Happy tihar
Saturday, 21 October 2017 07:11 am, Nepal

श्रीखण्डको व्यावसायिक खेती

मेचीकाली : 2017-07-25 13:43:37

डडेल्धुरा १० साउन : जिल्लामा पहिलो पटक बहुमूल्य जडीबुटीे श्रीखण्डको व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती गर्न थालेका छन् । नर्सरी स्थापना गरी श्रीखण्डका बिरुवा उत्पादन गर्न थालेको भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले बताउनुभयो । उहाँले बगरकोटमा नर्सरी स्थापना गर्नुभएको छ ।

पुरा पढ्नुहोस्

सामाजिक सुरक्षा भत्ता लिन दुई दिन

मेचीकाली : 2017-07-20 08:28:14

डडेल्धुरा ५ साउन : डडेल्धुराका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न थालेपछि डडेल्धुराको परशुराम नगरपालिकाका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नका लागि दुई दिनको यात्रा गर्नुपरेको हो ।

पुरा पढ्नुहोस्

अमरगढी नगरपालिकामा एमाले विजयी

मेचीकाली : 2017-06-30 15:52:55

डडेल्धुरा, १६ असार : अमरगढी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नगर प्रमुखमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) तीन हजार ७६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराज जोशीले तीन हजार ६४० मत प्राप्त गर्नुभयो ।

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान

मेचीकाली : 2017-06-28 11:03:04

डडेल्धुरा, १४ असार : प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।आज बिहान ८ः०७ बजे प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गर्नुभएको हो । प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

पुरा पढ्नुहोस्

मतदाता शिक्षा सिक्दै डडेल्धुराका वृद्धवृद्धा

मेचीकाली : 2017-05-28 11:19:58

डडेल्धुरा, १४ जेठ : स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा मतदाता शिक्षा दिनका लागि मतदाता स्वयंसेवक बढी सक्रिय रहेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु