बेथानचोक-१ को वडाध्यक्षमा तिमिल्सिना विजयी


मेचीकाली

बेथानचोक-काभ्रेको बेथानचोक गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मधुसुदन तिमिल्सिना विजयी भएका छन् ।

कुल खसेको मतको ५०७ मत ल्याउँदै उनले जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार दण्डप्रसाद तिमिल्सिनाले ४९८ मत प्राप्त गरे ।

तिमल्सिना नेपाल प्रेस युनियन काभ्रेका सचिव तथा गोरखापत्र दैनिकमा कार्यरत पत्रकार थिए ।

प्रतिक्रिया



थप समाचारहरु

 

चुनावी परिणाम- LIVE

 

देशभर एकसाथ सुरु भयो मतदान