नेकपा (एमाले) बेथानचोकको प्रतिबद्धता–पत्र


मेचीकाली

नेकपा एमाले बेथानचोकको आव्हान, विकास, सम्बृद्धी र स्वाभिमान

स्थानीय निर्वाचन–२०७९

नेकपा (एमाले) बेथानचोक गाउँ कमिटीद्वारा प्रस्तुत गरिएको स्थानीय प्रतिबद्धता–पत्र


भूमिका 

बेथानचोक गाँउपालिका काभ्रेपलाञ्चोक जिल्लाको पश्चिम–दक्षिणमा अवस्थित छ । यस गाउँपालिकाको उत्तरमा पनौती र नमोबुद्ध नगरपालिका, दक्षिणमा खानीखोला गाउँपालिका, पुर्वमा रोशी गाउँपालिका र पश्चिममा ललितपुर जिल्लाको महांकाल गाउँपालिका रहेका छन् । समुन्द्री सतहबाट ३०१८ मिटर उचाइमा रहेको वेथानचोक नारायण मन्दिरको नामबाट नामाकरण गरिएको यो गाउँपालिका १०१ वर्ग कि.मि मा फैलिएको छ । राज्यको पुर्नसंरचना हँुदा साबिकका च्याम्राङवेसी, ढुंखर्क, चलाल गणेशस्थान, च्यासिङखर्क र माहांकाल भुग्देउ गाविसहरू एक आपसमा गाँभिएर ६ वटा वडामा बिभाजन गरी बेथानचोक गाँउपालिका बनेको छ । यस गाउँपालिकाको प्रशासनिक कार्यालय वडा नं २ ढुंखर्कमा रहेको छ ।

यो गाउँपालिका बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक बिबिधतायुक्त रहेको छ । यहाँको कुल जनसंख्या १६,७७७ र जनघनत्व १६६ प्रति वर्ग कि.मि.रहेको छ । २०७८ सालको जनगणना अनुसार ३,७३० घरधुरी र ३,९०० परिवार रहेका छन । यहाँका अधिकांस मानिसहरू कृषि कार्यमा संलग्न छन् । केही मानिसहरू रोजगारीको सिलसिलामा शहरी क्षेत्र र विदेशमा समेत रहेका छन । महाभारत पर्वत श्रृखलाको काखमा रहेको यो पालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यस पालिकाको उत्तर पश्चिमको माथिल्लो भागमा कोणधारी तथा वीचमा पतझर बनस्पतिका साथै बिभिन्न प्रकारका जडिबुटीहरू पाइन्छन् ।

बेथानचोक गाउँपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, समाजवदी लगायतका राजनितिक दलहरू क्रियाशिल रहेका छन । नेकपा एमाले यस पालिकाको एक सशक्त राजनितिक दल हो । नेकपा एमालेले पञ्चायत कालिन समयदेखि नै आफ्नो सशक्त उपस्थिति देखाउदै आएको छ । २०४८ सालको संसदिय निर्वाचनदेखि लिएर बिभिन्न समयमा भएका संसदिय निर्वाचन र २०४९, २०५४ र २०७४ को स्थानीय निर्वाचनमा समेत भाग लिएर जनताको विचमा लोकप्रिय मत प्राप्त गरिसकेको छ ।

बिभिन्न निर्वाचनमा जनताको विचमा गरेको प्रतिबद्वता अनुसार नेकपा एमाले वेथानचोकले संघिय र प्रदेश सरकारसँग समन्वय गरी बिभिन्न जनमुखि कार्य गरेकोछ । संघिय सरकार तथा संसद बिकास कोषमार्फत सडकतर्फ बनेपा–पनौती–कामीडाँडा–तालढुङ्गा सडक अन्र्तगत हाल बल्थली–कामीडाँडा खण्डमा सडक स्तरोन्नती हुँदैछ । चलाल गणेशस्थान ठुलो गाउँ, बागने खोला, अर्खाैले सडक स्तरोन्नती भएका छन् भने सोलाभञ्ज्याङ भालुछाप्रा सडकको ट्रयाक ओपन भएको छ । त्यसैगरी एक घर एक धारा कार्यक्रम अन्र्तगत बेथानचोक–२, श्रीचौर र वडा नं–३, बोल्देमा खानेपानी योजना सम्पन्न भएका छन । शिक्षातर्फ पार्वती कलेजको भवन निर्माण र सामुदायिक विद्यालयमा कम्प्युटर ल्यावको ब्यवस्था गरिएको छ । सबै मा.बि मा सोलार बत्ती जडान गरिएको र सरस्वती मा.वि., भुग्देउको भवन निर्माण कार्य सम्पन्न भएको छ । राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्र्तगत आत्मबिकास मा.वि., भिमसेनस्थान मा.वि, सरस्वती मा.वि, भुग्देउ र सरस्वती मा.वि., पार्थलीको भवन निर्माण भएको छ । वडा नं १ मा टेलिफोन टावरको निर्माण कार्य सम्पन्न गरिएको छ । महाभारत पद मार्ग, सिढि निर्माण र सितल निवास निर्माण कार्य भएका छन ।

प्रदेश सरकारसँग समन्वय गरी कलङसिं फुर्केथली सालधारा सडक, ताङग्रेमाराङ गौतम टोल, मिल्चे सडक, मौवाडाँडा गोठेडाँडा फुर्केथली सडक, पाट्नेखोला बागाखोर सडक, जात्रेफेदी कामीखोरिया सडक, आहाले च्यानडाँडा सडक, पार्थली डाँडागाउँ सडक, तिप्चोक पार्थली सडक, बल्थली लडकुपौवा छिर्के कामिडाँडा सडक, छिर्के फ्याङखोला सडक, सयले नारायणस्थान सडक, अस्पताल चोक, गैरीभञ्ज्याङ शौरे सिरथली नारायणस्थान सडक, च्याल्टी खोला खरिडाँडा सडक, टोडके फ्याङखोला तावरी भञ्ज्याङ सडक, सिउरानी थिङछाप मेधाम्सु सडक, भन्ज्याङ भुग्देउगाउँ मेधाम्सु सडक, भुग्देउ खेल मैदान, कामीडाँडा नागपोखरी खेल मैदान, कामीडाँडा चिया पकेट क्षेत्र बिकास कार्यक्रम, खानेपानी तर्फ एक घर एक धारा कार्यक्रम वडा नं ३ र ५ मा सञ्चालन भएका छन् । च्याल्टीखोला र भुग्देउ खोलामा पक्की पुलको डि.पि आर गरिएको छ ।

बेथानचोक गाउँपालिकाको प्राकृतिक तथा मानविय श्रोत साधनको उचित परिचालन गरी दिगो बिकास मार्फत सम्बृद्ध बेथानचोक, सुखी नागरिक भन्ने नारालाई सार्थक बनाउन नेकपा एमाले बेथानचोक गाउँपालिका कमिटीले वेथानचोकको समग्र बिकासका लागि स्थानीय निर्वाचन २०७९ को लागि निम्नानुसारको प्रतिबद्धता प्रस्तुत गरेको छ । न्यायपे्रमी मतदाताको अमुल्य मत,समर्थक शुभचिन्तकहरूको सकारात्मक सहयोग र सद्भावले नेकपा एमालेलाई बेथानचोकका आमा–बुबा–दाजुभाई तथा दिदी बहिनीहरूको सेवा गर्ने महान अवसर प्राप्त हुने आसासहित यो प्रतिवद्वता पत्र प्रस्तुत गरेका छौं ।


सडक पुर्वाधार

एमालेको स्थानीय सरकार वस्ती वस्तीमा स्तरिय सडक र पुर्वाधार

- आम नागरिकको जीवनस्तरलाई माथि उठाउन दुरगामी सडक निर्माण प्रक्रियाको थालनी गर्ने र निर्माण भई सकेका सडकको स्तरोन्नती गर्ने ।

- पालिकाभित्र रहेका कृषिउत्पादन ओसारपसार गर्ने सडक बर्षात्को कारणले अबरुद्ध भएमा चौविस घण्टाभित्र सञ्चालनमा ल्याइनेछ ।

- प्रत्येक बस्तीलाई  सडक सञ्जालले जोडिने छ ।

- बिभिन्न बैक वा सहकारीमा आफनो जग्गाधनी प्रमाण पुर्जा धितो राखेर ऋण लिई मोटरबाटो निर्माण गरेका वेथानचोक गाउपालिका–१, च्याम्राङवेसीका उपभोक्ताहरूको ऋण मोचनका लागि पहलगरिनेछ ।

- व्यवसायीहरूसँग समन्वय गरी पालिकाभित्र सञ्चालनमा रहेका पुराना यातायातका साधन हटाई नयाँ यातायातका साधन प्रयोगमा ल्याइने छ ।

- संघीय सरकारसँग समन्वय गरी बनेपा पनौती–चलाल–गेल्डुङ–च्याम्राङवेसी–फापरबारी जोड्ने सडक, पनौती बल्थली टोड्के टावरी भुग्देउ मेधाम्सु फलामेसाघु विपी राजमार्ग जोड्ने मोटरबाटो र बनेपा पनौती कामीडाँडा तालढुङ्गा सडककोे स्त्तरोन्नतीको लागि पहल गरिनेछ ।

- प्रदेश सरकारसँग समन्वय गरी गेल्डुङ गोल्माकोट कामीडाँडा भञ्ज्याङ भुग्देउ मेधाम्सुबाट तिनधारे झरनाजोड्ने सडक, सयले ठूलाचौर नारायणस्थान पर्यटन सडक, अस्पतालचोक सौरे नारायणस्थान पर्यटन सडक, मल्पी–तिपचोक–पार्थलीभन्ज्याङ–कुनेखर्क–गोल्माकोट सडक, बल्थली–लड्कु–कोरथली–छिर्के–कामिडाँडा सडक, गेल्डुङ–पाट्नेभञ्ज्याङ–बागाखोर–अस्पताल चोक (ललितपुर जोड्ने) सडक, गोलगाउँ मगर तावरी सिउरानी भञ्ज्याङ्खर्क टोड्के सडक, मगर तावरी फ्याङखोला टोड्के सडक, टोड्के फ्याङखोला छापडाँडा मगर तावरी सामुदायिक भवन सडक, रेलसिङ मौवाडाँडा फुर्केथली सालधारा सडक, चलाल गणेशस्थान भञ्ज्याङखर्क सलिनडाँडा मदनबास सडक, पाटीखर्क पटगाँउडाँडा पार्थली सडक, बल्थली लड्कुपौवा खोलामा आरसिसि ९च्ऋऋ० ब्रिजनिर्माण, सयाले बाह्रविसे बतासे बोल्दे थलिडाँडा च्याल्टी सडककोे निर्माण तथा स्तरोन्नती   गरिनेछ ।

- ‘एमालेको सरकार–टोलटोलमा स्तरिय सडक अभियान’ कार्यक्रममा बेथानचोक गाँउपालिका अन्र्तगतका वडाहरूमा निम्नानुसारका सडक निर्माण, स्तरोन्नती र पिच–ढलानका काम सम्पन्न गरिनेछ ।


बेथानचोक गाउँपालिका–१ च्याम्राङवेसी

- प्रत्येक बस्तीलाई सडक सञ्जालले जोड्ने ।

- च्याम्राङवेशी, सालधारा, तालढुङगा सडक निर्माणमा पहल गर्ने ।

- च्याम्राङवेशी, नारायणस्थान पैदलमार्ग बनाइनेछ ।


बेथानचोक गाउँपालिका–२ ढुंखर्क

- मुलडाँडा माँझगाउँमोटर सडक निर्माण ।

- उनीउघारी, चोरेण्डे, गोरेगैरो सडक निर्माण ।

- पाट्नेखोला, चोरण्डे, मुलडाँडा, आलुबारी पाटी जोड्ने सडक स्त्तरोन्नती ।

- गेल्डुङखोला कोलकाटे चुनेपाखा पार्थली सडक स्तरोन्नती

- गेल्डुङ श्रीचौर माथिल्लो आहाले तल्लो आहाले लाकुरीको बोट सडक स्तरोन्नती ।

- लड्कु पार्थली सडक निर्माण ।

- जात्रेफेदी हाकेडाँडा कामीखोरिया मोटरबाटो स्तरोन्नती ।

- मुलखोलाचौर घ्याम्पागाडे, अर्खौले, कामीखोरीया, चोरण्डे, गुवाभन्ज्याङ, बेथानचोक जोड्ने साइकलिङ सडक ।

- गेल्डुङबजारदेखि डोलाखोला बहादुरेमुढा हुँदै डाँडघर पिंगलडाँडा जाने बाटो स्त्तरोन्नती गरिनेछ ।


बेथानचोक गाउँपालिका–३ ढुंखर्क

- सयाले, महांकालडाँडा, बोल्दे, थलीडाँडा हुँदै च्याल्टीखोला सडक स्तरोन्नती ।

- अस्पताल, लड्कु, कुनेखर्क, भँगाला सडक स्त्तरोन्नती गरिनेछ ।

- सयाले, ठुलाचौर, नारायणस्थान पर्यटन सडक पिच गरिनेछ ।

- नारायणटार फाँट, बाह«बिसे, खोरथापे सडक स्तरोन्नती गरिनेछ ।

- बाह्रविसे सिमाचौर बतासे भन्ज्याङ स्तरोन्नती

- अस्पताल फाँट, गैरीभन्ज्याङ, सिर्थली, सौर्य सडक स्त्तरोन्नती गरिनेछ ।

- जस्लेटार,गोर्खाली गाँऊ, ढाँड सडक स्त्तरोन्नती गरिनेछ ।

- महांकालस्थान, बोल्देगाउँ जोड्ने सडक स्त्तरोन्नती गरिनेछ ।

- पुराना घडेरी, कानापाखा, जुगेखोल्सी, बोल्दे सडक स्त्तरोन्नती गरिनेछ ।

- गोर्खालीगाउँ, च्याल्टी डाँडा, थलीडाँडा सडक निर्माण ।


बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थान

- चलाल गणेशस्थान ठुलोगाँउ सडकनिर्माण तथा स्तरोन्नती गरिनेछ ।

- पार्थलीभन्ज्याङ डाँडागाउँ भ्यूटावरसम्म स्तरोन्नती ।

- सल्लाफेद घिमिरे सुमारा सडक स्तरोन्नती ।

- चलाल गणेशस्थान चलाल डोल पोखरीडाँडा स्तरोन्नती ।

- पाटीखर्क धर्मशाला पटगाउँडाँडा पट्गाउँबेशी सडक स्तरोन्नती ।

- पाटीखर्क हुँदै तिलेश्वर मन्दिर जाने सडक स्तरोन्नती ।

- देविस्थान तिपचोक सडक स्तरोन्नती । 


बेथानचोक गाउँपालिका–५ च्यासिङखर्क

- च्यासिङखर्क हुँदै श्रीकपेर चौकीडाँडा सडक निर्माण ।

- कामीडाँडा, बुढाथोकीगाउँ जोड्ने सडक स्तरोन्नती गरिनेछ ।

- छिर्के भन्ज्याङ हुँदै छाप डाँडा भ्लोनटोल सडक स्तरोन्नती गरिनेछ ।

- छिर्के भन्ज्याङ, सोचे गाँउ मोटरबाटो स्त्तरोन्नती गरिनेछ ।

- नागपोखरी छिर्के फ्याङखोला (जनक केसी) को घरसम्म मोटरबाटो जोडिनेछ ।

- छिर्के चिलिमेथुम्का ५ किमी बाटोमा नयाँ ट्याक निर्माण गरिनेछ ।

- च्याल्टी हुँदै कोर्काथली जोड्ने करीडोर सडक निर्माण कार्यलाई निरन्तरता  दिइनेछ ।

- बालुवाहुँदै खोरुङडाँडासम्म मोटरबाटो निर्माण गरिनेछ ।

- सिमसिमखोलादेखी थलीडाँडा दाहाल बस्तीसम्म सडक निर्माण गरिनेछ ।


बेथानचोक गाउँपालिका–६ महांकालभुग्देउ

- टोड्के फ्याङखोला–भन्ज्याङखर्क–सिउरानी–थिङछाप हुँदै भुग्देउ मेधाङ्सु बाटो स्त्तरोन्नती गरिनेछ । 

- दहाल भन्ज्याङ–सिमसिमखोला–भुग्देउ मझुवा सडक निर्माण गरिनेछ । 

- भदौंटार–आङेटार–छ्यास हुँदै सानो भुग्देउ जोड्ने सडक निर्माण गरिनेछ ।

- महांकालस्थान, गोलगाँउ तामाङ बस्तीहुँदै डिलमुनी जोड्ने कृषि सडक निर्माण गरिनेछ ।

- बालउन्नती डोल, सिमटार गोलगाँउ रातमाटा सडक स्त्तरोन्नती गरिनेछ ।

- फ्याङखोला, लामीडाँडा मगर टावरी कृषि सडक निर्माण गरिनेछ ।

- टोड्के फ्याङखोला फेदी, देबीस्थान, घिसिङटोल छापडाँडा मगर तावरी सडक निर्माण तथा स्तरोन्नती गरिनेछ ।

- मगर तावरी–गोसडाँडा, ठूलो पधेरो काभ्रेडाँडा, तामाङ तावरी सडक निर्माण  गरिनेछ ।

- फ्याङखोला, भन्ज्याङखर्क, ठकुरीडाँडा, छापडाँडा हुँदै मगर तावरी सडक निर्माण र स्तरोन्नती गरिनेछ । 

- ठूलो भन्ज्याङखर्कबाट सानो भन्ज्याङखर्क हुँदै आहालडाँडासम्म जोड्ने सडक निर्माण गरिनेछ ।

- फ्याङखोला मयलबोट हुँदै ठकुरीडाँडा तामाङ तावरी सडक निर्माण गरिनेछ ।

- तामाङ तावरी,सिमल भन्ज्याङ, माथिल्लो सिउरानीहुँदै तल्लो सिउरानीसम्म स्तरोन्नती गरिनेछ ।

- तल्लो सिउरानी, माख्लो सिउरानी, सिमलभन्ज्याङ हुँदै तामाङ तावरी सडक स्तरोन्नती गरिनेछ । 

- तल्लो सिउरानी, टाउके डाँडा जोड्ने सडक स्तरोन्नती गरिनेछ ।

- सिउरानी, अमलचे हुँदै रोशीटार जोड्ने मोटरबाटो निर्माण गरिनेछ ।

- मेधाङ्सु, गुन्बाडाँडा सडक स्तरोन्नती गरिनेछ ।

- सिमल भन्ज्याङ, दोगाउँजोड्ने मोटरबाटो निर्माण गरिनेछ ।

- सिमल भन्ज्याङ, थापाडाँडा, तिनधारे झरना सम्मको मोटरबाटो निर्माण तथा स्तरोन्नती गरिनेछ ।


स्वास्थ्य

पहिलो धन, स्वस्थ जीवन

- पालिका स्तरिय ५१ शैयाको सुबिधा सम्पन्न अस्पताल स्थापना गरिनेछ ।

- नागरिक स्वास्थ्य विमाको लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरिनेछ । 

- ६० वर्ष भन्दा माथिका प्रत्येक नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइनेछ ।

- विरामीको उपचारलाई छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्न प्रत्येक वडाका स्वास्थ्य संस्थामा एक एक वटा एम्वुलेन्स व्यवस्था गरिनेछ ।

- गाउँपालिका भित्रका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्र ९एज्ऋ० लाई साधनस्रोत र प्रविधिमैत्री बनाई आवश्यक दक्ष जनशक्तिको व्यवस्था गरिनेछ । 

- प्रत्येक समुदायमा गुणस्तरिय र स्रोतसाधन सम्पन्न गाँउघर क्लिनिकको व्यवस्था गरिनेछ ।

- गाउँपालिका भित्र एउटा सुविधा सम्पन्न प्राकृतिक तथा आयुर्वेदिक अस्पतालको स्थापना गरिनेछ ।

- मुटु, कलेजो, मृगौला, क्यान्सर, मेरुदण्ड लगायत अन्य गम्भीर प्रकृतिका रोगीहरूलाई थप एक लाख उपचार खर्च प्रदान गरिनेछ ।

- ‘गर्भवती तथा सुत्केरी महिलालाई पौष्टीक आहार नवजात शिशुलाई सुन्दर संसार’ अन्र्तगत गर्भवती महिला र नवजात शिसुको स्वास्थ्य हेरचाह, सहयोग र सुरक्षाका लागि कार्यक्रम गरिनेछ ।

- पालिकाभित्रका स्वयमसेविकाहरूलाई वर्षको एक पटक निःशुल्क पोशाक वितरण र मासिक रुपमा प्राप्त हुने सेवा, सुविधा र भत्तामा दोव्बर बृद्धि गरिनेछ ।


शिक्षा

गुणस्तरिय र प्रविधिमैत्री शिक्षा ः बेथानचोकको आवश्यकता

- गाँउपालिकाभित्र रहेका बिद्यालय र कलेजको भौतिक पुर्वाधारको बिकास गरी विश्वबजार अनुकुलन गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षाको लागि क्रमिक रुपमा अंग्रेजी माध्यमबाट शिक्षण सिकाईको व्यवस्था मिलाइनेछ ।

- प्रत्येक सामुदायिक विद्यालयमा विषयगत शिक्षक दरबन्दीको ब्यवस्था गरिनेछ ।

- गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षणका लागि दिवा खाजाको व्यवस्था गरिनेछ ।

- माध्यमिक तहमा संस्कृत विषयलाई ऐच्छिक विषयका रुपमा राखिने छ ।

- सम्पूर्ण माध्यमिक विद्यालयमा क्रमशः एक विद्यालय एक नर्सको व्यवस्था   गरिनेछ ।

- अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा विषयगत कक्षाको व्यवस्थापन र पठनपाठनलाई प्रविधिमैत्री बनाइनेछ ।

- पालिकाभित्र अपाङ्गमैत्री आवासिय विद्यालयको स्थापना गरी सञ्चालन गरिनेछ ।

- पालिका भित्रका माध्यमिक विद्यालयमा एक व्यवसायिक तथा प्रबिधिक विषयलाई ऐच्छिक रुपमा राखी पालिकास्तरमा प्राविधक कलेजको स्थापनामा जोड दिइनेछ । 

- जेहेन्दार विद्यार्थीलाई प्राविधिक तर्फ (डाक्टर, नर्स, पाइलट, इन्जीनियर, कृषि विज्ञ लगायतका) विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहेमा एक विषय एक जनाका दरले कुल लाग्ने शुल्कको २५ प्रतिशत रकम छात्रबृत्ति वापत वाषर््िाक रुपमा उपलब्ध गरिनेछ ।  

- शिक्षा आर्जन र सेवा प्रदान कार्यमा वर्गका आधारमा आरक्षण कोटाको व्यवस्था मिलाई बालमैत्री शिक्षामा जोड दिइनेछ ।


खानेपानी तथा सरसफाई

- पालिकामा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई स्वच्छ खानेपानी उपलव्ध गराउन एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिई सम्पन्न गरिनेछ ।

- पालिकाभित्र रहेका सार्वजनिक स्थल तथा नदिको सरसफाईमा विशेष ध्यान दिइनेछ ।

- पानीको स्रोत अभाव देखिएका ठाँउहरूमा आवश्यकताका आधारमा वर्षात्को पानी संकलन तथा उपयोगको नीति लिइनेछ साथै पानीका स्रोतहरूको सरसफाई, मर्मत र संरक्षण गरिनेछ ।


कृषि तथा पशुपंक्षी

कृषि प्रर्वद्धनका लागि सिप, पुंजी र प्रविधि

- किसानको पहिचान र वर्गीकरण गरी बास्तबिक कृषि श्रमिक र महिला किसानलाई विशेष प्रोत्साहनको व्यवस्था मिलाइने छ । 

- किसानहरूले उत्पादन गरेका कृषि उत्पादन तथा विउँ विजनको सुरक्षाका लागि गाउँपालिकाभित्र सित भण्डार (कोल्ड स्टोर) को स्थापनामा जोड दिइनेछ ।

- बाँझो खेतीयोग्य जमिनको सदुपयोग गरी खेती गर्न चाहाने किसानलाई खेतीयोग्य जमिन सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

- एक घर एक टनेलको वितरण गरी कृषि उत्पादनमा जोड दिइने छ साथै वास्तविक किसानलाई हेल्वर र सावेल उपलब्ध गरिनेछ ।

- जलबायु परिवर्तन, प्राकृतिक प्रकोप र जंगली जनाबरबाट किसानलाई पुगेको हानी नोक्सानीको उचित क्षतिपूर्तिको व्यवस्था मिलाइनेछ ।

- एक वडा एक उत्पादनमा जोड दिइने छ ।ं बेथानचोक–१ च्याम्राङवेशीमा कफी, दुध र तरकारी, बेथानचोक–२ र ३ ढुंखर्कमा दुध, खुवा र तरकारी खेती, बेथानचोक–४ चलाल गणेशस्थानमा ३, “अ” अर्थात् अलैची, अम्रिसो र ओखर, बेथानचोक–५ कामीडाँडामा ३ “च” अर्थात् चिया, च्याउ र चिराइतो, बेथानचोक–६ भुग्देउमा लप्सी, कागती र सुन्तला खेतीलाई पकेट क्षेत्रको रुपमा विकास गर्दै कृषि प्रर्वद्धनका लागि सिप, पुंजी र प्रविधि प्रदान गरिनेछ ।

- पशुपालक किसानको आर्थिक जीवनस्तर माथि उकास्न पशुपंक्षी विमा गर्दा लाग्ने विमा शुल्कको ५० प्रतिशत पालिकाबाट व्यहोरिनेछ ।

- ‘पाडी हुर्काऊ, पैसा कमाऊ’ कार्यक्रममा जोड दिइने छ । यस कार्यक्रम अन्र्तगत पाडी हुर्काउने उत्कृष्ट किशानलाई प्रोत्साहन गरिनेछ । विशेषगरी च्याम्राङवेशी र भुग्देउमा भएको बसाइसराइको अवस्थालाई न्यूनिकरण गर्न पशुपालन र तरकारी खेतीलाई विशेष प्राथमिकतामा राखिनेछ ।

- रसायन र विषादीमा आधारित खेती प्रणालीलाई न्यूनीकरण गर्दै पर्यावरणमैत्री खेतीपातीको जैविक मल, रोग किरा नियन्त्रण, रैथाने बीउ, ब्याडको संरक्षण, नस्ल सुधारको स्थानीय स्तरमा अनुसन्धान तथा खोजको कार्य गरिनेछ । 

- कृषि विकासका लागि पालिकाभित्र कृषि प्राविधिक सूचना केन्द्र, कृषि प्रसार कार्यक्रम र समुदायस्तरमा दक्ष जनशक्तिको व्यवस्था मिलाइने छ ।

- पशुजन्य ब्यवसायलाई प्रोत्साहित गर्न घासेखेती अभियान सञ्चालन गर्न किसानहरूलाई बिउ विजन उपलब्ध गरिनेछ ।

- पालिका भित्रका उपयुक्त जमिनमा ब्यवसायिक तथा मानव स्वास्थ्य हितकारी एबोगाडो, किबि, स्टोबेरी, ब्ल्याकबेरी, जापनिज नास्पाती, हलुवावेद दाँते ओखर जस्ता फलफुलको उत्पादनमा जोड दिइने छ ।


सूचना तथा सञ्चार

- सामूदायिक रेडियो, पत्रपत्रिका, टेलिभिजनको सञ्चालनं गरिनेछ ।

- सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेटको प्रबन्ध गरी सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोगमार्फत् सेवा प्रवाह गरिनेछ ।

- सूचनाको हकको प्रत्याभूति हुने गरी सूचना अधिकारी, प्रवक्ता, प्रेस सल्लाहकार आदीको व्यवस्था गरिनेछ । 


जलस्रोत तथा सिंचाई पूर्वाधार

खेतीपातीको सहारा, सिंचाईले हराभरा

- पालिका भित्रका खेतियोग्य जमिनमा सिंचाईको व्यवस्था गर्न विगतमा भएका कच्ची कुलोलाई व्यवस्थित र आवश्यकताका आधारमा नयाँ कुलोको निर्माण गरिनेछ ।

- पालिका भित्रका खेतियोग्य भिरालो जमिनमा स्पीङकल र थोपा सिंचाईको व्यवस्था गरिनेछ ।

- बेथानचोक गाउँपालिका–१ च्याम्राङवेशी, कलाङसिङ  र सुकुम फेदीमा ब्यबस्थित सिंचाई कुलो निर्माण गरिनेछ । वडा नं ३ नारायणटार बोझोघारी, मंहाकाल खोला महांकालस्थान भ्याङ्लाटार कुडुल्ले, महांकाल खोला लप्सीबोट गोर्खाली गाउँ सिंचाई योजनालाई मर्मत र व्यवस्थित गरिनेछ । वडा नं ४ को पट्गाउ डाँडा र पोखरीडाडामा वर्षदको पानी जम्मा गरी सिचाइको ब्यवस्था गरीने छ ।वडा ६ को सिमसिम खोलामा बाँध बाधि भुग्देउ गाउँमा र नारायणस्थान बाहुनबेसी लामबेसी आगेटारमा सिचाईको व्यवस्था मिलाइने छ ।


बन, वाताबरण र जडिबुटी

हरियो बन, बेथानचोकको धन

- जल,जंगल,जमिन, खनिज लगायतका प्राकृतिक सम्पदामा अग्राधिकार कायम   गरिनेछ ।

- हरित गाउँपालिकाको घोषणा गरी नाङगा डाँडापाखामा बृक्षारोपण गर्ने, एक रुख कटान गर्दा १० बिरुवा रोप्ने निति ल्याइनेछ । 

- हरेक सामुदायिक बनसँग समन्वय गरी वातावरणमैत्री बनस्पति विकासका लागि एक सामुदायिक बन, एक नर्सरी कार्यक्रम संचालनमा ल्याइनेछ ।

- पानीका मुहानहरू संरक्षणका लागि जलाधारमैत्री बनस्पतिको संरक्षण र विकासमा जोड दिइनेछ ।

- बाँदर तथा जंगली जनाबरबाट बच्नका लागि प्रत्येक सामुदायिक बनमा जंगली पशुपक्षिंको आहाराको लागि उपयुक्त फलफूलका विऊ छर्ने र रोप्ने योजना   ल्याइनेछ ।

- सामुदायिक बनलाई जडिबुटी उत्पादन क्षेत्र बनाउन योजना बनाई कार्यान्वयनमा ल्याइनेछ ।

- पालिका भित्रका प्रत्येक टोलमा पर्यावरणिय पार्क र प्रत्येक विद्यालयमा बाल बगैंचाको निर्माण गरिनेछ ।

विद्युतिकरण तथा उर्जा

- विद्युत प्राधिकरणसँग समन्वय गरी पालिकाभित्र रहेका सम्पूर्ण काठको पोल हटाई फलामको पोल राख्ने व्यवस्था मिलाइनेछ ।

- जनता साझेदारी कार्यक्रम अन्र्तगत गाउँपालिकाको लड्कु खोला, रोसी र दुर्लुङखोलामा जल बिद्युत उत्पादन गरी  वितरणको प्रबन्ध मिलाइने छ ।


उद्योग व्यसाय, रोजगारी र स्थानीय बजार

वेथानचोकको चाहना, समृद्धिको कामना

- गाउँपालिकाभित्र रहेका प्राकृतिक स्रोत साधनमा आधारित उद्योगहरू संचालनमा विशेष प्राथमिकता दिइनेछ ।

- उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यहरू गरिनेछ ।

- उद्यमशीलता विकास तालिम र बीउ पुँजीको व्यवस्था गरिनेछ ।

- कृषिमा आधारित कच्चा पदार्थलाई प्रयोग गरी लप्सीको माडा, अचार, आलुचिप्स, दुधको चिज, खुवा र छुर्पि लगायत मिठाई जन्य उद्योग सञ्चालन गर्न चाहने ब्यवसायिलाई अनुदान र निश्चित सहयोगको व्यवस्था मिलाइने छ । 

- कृषि उत्पादनको प्रचारप्रसार तथा सहज बिक्रि बितरणका लागि समय समयमा स्थानीय बजारको व्यवस्था गरिनेछ । 

- गाउँपालिका भित्र अपार स्रोतको रुपमा रहेको कालोमुन्टेबाट बायोविग्रेट, सिस्नो र अल्लोबाट पाउडर, लाली गुराँसबाट जुस, तितेपाती र धसिङ्गरेबाट तेल उत्पादन गर्ने उद्योग स्थापनाका लागि प्रोत्साहन गरि रोजगारीको अवसर सिर्जना गरिनेछ ।


सहकारी

- कृषिको आधुनिकीकरण र विकासका लागि कृषि सहकारीहरूको प्रर्वद्धन गर्दै कृषि सहकारी मार्फत आवश्यक रासाइनिक मल, विउविजन वितरण र सहकारी भण्डारको व्यवस्थापन तथा कृषि उत्पादनमा आधारित रोजगारीको सिर्जना  गरिनेछ । 

- विपन्न, गरिव र महिलाहरूका लागि लगानी भएका ऋणहरूको असुली हुन नसकेको सन्दर्भमा संस्थाहरूसँग समन्वय गरी उक्त ऋण असुलीका लागि विशेष अनुदानको व्यवस्था गरिनेछ ।

- सहकारी संस्थाहरूलाई वित्तिय अनुशासनमा राखी संघ संस्थाहरूसँगको समन्वय र सहकारीलाई प्रत्येक वडाका नागरिकको पहुँचमा राखिनेछ ।

- सहकारीसम्वन्धी निश्चित मापदण्ड बनाई, ऐन कानुनको प्रभावकारी कार्यान्वयन र सहकारी संस्थाहरूलाई निति, विधि र प्रविधिमा पोख्त बनाइनेछ ।


धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास र प्रर्वद्धन¬

बेथानचोकको विकास ः पर्यटन र पूर्वाधार

- बेथानचोक गाउँपालिका अन्र्तगतका बेथानचोक नारायणस्थान, कपेर महांकाल, छिर्के चिलिमडाँडा, छिर्के ज्योथान मन्दिर, तिनधारे झरना र छ्याङछ्याङ झरना, शिव गुफा, तिलेश्वर महादेब, माहांकालस्थान मन्दिर, झण्डागाडेलाई पर्यटकिय क्षेत्र र ताराखसे लेकलाई पर्यटन गन्तव्यका रुपमा विकास गरी आवश्यक पूर्वाधारको निर्माण गरिनेछ ।

- विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गरी बेथानचोक नारायणस्थान मन्दिरसम्म केबुलकार र झण्डागाडे गजरामको थुम्कोदेखि खोरथापेसम्म जिपलाईन सञ्चालनको लागि पहल गरिनेछ । 

- गाउँपालिकाभित्र रहेका मठमन्दिर, गुफा, गुम्बा, पाटीपौवा, चौतारा र पोखरीको संरक्षण र विकासका लागि आवश्यक योजना निर्माण र सहयोग गरिनेछ । 

- स्थानीय परम्परागत कृषि क्षेत्रमा प्रयोग भएका पानी घट्ट, जाँतो, ढिकी, उर्गल, लुसी, ठेकी आदिको संरक्षण र सम्र्वद्धनका लागि सँग्रालयको स्थापना र प्रर्वद्धन गरिनेछ ।

- नाङ्ेचौर, चलालको टावर थुम्का, कामीडाँडा र चिलिम डाँडालाई पिकनिक स्पोर्टको रुपमा विकास गरिनेछ ।

- चिलिमथुम्कामा बुद्धपार्क र बुद्धको मुर्ति स्थापना गरिनेछ  साथै छिर्के गाउँमा रहेको ज्योथानमन्दिरमा आवश्यक कम्पाउण्ड वाल र बेथानचोक ३ मा बोल्दे तामाङ गुम्बा निर्माण गरिनेछ ।

- बेथानचोक गाउँपालिकालाई पर्यटनको हव बनाउनका लागि संघिय सरकारसँगको समन्वयमा गैरिभन्ज्याङ छेडामाथी झोलुङ्गे पुलको निर्माण गरिनेछ ।

- ग्रामिण पर्यटनलाई आम्दानीको स्रोत बनाउन ‘घरघरमा रुम स्टे, गाँऊ गाँऊमा होम स्टे’ कार्यक्रम लागु गरि प्रत्येक वडामा सामुदायिक होम स्टे सञ्चालनका लागि आवश्यक सहयोग र प्रोत्साहनको व्यवस्था मिलाइने छ ।

- साबिक ढुंर्खक गाविस–२ को बुकेढाँड–४ को गांैडामुख र जस्लेटारसम्म बाँध बाधी जलासय निर्माण गरी ¥याफ्टिङ, बोटिङ जस्ता मनोरञ्जनात्मक खेलको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गरिनेछ ।

- जिल्लाको सबैभन्दा अग्लो स्थान बेथानचोक नारायणस्थान, झण्डागाडे र बागद्धारसम्म पर्यटन पदमार्ग निर्माण गरिनेछ ।


युवा तथा खेलकुद

युवाको विचार, युवाकै नेतृत्व

- पालिकास्तरमा स्थानीय युवा परिषद् गठन गरी पालिकाभित्र रहेका युवाहरूको संस्थागत बिकासका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।

- समाजको सकारात्मक परिवर्तनमा युवा जनशक्तिलाई परिचालन गरिनेछ साथै युवाहरूलाई नैतिकवान स्वस्थ्य, परिश्रमी र उद्यमशील बनाइनेछ ।

- विपद्, महामारी, विकास निर्माण कार्य, सरसफाई तथा वाताबरण संरक्षणमा युवा स्वयमसेवकको परिचालन गरिनेछ ।

- युवा साझेदारी कार्यक्रम लागु गरी युवा उद्यमशिलतालाई प्रोत्साहन गरी वेराजगार युवाहरूलाई हेयर कटिङ÷व्युटिपार्लर सम्बन्धि तालिम प्रदान गरी एक वडा एक शैलुन तथा व्युटिपार्लर सञ्चालन गर्न सर्वसुलव ऋणको ब्यवस्था मिलाइने छ ।

- सामुहिक खेती गर्न चाहने युवाहरूलाई ७५ प्रतिशत अनुदान उपलव्ध गराइनेछ ।

- बैदेशिक रोजगारीबाट फर्किएका युवा युवतीको ज्ञान र सिपको सदुपयोग गर्दै श्रम, पूंजी र सिपलाई उत्पादन कार्यमा लगाइनेछ । 

- गाँउपालिका स्तरिय रंगशाला र प्रत्येक वडामा खेल मैदान र मनोरञ्जन पार्क  स्थापना गरिनेछ ।

- युवाहरूको नविनतम सोच र जोस तथा ज्ञान, सिप र क्षमतालाई प्राथमिकता दिँदै युवा आविस्कार केन्द्रको स्थापना, संरक्षण र विकास गरिनेछ ।


महिला र बालवालिका

- लैङ्गिक उत्तरदायी बजेट ९न्भलमभच च्भकउयलकष्खभ द्यगमनभत० मार्फत नतिजामुखी योजना तर्जुमा र कार्यान्वयन गरिनेछ ।

- गाउँपालिकाभित्र छोरी मात्र जन्माउने आमा र बाबुलाई सम्मान र प्रोत्साहनको कार्यक्रम ल्याइनेछ ।

- महिला बालवालिका बिरुद्ध हुने सबै प्रकारका हिंसा, अपराध र बिभेद बिरुद्ध शून्य सहनशिलता कायम गरिनेछ ।

- महिलाको नेतृत्व विकास सम्बन्धि कार्यक्रम सञ्चालन गरिनेछ । 

- गाउँपालिकाभित्रका सबै विद्यालयमा छात्रा शौचालय र आवश्यक सेनिटरी प्याडको व्यवस्था गरिनेछ । 

- पालिका स्तरमा हिंसापीडित महिलाहरूका लागि अल्पकालिन आश्रयस्थल, राहत कोष स्थापना तथा  समाजिक पुर्नस्थापनाको नीति अवलम्बन गरिनेछ । 

- महिला उद्यमशिलतामा जोड दिई श्रृङ्गार, माला, झोला र खेलौना निर्माणजस्ता मागमा आधारित तालिम कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ ।

- जेष्ठ नागरीक, गर्भवती र सुत्केरी, अपाङ्ग र एकल महिलाका लागि विशेष सहयोग, स्वास्थ्य परिक्षण, हेरचाह र संरक्षणका कार्यक्रम ल्याइनेछ ।

- महिला सहभागितालाई सुनिश्चित गर्न हरेक आर्थिक वर्षमा वडास्तरमा संचालन हुने कम्तिमा २ वटा विकास आयोजनामा महिलाको नेतृत्वमा उपभोक्ता समिति गठन गरी निमार्ण कार्य संचालन गरिनेछ ।

- गाउँपालिकालाई बालमैत्री पालिका घोषणाका लागि आवश्यक सबै काम गरिनेछ ।

- पालिका स्तरमा महिला र बालवालिका सञ्जाल निर्माण गरी परिचालन गरिनेछ ।

- बालश्रम मुक्त गाउँपालिका घोषणा गरिनेछ ।

जेष्ठ नागरिक

एमालेको सत्ता, घरघरमा भत्ता

- जेष्ठ नागरिकको सम्मानका लागि पालिकास्तरमा जेष्ठ नागरिक संरक्षण केन्द्र र प्रत्येक वडामा जेष्ठ नागरिक मिलन केन्द्रको स्थापना र संचालन गरिनेछ ।

- जेष्ठ नागरिकको पालन पोषण तथा उचित रेखदेखमा ध्यान दिने परिवारलाई उचित सम्मानका कार्यक्रम गरिनेछ ।

- जेष्ठ नागरिकहरूका लागि राज्यबाट प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता सहज रुपमा घरदैलोमा नै उपलब्ध गर्ने ब्यवस्था मिलाइने छ साथै वर्षको एक पटक जेष्ठ नागरिकहरूलाई भेला गरी सम्मान गरिनेछ ।

- एकल बिदुर पुरुषलाई सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गरिनेछ ।


न्यायिक समिति र मेलमिलाप 

- स्थानीय नागरिकको न्यायमा पहुँच अभिबृद्धि गरी छिटो छरितो न्याय प्रदान गरिनेछ ।

- न्यायिक समितिका फैसलाहरूको कार्यान्वयन र सो को अनुगमन गर्ने व्यवस्था मिलाइने छ । 

- विपन्न तथा गरिबका लागि निःशुल्क कानुनी सेवा प्रदान गरिनेछ । 

- न्यायिक समितिबाट भएका काम कारबाहिलाई छिटो छरितो र पारदर्शी बनाउनका लागि सफ्टवेयर र वेवसाइटको निर्माण गरि प्रयोगमा ल्याइनेछ ।

- मानव अधिकारको उच्च सम्मान गर्दै मानवअधिकारमैत्री पालिका घोषणा   गरिनेछ । 


स्थानीय स्रोत–साधन तथा राजस्व परिचालन 

- गाँउपालिका भित्र रहेका खानी तथा खनिज पदार्थको वातावरणमैत्री उत्खनन्, संरक्षण एवं परिचालन सम्बन्धी नीति तथा कानुनी व्यवस्था र सो को कार्यान्वयनद्वारा स्रोत व्यवस्थापन गरिनेछ । 

- स्थानीय तहलाई प्राप्त अधिकार अनुरूप स्थानीय कर, सेवा शुल्क तथा दस्तुर परिचालन एवं राजस्व छलीमा नियन्त्रण गरिनेछ ।


गरिवी निवारण तथा रोजगारी सिर्जना

- गाउँपालिकाभित्र विपन्न वा निरपेक्ष गरिबीको रेखामुनी परेका परिवारको पहिचान गरी गरिबी निवारणका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

- गरिव परिवारको सिप तथा क्षमताको आधारमा सिपमूलक तालिम प्रदान गरी स्वरोजगारी गर्न चाहनेलाई बैंक तथा वित्तिय संस्थामार्फत सस्तो व्याजदरमा ऋण उपलव्ध गराइनेछ ।

आवास व्यवस्थापन

- संघ र प्रदेश सरकारसँग समन्वय गरी गरिब, दलित, सिमान्तकृत र भूमिहिन नागरिकलाई सुरक्षित आवास व्यवस्थाको लागि पहल गरिनेछ ।

- जोखिममा रहेका वस्तीहरूको पहिचान गरी उपयुक्त स्थानमा स्थान्तरण गरी पुर्नवासको लागि पहल गरिनेछ ।

- पालिकाभित्र पक्की संरचना निर्माण गर्दा सडकको मापदण्ड कायम गरी अनुमति प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।

- पक्कीघर निर्माण गर्दा नक्सापासलाई सर्वसुलभ र अनिवार्य गरिनेछ । 

- खेतीयोग्य जमिनको उत्पादकत्वलाई मध्यनजर गरी व्यवस्थित बस्ती बिकासको कार्यक्रमलाई जोड दिइनेछ ।


कला संस्कृती

- पालिकाभित्र परम्परादेखी चलि आएका स्थानीय सांस्कृतिक मेला, पर्व एवं जात्राहरूको संचालन र व्यवस्थापन गरिनेछ ।

- ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण र सम्बद्र्धन गरिनेछ ।

- सामुदायिक विद्यालय तथा संघसंस्थाहरूको विकासका लागि स्थापना भएका ट्रष्ट तथा कोषहरूको व्यवस्थापनमा जोड दिइनेछ । 

- विभिन्न जातजातिको संस्कृति, विचार, मूल्यमान्यता, आचार, रितरिवाज, चालचलन, भेषभूषा र कलाको संरक्षण र संबद्र्धनका योजना ल्याइनेछ । 


पालिका तथा वडा कार्यालय व्यवस्थापन र सेवाप्रवाह

- पालिका कार्यालयको लागि आवश्यक जग्गाको प्रबन्ध गरी भवन निर्माण तथा अन्य पूर्वाधारहरूको ब्यवस्था गरिनेछ ।

- सूचना प्रविधिका माध्यमबाट सेवा प्रवाहको योजना, विद्युतीय माध्यमबाट सुशासन र सेवा प्रवाहको नियमित जानकारी सम्पे्रषण गरिनेछ ।

- पालिका स्तरमा दमकल सेवाको ब्यवस्था गरिनेछ ।

- पालिका तथा वडा कार्यालयबाट उपलब्ध हुने सेवा सुविधा तथा कार्य सम्पादन सहजिकरणको लागि हेल्प डेक्सको स्थापना गरिनेछ ।


गाउँसभा र नगरसभा सञ्चालन एवं व्यवस्थापन 

- एकल अधिकार सूचीका सबै कानुन निर्माण गरिनेछन् ।

- साझा अधिकार तथा जिम्मेवारीका क्षेत्रमा सङ्घ तथा प्रदेशसँगको सहकार्यमा मौलिक हक लगायत जनसरोकारका क्षेत्रमा कानुन निर्माण गरिनेछ ।

- स्थानीय तहका विकासका प्रमुख मुद्दाहरूमा राजनैतिक सहमति र सहकार्यको खाका र विधि तय गरिनेछ ।


सुशासन प्रर्वद्धन र सदाचार नीति

सुशासनका लागि ‘डिजिटल पालिका’

- जनताको सार्वभौम अधिकार, स्थानीय स्वायत्तता र शुसासन जोड दिइने छ ।

- कार्य जिम्मेवारी पूरा गर्दा वा नगर्दाको अवस्थामा राजनीतिक आस्थाका आधारमा भेदभावपूर्ण कार्य गरिनेछैन ।

- अनावश्यक र गैरकानुनी आश्वासन, सामाजिक भेदभाव, ढिला सुस्ती र भ्रष्टाचार जन्य कार्य बिरुद्ध शुन्य सहिष्णुता कायम गरिनेछ । 

- गाउँपालिकाले सम्पादन गर्ने कार्यहरूको विवरण नागरिक बडापत्रमा सार्वजनिक गरिनेछ ।

- उत्कृष्ट कार्यसम्पादन गर्नेलाई पुरस्कार र न्यून कार्यसम्पादन गर्नेलाई सुधारका उपायहरू अवलम्वन गरिनेछ ।

- बेथानचोकलाई सूचना प्रविधिमैत्री डिजिटल पालिकाको रुपमा विकास गरी जनमुखी प्रशासन र सुशासनको प्रत्याभूती गरिनेछ । 


नीति, कानुन तथा योजना तर्जुमा एवं कार्यान्वयन

- गाउँपालिका भित्र आवश्यक नीति तथा रणनीतिहरूको तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

- सर्बपक्षिय बौद्धिक ब्यक्तित्वहरूको सुझाव, सल्लाह र सहयोगमा दीर्घकालीन एवम् अल्पकालिन योजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।

- जनसहभागितामा आधारित आयोजनाहरू सञ्चालन गरिनेछ ।

- सामाजिक संघ संस्थासँग समन्वय र सहकार्यको निति अवलम्बन गरिनेछ ।

- भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गरिनेछ ।

- गाउँपालिकाको डिजिटल प्रोफाइल तयार गरी अद्यावधिक कार्यमा जोड दिइनेछ ।

- सार्वजनिक एवं सरकारी सम्पत्तिको अभिलेख सङ्कलन, संरक्षण र व्यवस्थापन गरिनेछ । 


फोहोरमैला व्यवस्थापन र ढल निकास

- फोहोरमैला व्यवस्थापनका लागि घर घरमा सचेतना अभियान संचालन गरिनेछ । साथै फोहरमैलाको दिगो व्यवस्थापनको लागि आवश्यक योजना बनाइनेछ ।

- ंबजार उन्मुख क्षेत्रमा ढल निकासको व्यवस्था गरिनेछ ।

- वाताबरण मैत्री कपडा वा कागजको झोला उत्पादनमा जोड दिइनेछ ।


विपद्जोखिम व्यवस्थापन

- विपद्मा परेका व्यक्ति तथा समूहहरूका लागि तत्कालिन राहात तथा उद्दारका लागि स्थानीयस्तरमा विपद् व्यवस्थापन कोष स्थापना गरी कार्यान्वयनमा ल्याइनेछ ।

- विपद्मा परी अंगभंग भएका व्यक्ति तथा परिवारलाई आवश्यकताअनुसार दिर्घकालिन उपचारको प्रवन्ध गरी स्वास्थ्य लाभपछि उचित रोजगारीको अवसर प्रदान गरिनेछ । 


भूकम्पपछिको पुननिर्माण तथा पुनस्र्थापना

- राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग समन्वय गरी छुट भएका भुकम्प पिडितलाई समेटी एक वर्ष भित्रमा बाँकी रहेको पुननिर्माणको कार्य सम्पन्न गरिनेछ ।


भू–उपयोग निति

- परम्परा देखि उपभोग गरेका तर दर्ता छुट भएका निजि पाखोलाई नापी गरी जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउन पहल गरिनेछ ।

- खेती योग्य जमिनमा घर लगायत भौतिक संरचना निर्माण गर्ने कार्यलाई पुर्ण रुपमा रोक लगाइने छ ।

- बाँझो खेत बारीमा खेती गर्न चाहाने युवा किसानलाई विशेष अनुदानको व्यवस्था गरिनेछ ।

- सार्वजनिक जमिनको संरक्षण गरिनेछ ।


अन्य

- सार्वजनिक स्थानमा चौपायलाई छाडा छोड्ने प्रवृतीलाई निरुत्साहित गर्दै सार्वजनिक स्थानमा छोडिएका कुकुरहरूलाई नियन्त्रण र व्यवस्थापन गरिनेछ ।


धन्यवाद !


प्रतिक्रिया



थप समाचारहरु