Saturday, 26 May 2018 06:23 am, Nepal

मदिरा उत्पादन गर्ने चिनी मिल विरुद्ध स्थानीय

मेचीकाली : 2018-05-22 10:50:53

कञ्चनपुर, ८ जेठ : कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग गर्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले मदिरा उत्पादनको विरोध गर्दै बेलौरी नगरपालिकालाई नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्द गर्न माग गरेका छन् ।

पुरा पढ्नुहोस्

रकम अभावले तटबन्ध निर्माणको काम प्रभावित

मेचीकाली : 2018-05-21 13:35:34

भीमदत्तनगर, ७ जेठ :| रकम अभावका कारण कञ्चनपुरको महाकाली नदी कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्ध निर्माण प्रभावित बनेको छ । सिँचाइ मन्त्रालयमार्फत अर्थमन्त्रालयलाई तटबन्ध निर्माणका लागि अपुग रु ४५ करोड माग गरेपनि ६ महिना बितिसक्दा पनि रकम निकासा नहुँदा निर्माण प्रभावित बनेको हो ।

पुरा पढ्नुहोस्

असिनापानीले तरकारी बालीमा २५ लाख बढीको क्षति

मेचीकाली : 2018-04-30 15:47:10

कञ्चनपुर, १७ वैशाख : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पु¥याएको हो । नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा झण्डै रु २५ लाखभन्दा बढीको क्षति भएको छ । वडा नं २, ३, ४ र ११ मा लगाइएको बेमौसमी मकै, बाली, मुङ र केरा खेतीमा क्षति पु¥याएकोे शाखाका प्रमुख वीरबहादुर कुँवरले बताए । चारवटै बालीमा झण्डै रु सात लाखभन्दा बढीको क्षति भएको पाएको बताउँदै असिना पानीसँगै आएको हावाहुरीले बोट ढालेको र असिनापानीले चुट्दा पूरै बाली नै सखाप हुनाका साथै आँप र लिँचीमा लागेका ९० प्रतिशत दान झारीदिँदा किसान समस्यामा परेको बताए ।

पुरा पढ्नुहोस्

अञ्चल अस्पताल आफैँ 'बिरामी'

मेचीकाली : 2018-04-25 14:27:00

–शेरबहादुर सिँह

भीमदत्तनगर, १२ वैशाख : सिंहदरबारको अधिकार गाउँमा आएको चर्चा चलिरहँदा कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको अवस्थामा भने सुधारको कुनै छनक देखिएको छैन । अस्पतालमा आउने बिरामीको उपचारभन्दा पनि रिफर गर्ने अस्पतालको उपाधि पाउन थालेको अञ्चल अस्पतालले दरबन्दी अनुसारको चिकित्सक पाएको उदाहरणसम्म छैन ।

पुरा पढ्नुहोस्

वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गा भारतमा देखाइए पछि स्थानीय चिन्तित

मेचीकाली : 2018-04-10 12:53:01

कञ्चनपुर, २७ चैत : नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ ।संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ । भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्र्दै आएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु