक स्वास्थ्य केन्द्रमा गत साउनदेखि ती औषधि थन्किएका हुन् ।

पुरा पढ्नुहोस्

डोजर प्रयोगमा रोक

मेचीकाली : 2018-08-07 08:57:38

बाजुरा, २२ साउन : नगरपालिकाले सडक निर्माणमा अबदेखि डोजर प्रयोगमा रोक लगाउने तयारी गरेको छ । वातावरणीय मूल्यांकन नै नगरी काटिएका सडक आसपास क्षेत्रमा बढी क्षति भएको र मानव बस्ती नै सार्नु पर्ने अवस्था आएपछि नगरपालिका सचेत बनेको छ । प्रदेश सरकारकै निर्णय अनुसार यो वर्ष निर्माणका काममा विशेष स्थान बाहेक डोजरको प्रयोग नगर्ने नगर उपप्रमुख कविता विष्टले बताउनुभयो ।

पुरा पढ्नुहोस्

दलितको हातको पानी खाँदा गाउँ निकाला !

मेचीकाली : 2018-05-27 10:50:28

बाजुरा, १३ जेठ : बाजुराको दुर्गममा रहेको हिमाली गाउँपालिका–२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका छन् । वर्षोदेखि गाउँमै बसोबास गर्दै आएका भए पनि केहि वर्षदेखि भने ती दम्पतीले नातीखोला गाउँ छोड्न बाध्य भएका छन् ।

पुरा पढ्नुहोस्

गाईपालनबाट एक लाख आम्दानी

मेचीकाली : 2018-05-11 17:40:40

बाजुरा, २८ वैशाख : बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहनुभयो । राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा बडुवालले गाउँमै गाईपालन व्यवसाय गर्न थाल्नुभएको छ ।

पुरा पढ्नुहोस्

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

मेचीकाली : 2018-02-19 13:47:24

बाजुरा, ७ फागुन : बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रका लागि खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धर समिति बाजुराले जनाएको छ ।लामो समयदेखि खडेरी प्रभावित हुँदै आएका स्वामीकार्तिक गाउँपालिकाको वाई, साप्पाटालगायतका क्षेत्रका लागि जिल्ला दैवी प्रकोप समितिको बैठकले २५ हजार क्विन्टल खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु