Tuesday, 20 February 2018 03:32 am, Nepal

बस दुर्घटनामा दुई दर्जन घाइते

मेचीकाली : 2018-02-17 17:17:48

कैलाली, ५ फागुन : कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् । टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नंको बस दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीः नेता नेपाल

मेचीकाली : 2018-02-09 13:26:29

टीकापुर, २६ माघ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने बताउनुभएको छ । आज टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उहाँले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्र रहने बताउनुभयो ।

पुरा पढ्नुहोस्

सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द

मेचीकाली : 2018-01-19 14:41:56

धनगढी, ५ माघ : धनगढी क्षेत्रमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै आज धनगढी बन्द गरिएको छ । युवा दबाब समूहको अगुवाइमा भएको बन्दका कारण व्यापार व्यवसाय शिक्षण संस्था ठप्प भएका छन् । बन्दका क्रममा प्रदर्शनमा उत्रिएका धनगढी उपमहानगरपालिका–३का वडाध्यक्ष बलबहादुर ऐरलगायत आठजनालाई केही समय नियन्त्रणमा लिएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो ।

पुरा पढ्नुहोस्

दुई ठूला विकास आयोजनाको काम शुरु

मेचीकाली : 2017-12-23 13:39:48

धनगढी, ८ पुस : धनगढी उपमहानगरपालिका क्षेत्रमा सडक, ढललगायत भौतिक पूर्वाधारको निर्माण एवं स्तरोन्नतिका लागि सघन शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयनमा ल्याइएको छ । दुईवर्षीय अवधिको शहरी विकास आयोजनाअन्तर्गत उपमहानगरपालिकाका १९ ठाउँका झण्डै ४२ किमी सडकको निर्माण एवं स्तरोन्नति तथा ढल निर्माण गर्न लागिएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले जनाएको छ ।

पुरा पढ्नुहोस्

कैलालीमा दुई पूर्व मन्त्रीबीच चुनावी भिडन्त

मेचीकाली : 2017-11-21 08:37:54

धनगढी, ५ मंसिर : थारु समुदायको बाहुल्य क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकोे छ ।विसं २०४८ यता भएका सबै संसदीय निर्वाचन (पहिलो संविधानसभाको निर्वाचनबाहेक)मा जित्दै आउनुभएका पूर्व मन्त्री एवं काँग्रेस नेता रामजनम चौधरी र पूर्व कृषि मन्त्री एवं माओवादी केन्द्रका नेता गौरीशंकर चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु