Thursday, 24 May 2018 10:12 am, Nepal

बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध

मेचीकाली : 2018-05-07 08:31:31

बैतडी, २४ वैशाख : बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।

पुरा पढ्नुहोस्

बैतडीमा घर, डडेल्धुरामा कर

मेचीकाली : 2018-03-06 14:44:31

बैतडी, २२ फागुन : बैतडीको तल्लोस्वराड मेलौलीका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य भएका छन् । बैतडीको मेलौली नगरपालिका–८, का ४०० भन्दा बढी घरपरिवार आफ्नो घर, जग्गा तथा सम्पत्तिको कर डडेल्धुरा जिल्लामा तिर्दै आएका छन् । विसं २०३२ भन्दा अगाडि त्यस क्षेत्र डडेल्धुरा जिल्लामा राखिएको हुँदा डडेल्धुरामा नै राजश्व बुझाउँदै आएको मेलौली नगरपालिका–८ का वडासदस्य प्रेमसिंह विष्टले बताउनुभयो ।

पुरा पढ्नुहोस्

बालिका बलत्कारपछि हत्या गर्नेलाई जन्मकैद

मेचीकाली : 2018-02-22 08:25:46

बैतडी, १० फागुन : जिल्ला अदालत, बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ । गत साउन ३ गते मेलौली नगरपालिकाकी १६ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपी पाटन नगरपालिका–१ का १८ वर्षीय भरतराम लुहारलाई जबर्जस्तीकरणीमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजाय सुनाएको छ ।

पुरा पढ्नुहोस्

फेरियो सुर्नयाको मुहार

मेचीकाली : 2018-02-12 11:24:36

–विनोद सिंह विष्ट

सुर्नया, बैतडी, २९ माघ  : सडक सञ्जाल विस्तार भएसँगै बैतडीको सुर्नया गाउँपालिकाको मुहार फेरिँदै गएको छ । केही वर्ष अघिसम्म दैनिक उपभोग्य सामान किन्न समेत घण्टौं हिँड्नु पर्ने बाध्यता रहेको यो ठाउँमा सडक विस्तार भएपछि त्यो बाध्यता हटेको छ । गाउँमा कुनै मान्छे बिरामी हुँदा उपचारका लागि लैजान समस्या हुने गरेको यस गाउँपालिकामा अब त्यस्तो समस्या छैन ।

पुरा पढ्नुहोस्

रैथाने बीउ तथा बाली लोप हुँदै

मेचीकाली : 2018-01-21 13:42:53

बैतडी, ७ माघ : बैतडीमा तरकारी तथा अन्नबालीका रैथाने तथा स्थानीय बीउ लोप हुँदै गएका छन् । उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् । रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्न खालका रोगकीराले संक्रमण गर्ने, समयमा नपाक्ने लगायतका समस्या आइरहेका श्रीकोटका किसान हेमराज गिरीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु