एम्बुलेन्सको एक सय दुई नम्बरमा ब्लफ कल


Mechikali

धुलिखेल(काभ्रे)– काभ्रेको धुलिखेल अस्पतालले अस्पतालमा डिस्प्याच सेन्टर (प्रेषण केन्द्र) स्थापना गरि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा रहेका एम्बुलेन्सलाई एकिकृत तवरले सञ्चालन गरिरहेको छ । डिस्प्याच सेन्टरले बिरामीलई सहज रुपमा अस्पतालसम्म पु¥याउनको लागि आवश्यक पर्ने एम्बुलेन्सलाई खबर गर्नको लागि पैसा नलाग्ने १०२ र टोल फ्रि १६६०११२२००० नम्बर समेत व्यवस्था गरेको छ । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा सञ्चालन गरिएको एकिकृत एम्बुलेन्स सेवाका लागि प्रयोग गरिने दुई नम्बरमा दैनिक रुपमा दर्जनौँ ब्लफ कलहरु आउन थालेका छन् । धुलिखेल अस्पताल आकस्मिक विभाग प्रमुख डा. सानु श्रेष्ठले धुलिखेल अस्पतालले स्थापना गरेको डिस्याच सेन्टरको टेलिफोनमा ब्लफ कल आउने गरेको बताउनुभयो ।

‘अस्पतालमा स्थापना भएको डिस्प्याच सेन्टरको टेलिफोनमा एम्बुलेन्सको लागि फोन गर्नुपर्ने भएपनि धेरैजसो ब्लफ कल आउन थालेका छन्’ श्रेष्ठले थप्नुभयो । उहाँले सेन्टरको फोनमा विशेष गरी सिन्धुपाल्चोक जिल्लाबाट सबैभन्दा बढी ब्लफ कल आउने गरेको बताउनुभयो । धु्लिखेल अस्पताल डिस्प्याच सेन्टर (प्रेषण केन्द्र) का आकस्मिक मेडिकल डिस्प्याचर बिरबहादुर घिसिङले डिस्याच सेन्टरमा दैनिक रुपमा करिब ८० वटा ब्लफ कल आउने गरेको बताउनुभयो । उहाँले विशेष गरी सिन्धुपाल्चोक जिल्ला प्रहरीको १०० मा भनेर गरिने धेरैजसो फोनहरु डिस्प्याच सेन्टरको १०२ नम्बरमा आउने गरेको बताउनुभयो । ‘हामीले एम्बुलेन्सको लागि फोन गरेको होला भनेर फोन उठाउँछौँ तर फोनमा एम्बुलेन्स नभई सिन्धुपाल्चोक प्रहरीमा सोधखोज, जानकारी माग्ने, टेलिकमको जानकारी माग गर्ने, ब्यालेन्स हालिदिनुप¥यो भन्ने खालको कुरा गर्नुहुन्छ’ घिसिङले बताउनुभयो । उहाँले सेन्टरमा अधिकाँश ब्लफ कलमा एनसेल मोबाईल प्रयोगकर्ता बढी रहेको बताउनुभयो ।
आकस्मिक मेडिकल डिस्प्याचर घिसिङले ब्लफ कल गर्नेमा बालबालिकाको सङ्ख्या बढी रहेको बताउनुभयो । ‘हामीले के को लागि फोन गर्नुभयो, को बोल्नु भयो भनेर उताबाट बालबालिकाबाट मुख छाड्ने काम हुन्छ ने ठुला मान्छेहरु जिस्केर बस्ने काम गर्नुहुन्छ’ उहाँले थप्नुभयो । उहाँले सेन्टरले पछिल्लो एक सातादेखि ब्लफ कल गर्नेको मोबाईल नम्बरको रेकर्ड राख्ने काम गरेको बताउनुभयो । उहाँले एउटै नम्बरबाट ७ पटकसम्म ब्लफ कल आएको बताउनुभयो । उहाँले पछिल्लो एक सातामा करिब छ सय वटा ब्लफ कल आएको बताउनुभयो ।
काभ्रे र सिन्धुपाल्चोक जिल्लामा रहेका एम्बुलेन्सको लागि दैनिक २० वटा फोन आउने गरेको डिस्प्याच सेन्टरले जनाएको छ । दुई जिल्लामा सञ्चालन गरिएको एकिकृत एम्बुलेन्स सेवामा जिपिएस प्रणाली जडान गरिएको छ भने उनीहरुको गतिविधिको निगरानी धुलिखेल अस्पतालम रहेको डिस्प्याच सेन्टरले गर्दै आएको छ । धुलिखेल अस्पताल आकस्मिक विभागका प्रमुख डा. सानु्कृष्ण श्रेष्ठले काभ्रेका ४२ वटा र सिन्धुपाल्चोक जिल्लामा रहेका ३१ वटा एम्बुलेन्सलाई समेटेर एकिकृत एम्बुलेन्स सेवा सुरु गरेको बताउनुभयो ।
सरकारले गत वर्ष एकिकृत एम्बुलेन्स तथा पूर्व–अस्पताल सेवा सञ्चालिका निर्देशिका २०७७ जारी गर्दै देशभर छरिएका एम्बुलेन्सहरुलाई एकद्धार प्रणालीबाट छिटो छरितो रुपमा सञ्चालन गर्न तीन अङ्कको टेलिफोन नम्बरको व्यवस्था गरी सञ्चार प्रणाली र प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) स्थापना गरी उक्त केन्द्र मार्फत एकिकृत एम्बुलेन्स सेवा प्रदान गर्नुपर्ने जनाएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु