‘आधारभूत अस्पताल’ निर्माण कतै धमाधम, कतै सुरु नै हुन सकेन


मेचीकाली

काभ्रेपलाञ्चोक– गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पु¥याउने उद्देश्यले सरकारले स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माणको काम सुरु गरेको तीन वर्ष पुरा हुन लाग्दा अस्पताल निर्माणको कामले गति लिन सकेको छैन । सबै स्थानीय तहमा आधारभूत अस्पताल बनाउने उद्देश्यले आर्थिक वर्ष २०७७÷०७८ मा देशका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने कामको शिलान्यास गरेको थियो ।
तत्कालिन सरकारले पहिलो वर्षमा देशका ३९६ वटा स्थानीय तहमा एकै पटक अस्पताल निर्माणको शिलान्यास गरेको थियो । पहिलो वर्ष सुरु गरिएको ३९६ वटा अस्पतालमध्ये बागमती प्रदेशका ५१ वटा स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । सरकारले आ.व. २०७७÷०७८ मा बागमती प्रदेशभित्रका ५१ वटा अस्पतालमध्ये ४९ वटा अस्पतालको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार भएकोमा ४८ वटा अस्पतालको मात्रै रकम निकाशा भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३९६ वटै स्थानीय तहलाई पत्राचार गर्दै दुई वर्षभित्र भवन निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिएको तीन वर्ष पुरा हुन लाग्दा हालसम्म एउटा पनि आधारभूत अस्पताल निर्माणको काम पुरा हुन सकेको छैन भने कतै काम सुरु समेत हुन सकेको छैन । सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा काभ्रेपलाञ्चोकमा पाँच वटा, दोलखामा सात वटा, रामेछापमा चार वटा, सिन्धुपाल्चोकमा पाँच वटा, सिन्धुलीमा चार वटा, धादिङमा पाँच वटा, रसुवामा दुई वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।
यसैगरी नुवाकोट जिल्लामा छ वटा, मकवानपुरमा छ वटा, चितवनमा एउटा, भक्तपुरमा एउटा, ललितपुरमा दुई वटा र काठमाडौँ जिल्लामा दुई आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतको नीति योजना शाखा अन्र्तगतको आधारभूत स्वास्थ्य इकाइका जनस्वास्थ्य निरीक्षक सुरथ खड्काले बताउनुभयो । उहाँले पहिलो वर्ष निर्णय भएकामध्ये काभ्रेपलाञ्चोकमा एउटा, दोलखामा दुई वटा, रामेछापमा एउटा, धादिङमा दुई वटा, नुवाकोटमा दुई वटा, मकवानपुरमा दुई वटा, ललितपुरमा एक र काठमाडौँका दुई वटा स्थानीय तहमा अस्पतालको काम सुरु हुन नसकेको बताउनुभयो । उहाँले कतिपय स्थानीय तहमा जग्गा प्राप्त हुन नसकेका कारण अस्पताल निर्माणको काम नभएको बताउनुभयो । उहाँले पहिलो चरणमा निर्माण सुरु गरिएका ३९६ अस्पतालमध्ये कुनैपनि अस्पतालको काम सम्पन्न नभएको बताउनुभयो । उहाँले पहिलो चरणमा सुरु गरिएकामध्ये काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा निर्माण भईरहेको अस्पतालको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।
त्यस्तै मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ मा देशभरका २५९ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्णय गरेकोमा ११४ वटा अस्पताललाई बजेट निकाशा गरेको छ । जनस्वास्थ्य निरीक्षक खड्काले आ.व. २०७८÷०७९ मा निर्णय भएका २५९ वटा अस्पतालमध्ये १८२ वटा अस्पतालको डिपिआर तयार भई १८१ वटा अस्पताल निर्माणको प्रक्रियामा गएको बताउनुभयो । सरकारले आ.व. २०७८÷०७९ मा बागमती प्रदेशमा ५३ वटा अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । बागमती प्रदेशभित्र निर्माण हुने ५३ अस्पतालमध्ये २० वटा अस्पतालको मात्रै डिपिआर प्राप्त भएकोमा १६ वटा अस्पताल निर्माणको लागि बजेट निकाशा भएको मन्त्रालयले जनाएको छ । आ.व. २०७८÷०७९ मा दोलखामा दुई, रामेछापमा दुई, सिन्धुलीमा चार वटा, काभ्रेपलाञ्चोकमा सात वटा, सिन्धुपाल्चोकमा छ वटा, रसु्वामा एउटा, नुवाकोटमा छ वटा अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी धादिङमा सात वटा, चितवनमा चार वटा, मकवानपुरमा चार वटा, भक्तपुरमा तीन वटा, ललितपुरमा तीन वटा र काठमाडौँ जिल्लामा छ वटा अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । आ.व. २०७८÷०७९ मा निर्माण हुनेमध्ये दोलखामा प्रस्ताव गरिएका दुई, रामेछापका दुई, काभ्रेपलाञ्चोकमा प्रस्ताव गरिएकामध्ये दुई, सिन्धुपाल्चोकमा दुई, रसुवाको एक, नुवाकोटका चार वटा अस्पतालको काम सुरु भएको छैन । धादिङमा निर्माण प्रस्ताव गरिएकामध्ये पाँच वटा, मकवानपुरको एक, भक्तपुरका दुई र काठमाडौँ  जिल्लाका चार वटा अस्पाल निर्माणको काम अघि बढ्न नसकेको जनस्वास्थ्य निरीक्षक खड्काले बताउनुभयो । सरकारले स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न निर्णय गरेपनि स्थानीय तहले अस्पतालको लागि जग्गा उपलब्ध गराउन नसक्दा अस्पताल निर्माणको काम राकिएको हो । सरकारले पाँच शैय्याको अस्पताल निर्माणको लागि सात करोड दश लाख ९८ हजार, दश शैय्याको अस्पतालका लागि १० करोड ८३ लाख ३६ हजार र १५ शैय्याको अस्पतालका लागि १८ करोड छ लाख ८२ हजार रकम विनियोजन गरेको हो ।

प्रतिक्रिया



थप समाचारहरु