दक्षिण एशियाका १५ शहरमा धुलिखेल पर्न सफल भएको छ : व्याञ्जू


मेचीकाली

-अशोक ब्याञ्जु

प्रमुख, उम्मेदवार

धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक


– पाँच वर्ष प्रमुख भएर काम गरिसक्नु भएको छ, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा धुलिखेललाई चिनाउनु भएको छ, फेरी किन तपाईको उम्मेदवारी ? 

हामी जनप्रतिनिधिहरु शासक होइन, जनताका सेवक भएर काम गरेका छौं र अब फेरी पनि हामी सेवक हुनेछौं । सामाजिक जागरण र विकासका अभियान्ता भएर काम गर्ने, हाम्रो नगर सुशासनको नमूना नगर बनाउन, यस अघि रोकिएको भ्रष्टाचार नियन्त्रण गतिविधिलाई अब पनि कडाईका साथ नियन्त्रण गराउन, पाँच बर्ष भित्रमा दीगो विकास लक्ष्यका सबै सूचकहरु पूरा गरी स्वास्थ्य, शिक्षा, कृषि, आर्थिक, बाताबरणमा र गरिबी निबारणको क्षेत्रमा उल्लेख्य सुधार गरी नगरलाई दीगो विकास लक्ष्य पूरा गरिएको नगर घोषणा गर्न पुनः मेरो उम्मेदवारी हो । यो पाँच वर्षको अवधीमा धुलिखेल दक्षिण एशियाका १५ शहर भित्र पर्न सफल भएको छ भने अन्तराष्ट्रिय र राष्ट्रिय स्तरमा समेत नमुना घोषणा भएको छ । 

हामीलाई नै भोट दिनु पर्ने मेरा केहि दावी पनि छन् । नेकपा एमालेसँग सही विचार छ । नेकपा एमालेले जनमुखी सरकारको दृष्टान्त प्रस्तुत गरेको छ । नेकपा एमाले हरेक आन्दोलनको अगुवाई गरेको छ । नेकपा एमाले शान्ति प्रक्रियाको पहलकर्ता हो । नेकपा एमालेले संविधान निर्माणको अगुवाई गरेको छ । राज्य निर्माण र समृद्ध नेपालको सपना नेकपा एमालेसँग छ । नेकपा एमालेले प्रगतिशील राष्ट्रवादको अगुवाइ गरिरहेको छ । नेकपा एमालेले स्थानीय तहलाई स्रोत, साधन र अधिकार सम्पन्न बनाउँदै स्थानीय सरकारको रुपमा स्थापित गर्न चाहन्छ । 


– स्थानीय सरकारको पहिलो अनुभव कस्तो रह्यो अनुभुति ? 

सार्वभौम नेपाली जनताले निर्माण गरेको नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको दोस्रो निर्वाचन हुँदैछ । यसले संघीयता, समृद्धि र समाजवादको आधारशीलाको निर्माणमा थप योगदान गर्नेछ । यस ऐतिहासिक अवसरमा नेकपा (एमाले) समृद्ध र सबल धुलिखेल निर्माणका निम्ति प्रतिबद्धता र सङ्कल्प गरेको छ । जनताको स्वशासन प्रत्याभूत गर्दै जनताको घर–आँगनमा पुग्न सके मात्रै लोकतन्त्रले सार्थकता पाउने मान्यतामा उभिएर नेकपा (एमाले) सधैं अधिकार सम्पन्न स्थानीय सरकारको पक्षमा दृढताका साथ उभिदै आएको छ । नेकपा (एमाले) नेपाली जनताको सच्चा प्रतिनिधि तथा राष्ट्रको अग्रगमन र समृद्धिका निम्ति मुख्य राजनीतिक शक्ति हो। माक्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा राष्ट्रिय राजनीतिलाई मार्गदर्शन गरिरहेको यो पार्टी लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति र कम्युनिष्ट आन्दोलनको मूलधार हो। सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट सामाजिक न्यायमा आधारित, लोकतान्त्रिक, बहुलवादी, खुला, प्रतिस्पर्धात्मक, आर्थिक रुपले समृद्ध र उच्चस्तरको संस्कृतियुक्त नेपाली विशेषताको समाजवाद निर्माण गर्न नेकपा (एमाले) दृढ प्रतिज्ञ छ ।

यही मान्यतालाई आत्मसाथ गर्दै २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा धुलिखेल नगरका मतदाताहरुले नेकपा एमालेलाई अत्यधिक बहुमतका साथ बिजय गराउनु भयो । यस दौरानमा हाम्रो पार्टीबाट बिजय हुनु भएका जनप्रतिनिधिहरुले नगरको समग्र विकासमा खेलेको भूमिका आमजनताहरु समक्ष घाम जतिकै छर्लङ्ग छ । देश संघीय शासन प्रणालीमा रुपान्तरण भएको र स्थानीय तह सञ्चालनका लागि सविधानले ब्यवस्था गरेका एकल अधिकारहरु तथा प्रदेश र संघको साझा अधिकारको कार्यान्वयनको चुनौतिको अवस्थामा हामीले नगरमा प्रवेश गरेका थियौ । नगरपालिकाको जनशक्ति ब्यस्थापनका साथै सविधानले व्यवस्था गरेको एकल अधिकार क्षेत्रहरुमा कानूनी संरचना (ऐन, नियम) निर्माण गरी विधि निर्माण गर्ने पहिलो दायित्व हामीसँग थियो । यसका साथ साथै जनताहरुलाई दिनु पर्ने सेवा तथा नगरका विकासहरुलाई समेत सँगसँगै लैजानु हाम्रो कर्तब्य थियो । यस कामलाई हामीले उत्कृष्ट ढङ्गले सम्पादन गर्न सफल भयौँ । पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य विकास आयआर्जन कृषि तथा पशु विकास तथा आय आर्जन र गरिवी निवारणमा नगरले उल्लेख्य प्रगति गरेको छ । हामी जुन रफ्तारमा कार्य सम्पादन गरी रहेका थियौ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण करिव दुई बर्ष काममा समेत प्रभाव पर्न गएको सर्वविदितै छ । यसका अलावा संघीय सरकारमा हामीले गरिरहेको नेतृत्वमा जनादेशको विस्थापन र परमादेशको शासनमा भएको सरकार परिवर्तनले समेत ठूलो प्रभाव पुग्न गयो । हाल गठबन्धनको नाममा बनेको सरकारबाट जनतालाई राहतको त कुरै छोडौ महङ्गी र कालोबजारीका साथै मूल्य बृद्धिले थिलथिलो बनाएको विदितै छ। 

हामीले ५ बर्षमा नगरको समग्र विकासका आधारशीलाहरु निर्माण गरेका छौ । यसको पुर्णता भएमा मात्र नगरको आर्थिक सामाजिक तथा गरीवी निवारणमा हामीले राखेको लक्ष्य पूरा गर्न सक्छौ । 

कृषिमा यान्त्रीकरण तथा ब्यवसायिक कृषिको लागि २११ वटा मिनि टिलर, ४२ वटा विद्युतीय मकै छोडाउने मेसिन, ४५७ वटा विद्युतीय स्प्रेयर, ४८ वटा थ्रेसर, ६० वटा माटो परिक्षण उपकरण, ४५ घार मौरी वितरण गरिएको छ । कृषकको पशुधन सुरक्षाको लागि वीमा शुल्कमा १५ प्रतिशत अनुदान, गोठ खोर सुधार कार्यक्रम, पशुपक्षी खोप कार्यक्रम, वाख्रा, वङगुर कुखुराका चल्ला, उन्नत जातको घाँस वितरण तथा बाख्रा पकेट कार्यक्रम र पशुपक्षी घुम्ती शिविर सञ्चालन गरिएको छ । नेपालको पहिलो नगरपालिका मोवाईल एप्स सञ्चालन गरिएको, वडा कार्यालय सम्म आफ्नै फाईवर विस्तार गरी सोही मार्फत् विभिन्न ५५ स्थानमा सिसिटिभी जडान गरी जिल्ला प्रहरी कार्यालय मार्फत अनुगमनको ब्यवस्था मिलाइएको साथै २० स्थानमा फ्रि वाइफाइ जडान गरिएको छ ।

काम चाँहि के के भए ? 

पाँच वर्षमा थुप्रै काम भएका छन् । यो अवधीमा भएका मुख्य मुख्य कामहरुबाट नै नगर नमुना बन्न सफल भएको छ । शिक्षा बाल विकास र सरसफाईको क्षेत्रमा उल्ख्य सुधार गरी साक्षर नगर घोषणा, जिल्लाको पहिलो बालमैत्री नगर घोषणा, खुल्ला दिशामुक्त नगर घोषणा गरिएको छ भने कालोपत्रे सडक ३४ कि.मी., ग्राभेल सडक ७१ कि.मी., कच्ची मौसमी सडक ३२० कि.मी. र ढलान सडक ५ कि.मी. थप निर्माण गरिएको। गाउँ बस्तीका सबै टोलहरुमा सडक सञ्जाल जोडिएको छ । १००० जना क्षमताको सभाहल निर्माण, १ वटा सपिङ्ग कम्प्लेक्स, ५ वटा स्वास्थ्य केन्द्र भवन निर्माण १५ शैयाँको अस्पताल निर्माणाधिन र १ वटा संग्राहय निर्माणाधिन अवस्थामा रहेको छ । 

आधारभूत विद्यालय तहमा ःन्ःी कार्यक्रम सञ्चालन गरि गुणस्तरीय शिक्षाको विकासमा सुधार गरिएको छ ।  १८ वटा विद्यालयको २४ वटा सुविधा सम्पन्न भवनमा १ सय ४० कोठा निर्माण   गरिएको छ । थप ६ वटा विद्यलयमा शौचालय निर्माण गरिएको छ । विद्यालय समायोजन र शिक्षक दरवन्दी मिलान गरिएको छ । नगर शिक्षक दरवन्दी सिर्जना गरी बिषयगत शिक्षक ब्यवस्थापन गरिएको छ । धुलिखेल नगर स्थित क्याम्पसमा स्नातकतह अध्ययन गर्ने विद्यार्थीलाई निशुल्क छात्रवृतिको ब्यवस्था गरिएको छ । सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला र आई.सि.टि. ल्याव ब्यवस्था गरिएको छ । ट्याङ्की निर्माण ३० वटा, डिप वोडिङ्ग ६ वटा र ३८१९ घरधुरीमा एक घर एक धारा निर्माण गरिएको छ । २२६ हेक्टर, ट्रिटमेन्ट प्लान्ट २ वटा,  झोलुङ्गे पुल २ वटा निर्माण गरिएको छ । 

देवीस्थानमा पृथ्वीनारायण शाह र वलभद्र कुँवरको शालिक सहितको पार्क, बखुण्डोल र शारदावतासेमा वुद्धको मूर्ति सहितको पार्क, सरस्वति बजारमा बाघ र सरस्वतीको मूर्ति सहितको पार्क, काभ्रेभञ्याङ्गमा मदनभण्डारीको शालिक सहितको पार्क सहित ५३ वटा पार्क निर्माण गरिएको छ । १२ वटा स्वास्थ्य संस्थाहरु, २ वटा शहरी स्वास्थ्य उप–केन्द्र र १ आयुर्वेदिक औषधालयबाट सेवा सञ्चालन गरिएको छ । धुलिखेल नगरपालिकालाई स्वस्थ शहर बनाउन सबै नगरबासीको डिजिटल हेल्थ प्रोफाइल निर्माण गरिएको छ । समुदायस्तरमा स्वास्थ्य सचेतना समूह गठन गरिएको छ । कोभिड १९ तथा टाइफाइड रोग विरुद्धको खोप सबै नगरबासीलाई पूर्ण रुपमा उपलब्ध गराइएको छ । कोभिड १९ को महामारीको अवस्थामा जनचेतना, नमूना क्वारिन्टीन र विरामीहरुलाई घर घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । क्षयरोगमुक्त तथा पोषण मैत्री नगर बनाउन कार्यक्रम सञ्चालन भएको छ । धुलिखेल नगरपालिकाका नागरिकहरुलाई निशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराइएको छ । सबै बर्ग तथा समुदायलाई समेटी ५ वटा परिषद निर्माण गरी सोही परिषद् मार्फत आय आर्जन तथा सशक्तीकरणका लागि १२८९ जनालाई विभिन्न किसिमका आय आर्जन तथा रोजगारमूलक तालिम प्रदान गरिएकोमा ५४६ जनाले साना तथा मध्यमस्तरको स्वःरोजगारमूलक व्यवसाय सञ्चालन गरेको छ । 

कृषिमा यान्त्रीकरण तथा ब्यवसायिक कृषिको लागि २११ वटा मिनि टिलर, ४२ वटा विद्युतीय मकै छोडाउने मेसिन, ४५७ वटा विद्युतीय स्प्रेयर, ४८ वटा थ्रेसर, ६० वटा माटो परिक्षण उपकरण, ४५ घार मौरी वितरण गरिएको छ । कृषकको पशुधन सुरक्षाको लागि वीमा शुल्कमा १५ प्रतिशत अनुदान, गोठ खोर सुधार कार्यक्रम, पशुपक्षी खोप कार्यक्रम, वाख्रा, वङगुर कुखुराका चल्ला, उन्नत जातको घाँस वितरण तथा बाख्रा पकेट कार्यक्रम र पशुपक्षी घुम्ती शिविर सञ्चालन गरिएको छ । नेपालको पहिलो नगरपालिका मोवाईल एप्स सञ्चालन गरिएको, वडा कार्यालय सम्म आफ्नै फाईवर विस्तार गरी सोही मार्फत् विभिन्न ५५ स्थानमा सिसिटिभी जडान गरी जिल्ला प्रहरी कार्यालय मार्फत अनुगमनको ब्यवस्था मिलाइएको साथै २० स्थानमा फ्रि वाइफाइ जडान गरिएको छ ।

सबै वडाबाट सबै प्रकारका कर तिर्ने ब्यवस्था सहित घरमै वसेर कर तिर्नको लागि ई–पेमेन्ट सिस्टमको विकास गरिएको छ । उच्चस्तरीय भिडियो कन्फरेन्स हल ब्यवस्थापन, ब्यक्तिगत घटना दर्ता र नक्सापासलाई डिजिटाइजेसन गरिएको छ । अन्तराष्ट्रियरुपमा नगरलाई पहिचान गर्न सहयोग

पुगेको छ भने नगरको चैतर्फि विकासको लागि विभिन्न अन्तराष्ट्रीय संस्थाहरु बल्र्ड बैक, युनिसेफ, युएसआईडी, वल्र्ड हेल्थ अर्गनाईजेसन, सेभ द चिल्ड्रेन, आईसिएलईआई, आदि संस्थाहरुसँग सहकार्य गरी धुलिखेल नगरपालिकालाई अन्तराष्ट्रिय रुपमा पहिचान गर्न मद्दत पुगेको छ । 


अब चाँहि के गर्नुहुन्छ ? 

आगामी ५ बर्षभित्र शिक्षा, स्वास्थ्य, कृषी, वातावरण, खानेपानी र सरसफाई  रोजगार, सँस्कृति र सम्पदा संरक्षण, पर्यटन, सुशासन क्षेत्रमा मानव अधिकारमा आधारित समावेशी, समतामुलक, न्यापूर्ण र दिगो विकास गरी नेपालकै अग्रणी नमूना नगरको रुपमा धुलिखेल नगरपालिकालाई स्थापित गर्ने छौं । यसको लागि धुलिखेल नगरपालिकामा अनुभवी, योग्य, ईमान्दार र सक्षम नेतृत्वको चयन गर्न गर्न चाहान्छौ । हाम्रो नेतृत्वमा हामी आगामी ५ बर्ष भित्रै गुणस्तरीय, दिगो र उत्थानशील पूर्वाधार विकास, सडक÷यातायातमा दीर्घकालिन योजना तयार गरिएको छ । सबै वडा केन्द्रसम्म जोड्ने सडक कालो पत्रे गरिनेछ । सबै वडालाई जोड्नेगरी धुलिखेल चक्रपथ निर्माण गरिनेछ । ग्रामिण सडकहरुलाई १२ महिना चल्न सक्ने गरी स्तरोन्नति गरिनेछ । १५ मिनेटको दूरीमा सडक यातायातको पहुँच पुर्याइनेछ ।

विद्युतीय नगरबस सञ्चालन गरिनेछ। विभिन्न ठाउँमा चार्जिङ्ग स्टेशनहरु निर्माण गरिनेछ । सबै गाउँ तथा बस्तीहरुमा थप स्तरीय सडक सञ्जाल विस्तार गरिनेछ । अत्याधुनिक वहुउद्देश्यिय बसपार्क निर्माण गरी बसपार्कलाई सुव्यवस्थित गरिनेछ ।  वि.पी. राजमार्गलाई नगरक्षेत्र भित्र ६ लेनमा विस्तार गर्न पहल गरिनेछ । सूर्यविनाय देखि धुलिखेल सम्म अरनिको राजमार्गलाई धुलिखेलसम्म ८ लेनमा विस्तर गर्न पहल गरिनेछ ।

  खानेपानी र सरसफाई तर्फ एक घर एक धाराको माध्यमबाट सम्पूर्ण नागरिकहरुको सुद्ध र स्वच्छ पिउने पानीको पहुँच पुर्याइनेछ । खानेपानीमा आत्मनिर्भर शहर बनाइनेछ । अति विपन्न गरिव परिवारलाई मासिक १० युनिटसम्म निशुल्क खानेपानी उपलब्ध गराइनेछ । मुख्य सार्वजनिक स्थल तथा चोकहरुमा सार्वजनिक शैचालय निर्माण गरिने छ । खानेपानीका सबै स्रोत सुरक्षित बनाई सुरक्षित खानेपानीयुक्त नगर घोषणा गरिने छ । आवास, बस्ती विकास तथा खेलकुद पूर्वाधार निर्माण गरिनेछ । धुलिखेल नगरपालिका तयार गरेको भू–उपयोग गुरुयोजना बमोजिम योजनावद्ध र व्यवस्थित शहरी विकासको कार्य अगाडी वढाइनेछ । धुलिखेल नगरलाई सुरक्षित, ब्यवस्थित, सुविधा सम्पन्न र आकर्षक आवास केन्द्र र नमुना बस्तीको रुपमा विकास गरिनेछ । नगरपालिकामा बहुउद्देश्यीय कभर्डहल निर्माण गरिनेछ । नगरपालिका भित्र राष्ट्रियस्तरको खेल मैदान निर्माण गरिनेछ । धुलिखेल खेलमैदानलाई क्षेत्रिय रङ्गशालाको रुपमा विकास गरिनेछ । सबै वडा केन्द्रहरुमा ब्यवस्थित बजार केन्द्र र सुविधा सहितको सेवाकेन्द्रहरु स्थापना गरिनेछ । एक वडा एक सुविधा सम्पन्न खेल मैदान निर्माण गरिनेछ । फोहरमैलाको दिगो ब्यवस्थापनका लागि ब्यवस्थित ल्याण्डफिलसाइटको पूर्बाधार निर्माण गरिनेछ। सबै वडामा ब्यवस्थित ढल निकासको निर्माण गरिनेछ। धुलिखेल तथा श्रीखण्डपुरमा रहेको फोहरपानी प्रशोधन केन्द्रको क्षमतावृद्धि गरिनेछ । लेदोजन्य तथा ठोस फोहोरमैलाको थप प्रशोधन केन्द्रको निर्माण गरी फोहोर मुक्त शहर निर्माण गरिनेछ । अति विपन्न गरिव परिवारलाई १० युनिटसम्म निशुल्क विद्युत उपलब्ध गराइनेछ । सबै वडाहरुमा विद्युतीकरणलाई ब्यवस्थित गरिनेछ । सबै ब्यक्तिहरुमा सञ्चारको सुविधा पुर्याइनेछ। सबै वडाहरुमा सूचना प्रविधको सुविधा पुर्याइनेछ र प्रशासनिक कार्यलाई कागज रहित बनाउन आवश्यक सूचना प्रविधि पूर्वाधार सहित सफ्टवेयर तथा मोवाइल एप्सको प्रयोग गरिनेछ ।

  खुसी जेष्ठ नागरिक, सुखी बालबालिका, अपाङ्गमैत्री धुलिखेल नगरपालिका भन्ने नाराका साथ समाजबाट तिरस्कार भएका तथा परिवारबाट अपहेलित जेष्ठ नागरिकहरुलाई शंखुमा निर्माण भएको जेष्ठ नागरिक भवनमा पुर्नस्तापित गरिनेछ । सेवाग्राहीका अधिकारलाई सुरक्षित गर्ने क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागू गरिनेछ । सेवा प्रवाहको हरेक क्षेत्रमा प्रविधिको विकास तथा विस्तार गरी ई गर्भनेनसलाई लागू गरी अनलाईनबाटै सेवा प्रवाह गर्ने नीति लागू गरिनेछ । 



निर्वाहमूखी कृषि प्रणालीलाई ब्यवसायीकरण गरिनेछ। हरेक वडालाइ कम्तिमा एक कृषि उत्पादन केन्द्रको रुपमा विकास गरिनेछ । खेतीयोग्य भूमिहरुमा सिंचाई सुविधा विस्तार गरिनेछ । सिंचाई ब्यवस्थापनका लागि प्लष्टिक पोखरी, आकासे पानी सङकलन, स्प्रिकल तथा थोपा सिंचाई जस्ता उपयुक्त प्रविधिहरुको विस्तार गरिनेछ । आधुनिक सुविधा सम्पन्न कृषि बजार सञ्चालन गरिनेछ। मासु पसलहरु र मार्टहरु सञ्चालनमा ल्याइनेछ । धुलिखेल नगरलाई तरकारी, दुध, फलफूल, खाद्यान्न र मासुमा आत्मनिर्भर बनाइनेछ । नगरक्षेत्रको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुको थप उजागर र संरक्षण, पर्यटन क्षेत्रको थप पूर्वाधार विकास गरी पर्यटकीय नगरको रुपमा राष्ट्रिय पहिचान बनाउँदै धुलिखेललाई नेपालकै प्रमुख पर्यटकीय गन्तब्यको रुपमा विकसित गरिनेछ । धुलिखेलको ठूलो वनक्षेत्रलाई कृत्रिम ताल, बोटानिकल पार्क सहितको मनोरञ्जन पार्क निर्माण गरी पर्यटन आकर्षण केन्द्रको रुपमा विकसित गरिनेछ । धुलिखेलमा अध्ययन गर्ने विद्याथीहरुलाई स्नातक तहसम्मको शिक्षा पूर्ण निशुल्क गरिनेछ । अपाङ्गता भएका नागरिकलाई स्नातकोत्तरसम्म अध्ययनका लागि निशुल्क गरिनेछ । स्वास्थ्य विमा निशुल्क उपचारः स्वस्थ नागरिक जिम्मेवार स्थानीय सरकार, स्वास्थ्य क्षेत्रमा वहुआर्थिक अभियान सञ्चालन गरी स्वास्थ्य शहर कार्यक्रम सञ्चालन गरिनेछ र स्वास्थ्य शहर घोषणा गरिनेछ । धुलिखेल अस्पतालसँग सहकार्य गरी सबै स्वास्थ्य संस्थाहरुको सेवामा सुधार गरी नागरिकहरुको नियमित जाँच र गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा वृद्धि गरिनेछ । नगर क्षेत्रभित्र सुविधा सम्पन्न ट्रमा अस्पताल निर्माण र सञ्चालन गरिनेछ । 

समानता तर्फको महिला यात्राः समाजबाद उन्मुख धुलिखेलको विशेषता भन्ने नाराका साथ लक्षित बर्गहरुलाई विकासको मूलप्रवाहमा ल्याउन सहजीकरणका लागि नगरपालिकामा महिला परिषद, युवा परिषद, दलित परिषद, आदिवासी जनजाति परिषद्हरु मार्फत कार्यान्वयन गरिनेछ। परम्परागत र मौलिक ज्ञान, सीप तथा प्रविधिहरुको पहिचान गरी तिनीहरुको संरक्षण तथा प्रबर्धन गरिनेछ । गरिबीका रेखामुनि रहेका परिवारहरुको पहिचान गरी आर्थिक कृयाकलापहरुमा सहयोग गरिनेछ । उनीहरुलाई आवश्यक सहुलियत, छुट र प्राथमिकताको ब्यवस्था गरिनेछ । 

छुवाछुतमूक्त शहर बनाउदै सबैखालको विभेद अन्त गरिने छ । सबै सार्वजनिक पूर्वाधारमा अपाङ्गमैत्री बनाइनेछ । सम्मान र सर्यादीत जीवन यापन तथा स्वास्थ्य सेवाको सहज पहुँचमा जोड दिइनेछ । निशुल्क स्वास्थ्यको लागि स्वास्थ्य विमा गरिनेछ । राष्ट्रियस्तरको खेलको विकास तथा बार्षिकरुपमा प्रतियोगिता गरी खेलाडीलाई प्रोत्साहन गरिनेछ । बहुउद्देश्यीय कभर्डहल, राष्ट्रियस्तरको खेल मैदान निर्माण, धुलिखेल खेलमैदानलाई क्षेत्रिय रङ्गशालाको रुपमा विकास गरिनेछ । कलाकार, स्रष्टा, संस्कृतिकर्मी, मिडियाकर्मी र सबै क्षेत्रका अगुवा र समाजसेवीहरुलाई सम्मानका साथ सामाजिक अभियानमा उत्प्रेरित गरिनेछ । टुहुरा संरक्षण कार्यक्रम नगरमा रहेका बाबुआमा विहिन बालबालिकाहरुलाई प्रदेश सरकारले प्रदान गर्ने मासिक भत्तामा शत प्रतिशत थप गरी प्रति महिना रु ४००० का दरले उपलब्ध गराइ समाजमा पुर्नस्थापित हुने वातावरण गराइनेछ । जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा भएको र पार्ककै पार्कको शहरको रुपमा विकास भइरहेको सन्दर्भमा नगरको पाएक पर्ने ५ स्थानमा बाल सिकाई केन्द्रको रुपमा विकास गर्ने गरी बालमैत्री पार्को स्थापना तथा सञ्चालन गरिनेछ ।

  खुसी जेष्ठ नागरिक, सुखी बालबालिका, अपाङ्गमैत्री धुलिखेल नगरपालिका भन्ने नाराका साथ समाजबाट तिरस्कार भएका तथा परिवारबाट अपहेलित जेष्ठ नागरिकहरुलाई शंखुमा निर्माण भएको जेष्ठ नागरिक भवनमा पुर्नस्तापित गरिनेछ । सेवाग्राहीका अधिकारलाई सुरक्षित गर्ने क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागू गरिनेछ । सेवा प्रवाहको हरेक क्षेत्रमा प्रविधिको विकास तथा विस्तार गरी ई गर्भनेनसलाई लागू गरी अनलाईनबाटै सेवा प्रवाह गर्ने नीति लागू गरिनेछ । 


वडा स्तरीय कार्यक्रम चाँहि ? 

एक वडा एक विशेषताका साथ अभियान संचालन गरिनेछ । वडा नम्वर १ मा पर्यटन, माउन्ट स्पोर्टस, बौद्ध अध्ययन केन्द्र, कृषि अध्ययन केन्द्र, वडा नम्वर २ मा दुग्ध, तरकारी र फलफूल उत्पादन पकेट क्षेत्र, वडा नम्वर ३ मा पयर्टन, तरकारी र विउ विजन उत्पादन पकेट क्षेत्र, वडा नम्वर ४ मा शैक्षिक केन्द्र तथा व्यवस्थित शहरीकरण क्षेत्र, बडा नम्वर ५ मा साँस्कृतिक र सम्पदा तथा आवासीय क्षेत्र, बडा नम्वर ६ र ७ पुरातात्विक सम्पदा संरक्षण, सस्कृति, पूरानोमैलीक बस्ती संरक्षण, व्यवसायिक केन्द्र तथा आवासीय क्षेत्र, वडा नम्वर ८ मा पर्या–पर्यटन, पार्क, होमस्टे, कृषि तथा कृषि अध्ययन केन्द्र, 

वडा नमवर ९ मा पर्यटन, स्वास्थ्य सेवा, आवासीय तथा कृषि क्षेत्र, वडा नमवर १० औद्योगिक, कृषि तथा फलफूल पकेट क्षेत्र, वडा नम्वर ११ मा पर्यटन, होमस्टे, कृषि तथा जैविक विविधता क्षेत्र र वडा नमवर १२ धान खेती, सुन्तला खेती, पर्यटन र साँस्कृतिक क्षेत्र स्थापना गरिनेछ । 



प्रतिक्रिया



थप समाचारहरु