को हुन् गोकुल, कसरी चुलिँदैछ उनको 'क्रेज ?’


मेचीकाली

-होमप्रसाद चौंलागाईं

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ४ अर्थात तत्कालिन नयाँगाउँ देउपुर गाउँ विकास समितिको चैनपुरमा जन्मिएका गोकुल बाँस्कोटा सामान्य परिवारका हुन् । स्कूले शिक्षा गाउँकै विद्यालयबाट प्राप्त गरेका उनी विद्यार्थी जीवन देखि नै तिक्ष्ण स्वभावका थिए । 

डेडीथुम्का माध्यमिक विद्यालयमा माध्यमिक तहको अध्ययन गर्दा गर्दै उनि राजनीतिमा होमिन पुगेका हुन् । १३ वर्षको उमेर देखि राजनितिमा होमिएका हक्की स्वभावका बाँस्कोटाका शैक्षिक तथा राजनितिक गुरुहरुका रुपमा चिनिने केदारनाथ नेपाल, कृष्णकुमार श्रेष्ठ, कुमार खकुरेल र एकराजकुमार शाही लगायतका शिक्षकहरु आज पनि उनको स्वभाव कडा तर विवेकशिल र जुझारु भएको बताउने गर्दछन् । त्यति मात्र नभई गोकुलको त्यति बेलाको लगाव, खटाई र जुझारुपन बाटै अहिलेको गोकुल नियाल्न सकिने त्यतिबेला उनिसंग नजिक रहृका अधिकाशं जानकारहरु बताउँछन् । 

खास गरी अनेरास्ववियू र थोरै समय प्ररायुसंघमा चासो राख्दै अगाडी लम्केका बाँस्कोटा विद्यार्थी जीवनबाटै निडर र हक्कि मात्र थिएनन् उनको नेतृत्वमा थुप्रै भित्तेलेखन, नाराजुलुश, भण्डाफोर आन्दोलनहरु सफल भएका थिए । तत्कालिन समयमा रामहरी नेपाल महादेवस्थानको जनपक्षीय उम्मेदवार बन्न लाग्दा भएको अवरोध आन्दोलनको नेतृत्व पनि उनले नै छेडेका थिए । गोकुल बाँस्कोटाको नेतृत्वमा नयाँगाउँबाट आएको जुलुशको बलबाट त्यतिबेला रामहरी नेपालले जनपक्षीय उम्मेदवारी मनोनयन दर्ता गर्न सफल भएका थिए । 

मन्त्री भएर केवल मन्त्रीमा र झण्डावाल गाडीको सुखसयलमा सिमित रहेनन्  बास्कोटा । उनमा भएको जनभावना, ग्रामिण भेगका जनताको वास्तविक दृश्यको मर्म र काभ्रे प्रतिको मायाँ छोटै समयमा प्रदर्शित हुन थाल्यो । बिना भेदभाव काभ्रेका दुबै क्षेत्रमा विकासे योजना र बजेटको ओइरो नै लाग्न थाल्यो ।

राजनीतिको झोला बोकी लामो समयसम्म कहिले क्षेत्रगत त कहिले जिल्लागत रुपमा बिभिन्न नेतृत्वलाई स्थापित गराउने आन्दोलनको मोर्चामा होमिएका गोकुलको काभ्रेको राजनितिक इतिहास लामो छ । उनकै नेतृत्वमा गाउँ विकास समिति, जिल्ला विकास समिति र त्यस बेलाका निर्वाचन क्षेत्रहरुमा बिजयको खम्बा गाडिएको इतिहास छ । सूर्य चिन्हलाई पार्टीको नेतृत्व र पहिचानको प्रतिक मान्ने बाँस्कोटा लामो समयसम्म विदुर सापकोटा, कृष्णप्रसाद सापकोटा, गोबिन्दनाथ उप्रेती, शिवबहादुर देउजा लगायतका थुप्रै नेताहरुलाई मूल नेतृत्व मान्दै अघि वढेका एक असल कार्यकर्ता हुन् । पटक पटक विभिन्न नेतृत्वलाई बोक्दै हिंडेका उनि पार्टीको जिल्ला अध्यक्ष, पार्टी केन्द्रिय कमिटी सदस्य हुँदै पार्टीको पोलिट्ब्युरो सदस्य समेत बनिसकेका छन् । अहिले बास्कोटा राष्ट्रिय राजनितिका चर्चित पात्र हुन् ।


ईतिहासको लामो दौरानकै क्रममा उनले काभ्रे हुँदै राष्ट्रिय राजनितिको नेतृत्वमा प्रवेश पाएका हुन् । पार्टी भित्र पटक पटक अवसर लिईसकेका नेताहरुले गरेको अन्र्तघातका कारण बास्कोटा पहिलो पटकको निर्वाचनमा सफल हुन सकेनन् । सधैं आफैंले मात्र पाइरहनु पर्ने र अरु नेतृत्वमा स्थापित हुनै नमिल्ने पूरातनवादी सोचका कारण पहिलो पटकको असफलतालाई दोस्रो पटक ठूलो अवसरमा बदल्न सफल उनी देशको सर्वोच्च राजनितिक निकाय संसद्मा मात्र पुग्न सफल भएनन्, राज्यमन्त्री हुँदै क्याबिनेटमा प्रवेश पाए । उनले संचार तथा स्ूचना प्रविधि मन्त्रीका साथै नेपाल सरकारको प्रवक्ता र शहरी विकास मन्त्रीसम्मको जिम्मेवारी पाउन सफल भए । मन्त्री भएर केवल मन्त्रीमा र झण्डावाल गाडीको सुखसयलमा सिमित रहेनन्  बास्कोटा । उनमा भएको जनभावना, ग्रामिण भेगका जनताको वास्तविक दृश्यको मर्म र काभ्रे प्रतिको मायाँ छोटै समयमा प्रदर्शित हुन थाल्यो । बिना भेदभाव काभ्रेका दुबै क्षेत्रमा विकासे योजना र बजेटको ओइरो नै लाग्न थाल्यो । 

खानेपानी, विद्युत, सडक संजाल, स्कूल, विभिन्न विश्व विद्यालयहरु, आइसिटी ल्याबको अवधारणा उनकै पालमा चलेका योजनाहरु हुन् । काभ्रेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बैकल्पिक ब्यवस्थापन, सुनकोशीमा जलाशययुक्त विद्युत गृहको योजना, मण्डन, पाँचखाल र तेमाल लगायतका पालिकाहरुमा सुख्खा क्षेत्र वृहत खानेपानी आयोजनाको काम लगायत थुप्रै योजनाहरुले गति पाउन थाले ।