उत्कृष्ट भएको अवसरमा सहकारी संघको चियापान


मेचीकाली

बनेपा– जिल्ला सहकारी संघ लि.को आयोजनामा सुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आफ्नै नयाँ बनेको भवनमा सम्पन्न भएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमज्यूको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष दिलिप शर्माको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपालका ७७ जिल्ला मध्ये उत्कृष्ट जिल्ला सहकारी संघ लि. घोषणा भएको अवसर तथा नयाँबर्ष २०८० को आगमनलाई मध्येनजर गर्दै आयोजना गरेको उक्त खुसी साटासाट गर्ने अवसरमा जिल्लामा रहेको केन्द्रिय तहका सहकारी अभियानकर्मी, पूर्व अध्यक्ष, सल्लाहाकार तथा जिल्ला सहकारी संघमा आबद्ध सहकारी संस्थाहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । जिल्ला सहकारी संघ लि.ले सहकारीको विकास, प्रवद्र्धन, विस्तार तथा क्षमता अभिबृद्धिका विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । 

कार्यक्रममा जिल्ला सहकारी संघ लि. ले बिगत ६ बर्ष देखि गर्दै आइरहेको प्रगती तथा कार्यक्रमहरुका बारेमा संघका अध्यक्ष दिलिप शर्माले प्रस्तुती गर्दै सहकारी अभियानमा ठोस कार्यक्रमहरु राष्ट्रियस्तरमा प्रभाव हुने कार्यक्रम र संस्थाहरुको दीगोपना, सुशासन र पारदर्शिताका लागि आवश्यक कार्यहरु सम्पादन गरेका कारण पुरस्कार प्राप्त गर्न सफल भएको जानकारी गराउँदै यो खुसी सबै सहकारी अभियानकर्मीहरुको खुसीको क्षण भएको बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथी दीपक कुमार गौतमले सहकारी संघ लिले छाटो समयमा गरेका कामको प्रशंसा गर्दै दिनरात नभनी संघका अध्यक्षले गर्नुभएको मिहेनतको प्रशंसा गर्नैपर्छ भन्दै संघका लागि अपुरो रहेको भवन पूर्ण रुपमा काम हुने गरी आफु चुप लागेर बस्न नसक्ने र आर्थिक व्यवस्थापन गर्न सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ । संघका उपाध्यक्ष अमन पोटे श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा सचिव निरन्जन बिष्टले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने बनेपा नगरपालिकाका उप मेयर बिमला सापकोटा दाहालको बिशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । 

कार्यक्रममा सामूदायिक साकोस पनौतीका अध्यक्ष प्रकाश बन्जराले सफल र उत्कृष्ट जिल्ला संघ भएकोमा सबैलाई सुभकामना ब्यक्त गर्दै संघका अध्यक्ष दिलिप शर्मालाई दोसल्ला ओढाई प्रमाणपत्रद्धारा सम्मान गर्नुभएको थियो भने सल्लाहकार तथा पूर्व अध्यक्ष मुकुन्दप्रसाद दाहालले जिल्ला सहकारी संघ लि. को बारेमा मुक्त कंठले प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा कोअपरेटिभ मेनेजर्स क्लवका अध्यक्ष मदन बस्ने, प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, निवर्तमान अध्यक्ष विनोद पराजुली, पूर्व अध्यक्षहरु सुभप्रसाद अधिकारी, सोमप्रसाद हुमाँगाई, बिषयगत संघका अध्यक्ष सुमन नेपाल, नारायणप्रसाद बडाल सहित स्थिरीकरण कोषका सञ्चालक प्रकाश बन्जरा सहित जिल्लाका सहकारी अभियानका प्रतिष्ठित करिव २०० जना महानुभावहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सबै अभियानकमीृहरुले जिल्ला सहकारी संघको प्रगतीको कामना गर्दै सबै मिलेर संघलाई अझ उचाइमा लानु पर्ने र जिल्लालाई सँधै सहकारीहरुको उत्कष्ट हब बनाउने प्रतिबद्धता सहित संघको नेतृत्व सहित सबैलाई बधाई तथा सुभकामना ब्यक्त गर्नुभएको थियो । 


प्रतिक्रिया



थप समाचारहरु