दीपकप्रसाद पौडेल सहकारी आनदोलनको एउटा सशक्त मान्छेको नाम हो । स्कूल पढ्दाबाटै वि.सं. २०४० सालदेखि अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियनको प्रारम्भि राजनीतिमा शुरु गरेका उनि पछि प्रजातान्त्रिक धारको राजनीतिमा समान्य ढंगले संलग्न रहँदै आएका छन् ।
स्थानीय स्तरका सहकारीहरुको बिभिन्न जिम्मेवारी लिंदै राष्टिय दुग्ध विकास बोर्डको संचालन, राष्टिय सहकारी विकास बोर्डको संचालकको समेत जिम्मेवारी सम्हालिसकेका उनको जन्म वागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ८ (साबिक महादेवस्थान गा.वि.स. वडा नं. २) धाइटारमा भएको हो ।
प्रारम्भिक चरणमा नेपाली कांग्रेसको राजनीति गर्दै आएका उनि पछिल्लो समय राजनीतिभन्दा सिर्जनशिलता, लेखन र खोजमुलक कार्यमा वढी सक्रिय बन्दै आएका छन् । उनका विभिन्न पुस्तकहरु प्रकाशित भैसकेका छन् । ‘सहकारी अभियान–अनुभव र अनुभूती’, ‘स्मरणमा जेल जीवन’, ‘नेपाल किसान संघको ऐतिहासिक पृष्ठभूभी, विचार र आन्दोलन’, ‘पौडेल वंशावली (२ पटक) लगायतका आधा दर्जन पुस्तकहरु प्रकाशित भइसकेका छन् ।
काभ्रेबाट प्रकाशित चेष्टा साप्ताहिक, काभ्रे टाइम्स, काभ्रेपोष्ट, खबर चौतारी, हाम्रो ईन्द्रावती, सु–सन्देश, नव क्षितिज लगायतका पत्र पत्रिकाहरुमा समेत उनका लेख रचनाहरु प्रकाशित हुँदै आएका छन् । मण्डनदेउपुर नगरपालिकामा बसोबास गरेर मातृ नगरको साथै काभ्रेपलाञ्चोकका विभिन्न भूगोलको साथै ऐतिहासिक ब्यक्तिहरुको खोजमुलक कार्यमा लाग्नु आजभोली उनको दीनचर्या बनिरहेको छ ।
पौडेल वंशको नेता समेत रहेको उनले आफ्नो वंशावली र वंश परम्परासंग सम्वन्धित २ ओटा पुस्तक समेत प्रकाशित गरिसकेका छन् । उनको लेख र खोजमुलक कार्य एउटा वंशमा मात्र सिमित छैन । देश भित्रका विभिन्न जातजाती र वंशहरुको वस्तुस्थिति, कला संस्कृति र परम्पराको बारेमा खोज्नु आजकाल उनको दिनचर्या जस्तै बनिरहेको छ ।
यस पुस्तमा उनले आफ्नो परिवार, पारिवारिक पृष्ठभूमी, वशं तथा वन्धुवान्धवीय सन्दर्भको साथै आपूm संलग्न राजनीतिक दलबाट विभिन्न समय समयमा भोग्नु परेको उपेक्षा र अपमानको कुरा समेत सशक्त ढंगले उठान गरेका छन् । त्यति मात्र नभएर फरक राजनीतिक दल र आफ्नो राजनीतिक यात्रा प्रारम्भ भएको जनस्ंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अखिल) को बारेमा समेत आलोचनात्मक चेत प्रकट गरेका छन् ।
यसमा प्रारम्भदेखि वर्तमान परिवेश सम्मको राजनीति र सहकारी तथा समाजिक क्षेत्रको सन्दर्भमा ब्यहोरेको धेरै अनुकुलता र केहि प्रतिकुलताको बारेमा समेत खुलेर प्रष्ट्याउने प्रयत्न गरेका छन् । दुनियमा राम्रै राम्रो भन्ने चिजको त कल्पनै गर्न सकिन्न । शब्दसंग खेल्न रुचाउने जो कोहि लेखक, साहित्यकार वा रचनाकारहरुले उनका बारेमा जेजस्तो चर्चा परिचर्चा गर्न सकेपनि लेखन शैलीमा देखिएको उनको निर्भिकताको प्रशंसा नै गर्नु पर्दछ । खोज र अनुसन्धानको आँखाले संसारलाई नियाल्ने हो भने व्यक्ति, प्रकृति, समाज, राष्ट्र र राज्य द्वन्दात्मक ढंगले चल्दै आएको इतिहास छ । त्यसै गरी एउटा मान्छेको जीवन सकारात्मक र नकारात्मक दुवै पक्ष समेटिएर नै अगाडी वढ्ने गर्दछ । यो खासमा प्राकृतिकमात्र नभएर त्यस समयमा कार्लमाक्र्सले प्रतिपादन गरेको द्वन्दवादी नियम नै हो ।
एउटा मान्छे दिनमा २ मरिरहेको हुन्छ भन्ने मान्यतालाई मान्ने हो भनेपनि मानिस स्वर्णकल्पित जीवन यापन गरिरहेको हुन्छ । सकेसम्म कसैको नहुँदो नगरौं, सबैको लागि राम्रो बनौं भन्दाभन्दै थुप्रै नराम्रो र अपजसका घटनाहरु मानिसको जीनवमा घट्न पुग्ने गर्दछन् । यसको बाबजुद अघि वढ्नु नै मानव जीवनको वास्तविक सफलता हो ।
यस पुस्तकमा केन्द्रित भएर लेख्नु पर्दा यस पुस्तकभित्र उनले ७ खण्डमा विभाजन गरी विषय वस्तुको प्रस्तुतिकरण गर्न खोजेको देख्न सकिन्छ । वैयक्तिक विवरण, सेवा संलग्नता, विशेष खालको अनुभव र अनुभूती, आपूmेले प्राप्त गरेको मान पदवी र सम्मान, उनको जीवनमा घटेका विभिन्न घटनाहरु, वैदेसिक यात्राको सन्दर्भ र विभिन्न समय र सन्दर्भमा प्राप्त गरेका सम्मान–पत्र तथा जीवन यात्राको भोगाई दर्शाउने तस्विरहरु ऐनाझैं प्रकाशित भएको देखियो ।
असाध्यै मसिनो ढंगले मण्डन भेगको चित्रण यस पुस्तकमा देख्न सकिन्छ । यहाँका प्राकृतिक दृश्य, पर्यटकीय ठाउँहरु, ऐतिहासिक मठमन्दिर, यहाँको कला संस्कृतिलाई मजाले उतारेको देख्न सकिन्छ । किसना र कृषि कर्मको महत्वपूर्ण पाटो बाँध कुलो र सिंचाईको सन्दर्भमा उनी शसक्त देखिन्छन् ।