उच्च शिक्षामा नेतृत्व गर्दै काठमाडौं विश्वविद्यालय : २८ औँ दीक्षान्त समारोह (दोस्रो चरण) विशेष


मेचीकाली

काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोह (दोस्रो चरण) २०८० जेठ २८ गते आइतबार बिहान ११:३० बजेबाट काठमाडौँ विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुने भएको छ ।

सम्माननीय प्रधानमन्त्री तथा कुलपति श्री पुष्पकमल दाहाल प्रचण्डज्यूको अध्यक्षता, मुम्बई विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयका पूर्व उपकुलपति र हाल ATLAs Skifll Tech University, Mumbai का उपकुलपति Prof. Rajan Welukar को प्रमुख आतिथ्य र माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति श्री अशोक कुमार राईज्यू र माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री श्री प्रमिला कुमारीज्यूको समेत उपस्थितिमा हुने उक्त कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाज्यूले स्वागत भाषण गर्नुहुनेछ ।

सो समारोहमा काठमाडौँ विश्वविद्यालयबाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, , म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी ९ जना, एमफिल ४१ जना, स्नातकोत्तर तहका ९८ र स्नातक तहका १ हजार ९२ जना सहित जम्मा १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित हुनेछन् । तीमध्ये आर्टस्का ३५ जना, एजुकेसनका ५७ जना, इन्जिनियरिङका ३६५ जना, लका १ जना, मेनेजमेन्टका ५० जना, मेडिकल साइन्सेजका ५६५ जना र साइन्सका १६७ जना रहनेछन्। दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ४९.३५ (६ सय १२ जना) र महिलाको प्रतिशत ५०.६५ (६ सय २८ जना ) रहनेछ । दीक्षित हुनेमध्ये बेनिन, भारत, श्रीलङ्का र संयुक्त राज्य अमेरिका गरी ४ देशका ७३ जना अर्थात  ५.८९ प्रतिशत रहेका विदेशी विद्यार्थी रहनेछन् ।

काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत Bachelor of Architecture मा २९ जनालाई उपाधि प्रदान गरिनेछ ।

अठ्ठाइसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट ४१ हजार २ सय ७५ उत्तीर्ण भएका छन् । यस समारोहमा निम्न पदकहरू प्रदान गरिनेछ ।

पदकको नाम

पदक पाउने विद्यार्थीको नाम

चान्सलर स्वर्ण पदक स्नातकोत्तर तहमा सबभन्दा बढी CGPA प्राप्त गर्ने विद्यार्थी

श्री सिद्धार्थ रजकCGPA 4.00, Master of Education in Mathematics Education, स्कुल अफ एजुकेसन

भाइस चान्सलर स्वर्ण पदक स्नातक तहमा सबभन्दा बढी CGPA प्राप्त गर्ने विद्यार्थी

सुश्री सन्चिता के.सी., CGPA 3.98,

Bachelor of Education in Chinese Language Teaching स्कुल अफ एजुकेसन

जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक MBA तहमा सबैभन्दा बढी CGPA प्राप्त गर्ने विद्यार्थी

सुश्री प्रश्ना भट्टराइ, CGPA 3.97, MBA स्कुल अफ मेनेजमेन्ट

रणबहादुर शाह स्वर्ण पदक, MBA तहमा सर्वोत्कृष्ट विद्यार्थी

सुश्री आयुष्मा पोखरेल, CGPA 3.85, MBA,, स्कुल अफ मेनेजमेन्ट

 

आगामी शैक्षिक सत्रका लागि शैक्षिक कार्यक्रम तथा विद्यार्थी सङ्ख्या

शैक्षिक सत्र २०८०/०८१ का लागि सातवटा स्कुलहरूमा १२९ वटा कार्यक्रमहरूमा निम्न तालिका अनुसार ६१८६ जना विद्यार्थी सङ्ख्या निर्धारण भएको छ ।

स्कुल

स्नातक

पोस्ट ग्रेजुएट डिप्लोमा

मास्टर (एक बर्षे)

मास्टर (दुई बर्षे)

एम फिल

विद्यावारिधि

कूल सख्या

आर्टस

३५४

 

 

११४

 

१५

४८३

एजुकेशन

१०५

१०५

१६५

१५०

१२५

१८

६६८

इन्जिनियरिङ

४८०

 

 

१३०

 

१०

६२०

१३२

 

 

२०

 

१५४

म्यानेजमेन्ट

५९०

 

 

१९०

२५

८११

मेडिकल साइन्सेस

२३९०

 

 

५०१

 

६४

२९५५

साइन्स

३२५

 

 

१३५

१०

२५

४९५

कूल संख्या

४३७६

१०५

१६५

१२४०

१६०

१४०

६१८६

 

1.      विभिन्न स्कुलमा निम्न सूचीअनुसारका ९ वटा नयाँ शैक्षिक कार्यक्रमहरू स्वीकृत र केही सुरु

2.      गरिए । ती कार्यक्रमहरूमध्ये स्नातकोत्तर तहमा ६ र स्नातक तहमा ३ वटा कार्यक्रम छन् । यी कार्यक्रमहरू स्कुल अफ आर्ट्स्मा एउटा, एजुकेसनमा तीनवटा, लमा एउटा, मेनेजमेन्टमा दुईवटा, मेडिकल साइन्समा एउटा बाँडिएका छन् भने एउटा कार्यक्रम स्कुल अफ आर्ट्स् र इन्जिनियरिङको समन्वयमा सञ्चालन गरिनेछ ।

3.      M.Sc. in Nursing (Psychiatric)

4.      Master of Laws in Energy and Infrastructure Law / Master in Energy and Infrastructure Law (SOL

5.      Bachelor of Craft and Design (SOA and SOE)

6.      One Year Master in Indigenous Education and Development (MIED)

7.      One Year M.Ed. in School Counseling

8.      Masters in Writing and Literacy Studies

9.      Executive MBA (International)

10.  Bachelor in Psychology

11.  Bachelor Degree in Aviation Management

 

कार्यरत शिक्षक तथा कर्मचारीको विवरण 

शिक्षणतर्फ कूल कार्यरत सङ्ख्या २५९ (फुलटाइम फ्याकल्टी ५, टिचिङ असिस्टेन्ट १७ र पार्टटाइम फ्याकल्टी ३ जना बाहेक) रहेको छ, जसमा स्थायी शिक्षकको प्रतिशत ५९.१५% र करार सेवामा कार्यरत शिक्षकको प्रतिशत ४०.८५% रहेको छ । साथै, विदेशी भिजिटिङ फ्याकल्टी ४ जना रहेका छन् । कार्यरत शिक्षकहरूमध्ये १३२ जना शिक्षकहरूको शैक्षिक योग्यता विद्यावारिधि (पीएचडी) रहेको छ । समग्रमा प्रोफेसरमा ३६, एसोसिएट प्रोफेसरमा ४२, असिस्टेन्ट प्रोफेसरमा ५१ र लेक्चररमा ३ जना रहेका छन् ।

त्यस्तै ननटिचिङतर्फ कार्यरत कर्मचारीको सङ्ख्या (ब्यान्ड सिस्टममा) १७८ रहेको छ, जसमध्ये स्थायी कर्मचारीको प्रतिशत ८५.९६% रहेको छ भने करारमा कार्यरत कर्मचारीको प्रतिशत १४.०४% रहेको छ । ननटिचिङमा आउट अफ ब्यान्डतर्फ कूल कार्यरत सङ्ख्या १३८ रहेको छ, जसमध्ये स्थायीको प्रतिशत ५७.२५% रहेको छ ।

शिक्षा, अनुसन्धान र सेवाहरूलाई संबोधन गर्न बढाइएको Endowment Fund Drive उल्लेखनीय रुपमा अगाडि बढेर विश्वविद्यालयको विभिन्न कोषहरूबाट र दाताहरूको सहयोगबाट रु.३९,६३,७३,२४६÷– (३९ करोड ६३ लाख ७३ हजार दुइसय छयालिस) अक्षय कोषको रुपमा जम्मा भएको छ ।

 

डा. राजन वेलुकरको संक्षिप्त परिचय 

डा. राजन वेलुकर एक प्रतिष्ठित शिक्षाविद् र प्रशासक का रूपमा भारतीय उच्च शिक्षाका क्षेत्रमा असाधारण योगदानका लागि परिचित हुनुहुन्छ । भारतीय उच्च शिक्षाका क्षेत्रमा लामो समय व्यतीत गरिसक्नुभएका उहाँ हाल एट्लास स्किलटेक विश्वविद्यालयका उपकुलपतिका रूपमा कार्यरत हुनुहुन्छ ।  तथ्याङ्कशास्त्रमा पिएचडी तहको अध्ययन पूरा गर्नुभएका डा. वेलुकर शिक्षक, प्रशासक, तथा नीति सल्लाहकारका भूमिकामा पनि विभिन्न संघ संस्थाहरूमा सक्रिय हुनुहुन्छ । 

करिब चार दशकमा फैलिएको आफ्नो करियरका दौरान विभिन्न संघसंस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरीसक्नुभएका उहाँले मुम्बई विश्वविद्यालय, यशवंतराव चव्हाण महाराष्ट्र ओपन युनिभर्सिटी, जीएच रायसोनी विश्वविद्यालय चिन्दवारा, र अरो विश्वविद्यालय, सूरत, गुजरात गरि ५ वटा विश्वविद्यालयहरूमा उपकुलपतिको रूपमा सेवा गर्नुभएको छ ।  यसका अलावा डा. वेलुकरले  राष्ट्रिय ज्ञान आयोग, विश्वविद्यालय अनुदान आयोग, राष्ट्रिय मुल्यांकन एवं प्रत्यायन परिषद, लगायतका भारतीय सरकारका विभिन्न आयोगहरू साथै भारतीय केन्द्रिय सरकार तथा प्रदेश सरकारहरूमा पनि विभिन्न तहमा सेवा गरिसक्नुभएको छ । 

मूलतः उच्च शिक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएका डा. वालेकरले Gandhif@150, निर्भया एक आत्मचिन्तन र Words of Wisdom जस्ता पुस्तकहरूको पनि रचना गर्नुभएको छ ।

 

प्रतिक्रिया



थप समाचारहरु