गुणस्तरीय उच्चशिक्षामा काठमाडौं विश्वविद्यालयको नेतृत्व


मेचीकाली

गुणस्तरीय उच्चशिक्षामा काठमाडौं विश्वविद्यालयको नेतृत्व

२८ औं दीक्षान्त समारोह, २९ मङ्सिर २०७९ विशेष

काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोह (प्रथम चरण) २०७९ मङ्सिर २९ गते बिहीबार बिहान ११ बजे काठमाडौँ विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुँदैछ । सम्माननीय प्रधानमन्त्री तथा कुलपति श्री शेरबहादुर देउबाज्यूको अध्यक्षता, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य र माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति श्री देवेन्द्र पौडेलज्यूको समेत उपस्थितिमा हुने उक्त कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाज्यूले स्वागत भाषण गर्नुहुनेछ ।

विभिन्न विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ६ जना सहित जम्मा १ हजार ६ सय ९६ जना विद्यार्थी दीक्षित हुनेछन् । तीमध्ये आर्ट्सका २२० जना, एजुकेसनका २०२ जना, इन्जिनियरिङका २६ जना, लका ४० जना, म्यानेजमेन्टका ४६२ जना, मेडिकल साइन्सेजका ७०९ जना र साइन्सका ३७ जना विद्यार्थी रहनेछन् । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ४३.२० (७३४ जना) र महिलाको प्रतिशत ५६.८० (९६५ जना) रहनेछ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू १०.९५ प्रतिशत  रहेका छन् । तीमध्ये अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स, पोर्चुगल, रुस, सिङ्गापुर, स्पेन, श्रीलङ्का, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १८६ जना रहेका छन् । अठ्ठाइसौँ दीक्षान्त समारोहसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट ४० हजार ३८ जना उत्तीर्ण भएका छन् । 


प्राज्ञिक गतिविधिहरूको अन्तर्राष्ट्रियकरण :

३५ देशका २४० भन्दा बढी शिक्षा र अनुसन्धानमा सम्बद्ध साझेदार संस्थाहरू यस विश्वविद्यालयबाट दीक्षित भएका ५५ देशका ५ हजार ३९ जना विद्यार्थीहरू हरेक वर्ष हुने विद्यार्थी तथा प्राध्यापक आदानप्रदान र अन्य कूटनीतिक सम्पर्क काठमाडौं विश्वविद्यालयका अन्तर्राष्ट्रियकरणका माध्यमहरू हुन् । विदेशी विद्यार्थीहरूको सङ्ख्या र कक्षाकोठामा आएर पढाउने विदेशी प्राध्यापकको अनुपात पनि बढाउँदैै लैजाने नीति विश्वविद्यालयको छ । यस वर्षदेखि संसारका विभिन्न सहरमा पनि यस विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी  अघि बढाइएको छ । विगत एक वर्षमा पनि हाम्रा दर्जनौँ विद्यार्थीले विदेशका विश्वविद्यालयमा गएर सिकेर आउने मौका पाए भने ७१ शिक्षक र १४ कर्मचारी पनि यो सुविधाबाट लाभान्वित भए ।

यस विश्वविद्यालयका कार्यक्रममा विदेशी विद्यार्थीको उपस्थितिको महत्त्वलाई ध्यानमा राखेर आगामी चैत्रदेखि विद्यार्थीहरूका लागि एक्जुकेटिभ एमबीए तथा स्नातकोत्तर तहको विकास अध्ययन कार्यक्रम सुरु हँुदैछ । साथै, भारत, अस्ट्रिया, अस्ट्रेलिया, दक्षिण पूर्व एसियाका देशमा काठमाडौं विश्वविद्यालयको मौलिक पाठ्यक्रममा आधारित अध्यापन गराउने  सम्भाव्यतामाथि अध्ययन भइरहेको छ ।

गुणस्तरीय शिक्षा र छात्रवृत्ति  :

विश्वका प्रायः सबै विश्वविद्यालयसँग क्रेडिट ट्रान्सफरको सुविधा भएको, सेमेस्टर सिस्टममा अङ्ग्रेजी माध्यममा पढाइने यस विश्वविद्यालयको शुल्क कार्यक्रमको स्वरूप अनुसार प्रतिमहिना रु. १० हजार ४ सयदेखि १६ हजार ७ सयको बीचमा छ, जुन नेपालका कतिपय विद्यालयले माध्यमिक र निम्नमाध्यमिक कक्षाका विद्यार्थीसँग लिने शुल्कभन्दा पनि कम हो । 

प्रत्येक वर्ष करिब ४ हजार विद्यार्थी भर्ना गर्ने यस विश्वविद्यालयले बर्सेनी ५०० भन्दा बढी विद्यार्थीलाई विभिन्न प्रकारका आर्थिक सहायता र छात्रवृत्ति प्रदान गर्दै आएको छ । करिब ३० करोडका विभिन्न ३८ अक्षयकोषमार्फत विश्वविद्यालयसँग जोडिने व्यक्ति र सङ्घसंस्थाहरू तथा विश्वविद्यालय अनुदान आयोगको यी छात्रवृत्ति सञ्चालनमा योगदान रहेको छ । 

स्कुल अफ आर्ट्स :

बहुभाषिक तथा बहुसांस्कृतिक छवि सहितको बहुलवादी नेपालका भाषा, संस्कृति, कला, सङ्गीत आदिमा उच्चशिक्षालाई जोड्ने उद्देश्यका साथ सुरु भएको यस सङ्कायले पछिल्ला दिनमा योगिक साइन्स एन्ड वेलबिइङ विषयको ४ वर्षे ब्याचलर कार्यक्रम, इन्जिनियरिङ र समाज विज्ञानको समायोजित पाठ्यक्रममा आधारित स्नातकोत्तर तहको २ वर्षे सहरी अध्ययनको थालनी गरेको छ । हिमालय सेन्टर फर एसियन स्टडिज, नेपाल समसामयिक अध्ययन केन्द्र, अपाङ्गता अध्ययन केन्द्र, बालकृष्ण सम सेन्टर यसका नयाँ आकर्षण हुन् । 

स्कुल अफ एजुकेसन ः

शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि एमफिल र पीएचडी कार्यक्रममा ख्याति कमाएको यस सङ्कायमार्फत माध्यमिक तहमा प्राविधिक तथा व्यावसायिक विषय पढाउने शिक्षकको अभावलाई सम्बोधन गर्न ४ वर्षे बीटेक–एडका कार्यक्रमहरू सुरु भएका छन् । मास्टर्स र पीजीडीमा ४ सयभन्दा बढी विद्यार्थी पढाइरहेको यस सङ्कायले उच्चशिक्षा अध्यापन गर्ने शिक्षकहरूको तालिमको आवश्यकतालाई दृष्टिगत गरेर प्राध्यापकहरूका लागि १ वर्षे  ग्य्राजुएट डिप्लोमा कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौं बाहिरका  सहरहरू सिन्धुली, जनकपुर र विराटनगरमा पनि यस सङ्कायका कार्यक्रमहरू विस्तार भएका छन् ।  


 स्कुल अफ इन्जिनियरिङ : 

धेरैजसो इन्जिनियरिङ विषयहरू नेपालमा पहिलोपटक सुरु गरेको यस सङ्कायले देशको आवश्यकता अनुसार सुरुङ प्रविधि, हरित ऊर्जा अन्तर्गत हाइड्रोजन, Heritage Lighting and Testing, Turbine Testing Lab, High Voltage Lab का साथै अन्य विभिन्न अनुसन्धानात्मक प्रयोगशालाहरू स्थापनामा काम गरेको छ । हाल Mining Engineering विषयमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि पनि प्रारम्भिक खाका तयार गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्सका ब्याचलर र मास्टर्स तथा आईआईटी मद्राससँगको सहकार्यमा इनर्जी सिस्टममा स्नातकोत्तर तहको व्यष्लत म्भनचभभ कार्यक्रम यस सङ्कायका नयाँ कार्यक्रमहरू हुन् । 

स्कुल अफ ल :

विश्वविद्यालयको कान्छो सङ्काय भए पनि संविधान र कानुनका विषय पढाइ हुने  संस्थाका रूपमा मात्र नभई समाजको  आवश्यकता अनुरूप कानुनलाई अन्य विधासँग पनि जोडेर लान सक्ने शैक्षिक कार्यक्रममा जोड दिँदै आएको छ । कानुन र म्यानेजमेन्ट विषय मिलाएर सुरु ५ वर्षे बीबीएम—एलएलबी तथा कानुन र अर्थशास्त्रका विषयहरू संयोजित ५ वर्षे बीएसी—एलएलबी लगायतका कार्यक्रमको अध्ययनमा नेपाली युवाहरूको विशेष आकर्षण देखिएको छ । निकट भविष्यमा एलएलएम इन इनर्जी एन्ड इन्फ्रास्ट्रक्चर ल लगायतका नयाँ कार्यक्रमहरू विस्तार हुँदैछन् । 

स्कुल अफ म्यानेजमेन्ट : 

बीबीए (अनर्स), पब्लिक पोलिसी एन्ड म्यानेजमेन्ट र हस्पिटालिटी बाहेक WTO Chair Program र पोलिसी ल्याब यस सङ्कायका मुख्य विशेषता हुन् । एक्जुकेटिभ एमबीएमा देखिएको अन्तर्राष्ट्रिय आकर्षणलाई ध्यान दिँदै विदेशी विद्यार्थी मात्र संलग्न हुने गरी छुट्टै कार्यक्रम आगामी सेमेस्टरबाट सुरु गर्न लागेको छ । 

स्कुल अफ मेडिकल साइन्सेज :

नेपालको चिकित्साशिक्षाको झन्डै ५० प्रतिशत हिस्सा ओगटेको यस सङ्कायले बर्सेनी झन्डै २००० स्नातक तथा झन्डै ५०० स्नातकोत्तर तहमा विद्यार्थीहरू भर्ना लिने गरेकोमा अब Clinical tyf Pre-Clinical ljifox¿df ljBfjfl/lw (PhD) कार्यक्रम पनि सुरु गरेको छ । स्वास्थ्य विज्ञान र कम्प्युटर विज्ञानको सहकार्यमा Masters in Health Informatics कार्यक्रमको सुरुवात अनि कला सङ्कायसँगको सहकार्यमा सञ्चालित Bachelor of Yogic Sciences कार्यक्रम यसका अन्य आकर्षण हुन् । 

स्कुल अफ साइन्स : 

विज्ञानमा प्रवीणता तहबाट अध्यापन सुरु गर्दै विश्वविद्यालयकै पहिलो बनेको यो सङ्काय अहिले दसौं विधामा विद्यावारिधिसम्मको अध्ययन र अनुसन्धान गराउन सफल छ । औषधि विज्ञानको चारवर्षे स्नातक देशमा नै पहिलोपटक सुरु गरेको यस सङ्कायले सुपर कम्प्युटर जडान गरी देशभरिका विश्वविद्यालयका सबै तहका विद्यार्थीहरूलाई सेवा उपलब्ध गराइआएकोमा हाल यसले बायोइन्फम्र्याटिक्सको स्नातक तहको अध्यापन पनि सुरु गरेको छ । 

SCHOOLS, DEPARTMENTS AND PROGRAMS

School of Arts

Department of Arts and Design

Bachelor in Fine Arts

Department of Development Studies

Bachelor in Community Development; Economics

Master in Development Studies; Human and Natural Studies; Urban Studies

Land Management and Heritage Studies

Department of Languages and Mass Communication

Bachelor in Media Studies

Department of Music

Bachelor in Music

MA (Music)

Respective Departments

Bachelors in Yogic Science and Wellbeing; Ph.D

School of Education

Department of Educational Leadership

PGDA Educational Management

Master of Education in Childhood Development; Leadership and Management

M. Phil in Educational Leadership

Department of Language Education

Bachelor of Education in Chinese Language Teaching

Department of Steam Education

Bachelor of Technical Education in Civil Engineering; Information technology; Mechanical Engineering; Mechanical Engineering (Automobile)

Graduate Diploma in Higher Education

PGD in Mathematics Education

Respective Departments

 

 

Masters Program (One Year or Two Years): M.Phil; Ph.D.

 

School of Engineering

Department of Chemical Science and Engineering

Bachelor of Engineering in Chemical Engineering

Department of Civil Engineering

Bachelor of Architecture; Civil Engineering

Department of Computer Science and Engineering

Bachelor of Engineering in Computer Engineering

Department of Electrical and Electronics Engineering

Bachelor of Engineering in Electrical and Electronics Engineering

Department of Geomatics Engineering

Bachelor of Engineering in Geomatics Engineering

Department of Mechanical Engineering

Bachelor of Engineering in Mechanical Engineering

Respective Departments

M.S by Research (Science/Engineering)

Masters of Engineering (Mech/Power/Comm/M. Tech IT/ Structure/ Civil); Masters of Health Informatics

Ph.D (Science/Engineering Program)

School of Law

Respective Departments

Bachelor of Economics and Law (BEc-LL.B)

Bachelor of Business Management and Bachelor of Law (BBM-LL.B)

MS by Research (Law)

School of Management

Department of Management Informatics

Bachelor of Business Information Systems (BBIS)

Respective Departments

Bachelor in Professional Hospitality (BPH); Business Administration (BBA)

EMBA (Individual)

Master of Business Administration (MBA): Public Policy Management (MPPM)

M.Phil;  Ph. D.

School of Medical Sciences

Dental Department

BDS

MDS Community Dentistry; Conservative Dentistry & Endodontics; Oral  & Maxillofacial Surgery; Oral Medicine & Radiology; Oral Pathology; Orthodontics; Pedodontics; Periodontics; Prosthodontics

Department of Anaesthesia

MD Anaesthesiology

Department of Biochemistry

MD Biochemistry

Department of Community Medicine

MD Community Medicine

Department of Medicine

DM Cardiology; Gastroenterology; Nephrology; Neurology

Department of Obstretics and Gynaecology

MD Obstetrics &Gynaecology

Department of Pediatrics

MD Paediatrics

Department of Physiotherapy

BPT

Department of Radiodiagnosis and Imaging

B.Mid.

Department of Surgery

M. Ch. CTVS; Neurosurgery; Plastic & Reconstructive Surgery; Urology; Surgical Gastroenterology

MS General Surgery

Nursing Department

B. Sc. in Nursing

BNS

M. Sc. in Child Health Nursing; Community Health Nursing; Medical Surgical Nursing; Midwifery

Respective Departments

M. Sc. Medical Anatomy; Medical Biochemistry; Medical Microbiology; Medical Pharmacology; Medical Physiology; Public Health (Epidemiology); Public Health (Global Health)

MBBS

MD Dermatology; Forensic Medicine; General Practice; Internal Medicine; Microbiology; Pathology; Pharmacology; Physiology; Psychiatry; Radiation Oncology; Radiodiagnosis

MS Anatomy; Ophthalmology; Orthopaedics; Otorhinolaryngology

School of Science

Department of Biotechnology

B.Tech in Bio-Technology; B.Sc. in Bioinformatics

M.Tech (Biotech); Ph.D. (Biotech)

Department of Biotechnology/Pharmacy

M.S by Research (BT/Pharmacy)

Department of Computer Science and Engineering

B.Sc. Computer Science

Department of Environmental Science and Engineering

B.Sc. Environmental Science

B.Tech in Environment Engineering

M.S by Research (Science/Engineering)

M.Sc. Environment Science


Department of Environmental Science/Physics/Math

M.Phil (Environment Science/Physics/Math)

Department of Life Sciences

B.Sc. Agriculture

Department of Mathematics

B.Sc Computational Mathematics

Department of Pharmacy

Bachelor of Pharmacy (B.Pharm)

Masters of Pharmacy

Respective Departments

Ph.D.



प्रतिक्रिया



थप समाचारहरु