सामाजिक सञ्जाल नियमन : गोकुल बाँस्कोटाको दूरदर्शितामा गठबन्धन सरकारको आत्मसमर्पण !


होमप्रसाद चौंलागाँईं

मानिसको बानी व्यवहार र रहनशहनमा उसले उपयोग गर्ने साधन र प्रविधिले प्रभाव पारिरहेको हुन्छ । प्रविधिसंगसँगै सूचनाको पहुँचले ज्ञान र चेतनामा समेत ठूलो प्रभाव पार्दछ । आजको विश्व दुनिया एकपछि अर्को गर्दै दूरीविहीन बन्दै गइरहेकोे छ । सूचना र समाचार प्रत्यक्ष हेर्न र दोहोरो कुरा गर्न पाइने सुविधाले विश्व झनपछि झन साँघुरो भइरहेकोे छ ।

गोजीको मोबाइल, डिभाइस र इन्टरनेटको सुविधाबाट हामी विश्वसँग निकट भई रहेका छौं । नयाँ नयाँ सञ्चारका साधन र माध्यमहरुको पूर्ण उपयोग गर्न सक्ने हुन थालेका छौं । कुनै विषयमा तुरुन्त जानकारी प्राप्त गर्नका लागि सहज भैरहेको छ । अरू कसैमा परनिर्भर बनिरहनु परेको छैन । हामी धेरै प्रविधिमैत्री बनिरहेका छौ । 

विश्वको कुनै पनि सूचना, ज्ञानगुनका कुरा, समाचार र मनोरञ्जनका विषय अब धेरैको पहुँचभन्दा खासै बाहिर छैन । फुर्सद भयो कि समय कटाउन र ज्ञान प्राप्त गर्न डिभाइसहरुलाई साथीको रूपमा प्रयोग गर्ने गरिएको  छ । कुनै पनि सिर्जना र कलाकारिताको प्रस्तुति एव सर्वव्यापकताका लागि कुनै स्थान धाउन नपर्ने भएको छ । राम्रो सिर्जनाको स्तरअनुसार आम्दानीको सुनिश्चिततासहित विभिन्न प्रतिक्रिया वा धारणा जान्न सामाजिक सञ्जाल उपयोगी बन्दै गइरहेको छ ।

सामाजिक सञ्जाल र इन्टरनेटको  प्रयोगले मानिसको जिन्दगी सहज र सिर्जनशील हुन मद्दत पुगिरहेको छ । जुम, मेसेन्जर ग्रुप, भाइबर ग्रुप, ह्वाट्स् एप, गुगल मिट जस्ता माध्यमहरुको प्रयोग गरी अध्ययन अध्यापनमा समेत प्रत्यक्ष सहजीकरण गर्ने सुविधा उपलब्ध हुँदै आएको छ । त्यतिमात्र नभएर शिक्षाका लागि भौतिक संरचना नचाहिने हो कि भन्ने आभास समेत हुन थालेको छ ।

यो चिज त्यतिमा मात्र सिमित छैन । शासकीय प्रणालीमा समेत अनलाइन सेवा, डिजिटल भुक्तानी, अनलाइन प्रतिवेदन, अनुगमन र मूल्याकंन एवं भर्चुअल बैठकजस्ता विषयमा भएका सुविधाले लागत एवं समय वचत हुन सहयोग पुगेको छ । व्यवसाय गर्न सूचना प्रविधिको व्यापक प्रयोगका साथै अनलाइन बिज्नेश र डिजिटल बैंकिङ सुविधाले अन्य क्रियाकलापमा समेत सहज अवस्था सिर्जना भएको छ । गोजिमा नगद बोकेर हिंड्नु पर्ने झन्जटिलो कामकुराको अन्त्य भएको छ । 

विश्वका सूचना र समाचारहरू सामाजिक सञ्जालको माध्यमबाट प्राप्त हुन थालेका छन् । सामाजिक सञ्जाल सबै उमेरका लागि उपयुक्त साथी भएको अनुभूति सबैतिर छ । मनोरञ्जन र ज्ञान प्राप्त गर्नदेखि जीवनका उपयोगी सूचना सामाजिक सञ्जालमा समयअनुसार प्रस्तुत भैरहेका छन् । 

ज्ञान र विवके बढ्दै गइरहेको छ । एउटा बच्चाले समेत आफ्नै ढंगले ज्ञान आर्जन गर्न सकिरहेको छ । कुरा फुट्दा नफुट्नै मोवाइल चलाउने सक्ने अवस्थाको सृजना भइरहेको छ । विभिन्न खालको उन्नती प्रगति गर्न, चलाखी गर्न सक्नेलाई संसार एउटा मुठ्ठीमा रहेको भान भएको छ । 

सबै राम्रो कुराहरुसंग केहि नराम्रा कुुराहरु संगसंगै आउने कुरालाई सामान्य ढंगले हनुैपर्ने हुन्छ । यी र यावत् सुविधाको प्रभाव सकारात्मक मात्र छ भन्ने सोचविरुद्ध विविध प्रकारका उत्श्रृंखलता र अपसोचका विषय पनि सँगै आएका छन् । नयाँ नयाँ खालका सामाजिक मिडिया वा सामाजिक सञ्जालको सबालका विषयमा सन्दर्भको विवेचनाको भने निश्चय नै आवश्यक छ । 

यस विषयमा के.पी. ओली नेतृत्वको नेपाल सरकारका तत्कालिन प्रवक्ता एवं सूचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले कानुन बनाउन खोज्दा अधिनायकवाद आउन लाग्यो भनेर उखारमौलो झिक्नेहरु आज आउँदै उनकै बाटो पक्ष्याउने अवस्थामा पुगेका छन् । कानून बनाउन भाँजो हालेर सामाजिक सञ्जाल नियमन गर्न निर्देशिका जारी गर्ने पुष्पकमल दाहाल प्रचण्ड सरकारले अन्ततः तत्कालीन संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको दूरदर्शी कदमसमक्ष आत्मसमर्पण गरेको छ । त्यतिबेला अधिनायकवादको बेसुरे बाँसुरी बजाउने दाहाल, काजीलगायत सबैको लाज शरम पूर्णरुपमा बेपत्ता भएको छ ।

वढ्दै गइरहेको वैदेसिक रोजगारीको सन्दर्भमा आफ्नो परिवारका सदस्य वा निकट व्यक्तिसँगको सम्पर्क र संवादले टाढाको अनुभूति साँघुरिएको छ । समाजमा घट्ने हरेक घटना तुरुन्तै श्रव्य र दृष्य रूपमै नागरिकसम्म पुगेका छन् । सूचना र सञ्चार प्रणालीमा विद्युतीय सञ्चारले समेत तहल्का मच्चिएको छ । सामाजिक सञ्जालका कारण पुराना सञ्चार माध्यमहरूले प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ । 

अझ भन्नै पर्दा प्रिन्ट मिडिया त झन धरापमा पर्दै गएको देखिन थालेको छ । किताब र किताबीय ज्ञानमा मानिसहरु पछी पर्न थालेका छन् । समाजमा सूचना र सञ्चारको बदलिँदो अवस्थाले सञ्चार उद्यमको उत्साहमा समेत ह्रास आएको हो कि भन्ने देखिन थालेको छ । 

सामाजिक सञ्जालको सहज पहुँचले मानिसमा जागरण र चेतना बढाएको छ । विश्वका सिर्जना, ज्ञानको बहार, मनोरञ्जनको अवसरसहित सूचना र समाचारको पहुँचले मानिसको सोच र विचारमा समेत परिवर्तन ल्याएको छ । कुनै सूचना सम्बन्धित क्षेत्रमा प्रवाह गर्न र सूचना ग्रहण गर्न अब अर्को विकल्प रहेन । व्यक्ति, समाज, राज्य र विश्व समुदायको क्रियाकलापको समय समयका घटनाहरू जान्न र सुन्नका लागि समय कुर्नु नपर्ने र व्यापार व्यवसायको प्रबर्द्धन गर्न समेत सहज वातावरण बन्न पुगेको छ ।

शासन व्यवस्थाको प्रभाव र जनतासँगको निकटता थाहा पाउन पनि सामाजिक सञ्जालको सदुपयोग गर्न बाध्य हुनु परेको छ । मानिसलाई सामाजिक सञ्जालको पहुँचभन्दा टाढा रहन नसक्ने बानी बसिसकेको छ । शिक्षा, स्वास्थ्य र आधारभूत सेवाको अवरोधहरू पनि कम हुँदै गएको छ ।

यी यावत अवसरका बावजुत पनि सामाजिक सञ्जालका चुनौतीहरू बढ्दै गएका छन् । कतिपय देशले सामरिक सुरक्षा लगायतको कारण देखाउँदै सामाजिक सञ्जालका प्लेटफर्म बन्द गरेका छन् । आज द्वन्द्व भड्काउन, वर्ग विभाजन गर्न, नकारात्मक सूचना प्रवाह गर्न र संवेदनशील विषयलाई बढाइचढाइ  प्रस्तुत गरेर सामाजिक सद्भाव बिगार्न सामाजिक सञ्जालको दुरूपयोग हुन थालेको छ ।

पछिल्लो समय यसको प्रयोगको क्रममा सामाजिक सञ्जालको स्वनियमन गर्न आचारसंहिता, नैतिक बन्धन र दबाबको प्रभावकारिता वढाउनु आवश्यक देखिन थालेको छ । सामाजिक सञ्जालबाट फाइदा लिन तथा दुरुपयोग रोक्न सामाजिक सञ्जाल उपयोग गर्ने शिक्षामा जोड दिनु आवश्यक देखिन थालेको छ । सार्वजनिक विषयमा संवेदनशील हुन नसक्दा मानिस मानिसबीच द्वन्द्व र बिग्रह बढ्दै जान थालेको छ । नकारात्मक सन्देशले गर्दा अपराध बढ्ने र अराजकता बढोत्तरी हुने अवस्था वढिरहेको छ ।

व्यक्तिको गोपनीयताको हकमा व्यापक हस्तक्षेप र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हुन थालेको छ भने गलत मनसाय भएका व्यक्तिले साइबर अपराध गर्न सजिलो भएको छ । धम्की दिने, अपहरण गर्ने, गलत सूचना प्रवाह गर्ने र पैसाको मोलमोलाही र बार्गेनिङ गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ ।

यस विषयमा के.पी. ओली नेतृत्वको नेपाल सरकारका तत्कालिन प्रवक्ता एवं सूचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले कानुन बनाउन खोज्दा अधिनायकवाद आउन लाग्यो भनेर उखारमौलो झिक्नेहरु आज आउँदै उनकै बाटो पक्ष्याउने अवस्थामा पुगेका छन् । 

कानून बनाउन भाँजो हालेर सामाजिक सञ्जाल नियमन गर्न निर्देशिका जारी गर्ने पुष्पकमल दाहाल प्रचण्ड सरकारले अन्ततः तत्कालीन संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको दूरदर्शी कदमसमक्ष आत्मसमर्पण गरेको छ । त्यतिबेला अधिनायकवादको बेसुरे बाँसुरी बजाउने दाहाल, काजीलगायत सबैको लाज शरम पूर्णरुपमा बेपत्ता भएको छ ।

त्यति बेला भनिएको र ऐले गर्न लागिएको कानून निर्माण गर्ने सनदर्भमा नेपाली काँग्रेसका केही जिम्मेवार पदाधिकारी, मिडियाका मान्छे भनाउनेहरु र मिडिया हाउसका सम्पादकहरूसँगै पत्रकार महासंघ पनि अहिले चुपचाप देखिन्छ । त्यतिबेला अधिनायकवादी बनेको निर्देशिका हाल आएर एकाएक कसरी प्रगतीकामी बन्न पुग्यो ? जनस्तरमा प्रश्न उठ्न थालेको छ । उनिहरु नै अधिनायकवादको मतियार बनेर आराम गरिरहेको देख्दा दुनिया चकित छ ।

कानुन बनाउँदा अधिनायकवाद र निर्देशिका जारी गर्दा लोकतन्त्र बर्बाद हुने भन्ने हरामी ब्याख्या र बुझाइ नै अचम्मको देखिन थालेको छ । यसबाट के भन्न सकिनछ भने, हिजो संचारसम्बन्धी कानुन बनाउनु अत्यावश्यक थियो । त्यसमा अवरोध गर्नेहरू स्वार्थका प्यादा मात्रै थिए, हुन र रहनेछन् ।

हिजोको सबथोक बिर्सेर नेपाल सरकार सामाजिक सञ्जाल व्यवस्थापन तथा नियमन गर्न गृहकार्यमा जुटेको छ । यसका लागि छुट्टै नियम, कानुन वा ऐन के ल्याउने भन्ने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आन्तरिक छलफलमा जुटेको हो ।  

सामाजिक सञ्जाल व्यवस्थापन र नियमन कसरी गर्ने भन्ने विषयमा विभिन्न जिम्मेवार निकाय र तहमा प्रारम्भिक छलफल भैरहेको देखिन्छ । त्यस क्षेत्रका विज्ञहरूसँग ब्यापक रुपमा परामर्श तथा छलफल चलाउनु पर्ने देखिन्छ ।

अझ रोचक कुरा त यस विषमा नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले सरकारले ल्याएको सामाजिक सञ्जाल निर्देशिकालक्षित टिप्पणी गर्दै तत्कालीन संचारमन्त्री गोकुल बास्कोटाको स्मरण गरेकी छन् । झाँक्रीले तत्कालीन एमाले सरकारका मन्त्री बास्कोटाले त्यसबेला सामाजिक संजाल लगायतका विकृति नियन्त्रणका लागि ४ वटा विधेयक ल्याउन खोज्दा संसदमा दर्ता नै गर्न नदिनेहरुको कर्म गलत थियो भन्ने पुष्टि भएको बताएकी छन् । सामाजिक संजालबाटै आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले लोकतन्त्रका नाममा त्यसबेला गोकुल बास्कोटाविरुद्ध भएका रोइलो गलत थियो भन्ने पनि पुष्टि भएको बताएकी हुन् ।

सामाजिक सञ्जाल परम्परागत आम सञ्चारभन्दा मौलिक रूपमै फरक रहेकाले नियमन सहज छैन । जस्तो, इन्टरनेट माध्यम, रेडियो र टेलिभिजन जस्तो सीमित फ्रिक्वेन्सी वा प्रिन्ट कपीमा आधारित हुँदैन । त्यस्तै कार्यक्रम र समयको सीमामा पनि बाँधिंदैन । यसमा एकै पटक बहुआयामिक प्रस्तुति हुने गर्दछ ।  

परम्परागत सञ्चार माध्यममा जस्तो यसमा सम्पादकीय नियन्त्रण नहुने भएकाले व्यक्तिगत स्वतन्त्रता हुन्छ । सामुदायिक प्लेटफर्ममा सेवा प्रदायक केवल माध्यम हुन्छन्, उनीहरू प्रयोगकर्ताले सिर्जना गरेका विषयवस्तु विना नियन्त्रण प्रवाह गरिदिन्छन् । 

सामान्यतः परम्परागत सञ्चार माध्यमको विषयवस्तु प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार उपभोग गरिराखेको हुन्छ, तर सामाजिक सञ्जालको डिजाइन नै यसरी गरिएको हुन्छ कि प्रयोगकर्तालाई विषयवस्तुले पछ्याइरहोस् । सेवा प्रदायकले प्रयोगकर्ताको व्यक्तिगत व्यवहार र विवरणलाई आफ्नो व्यवसायको मोडल बनाएका हुन्छन् । यस्तो परिस्थितिमा व्यक्तिपरक सूचनाकै कारण सामाजिक सञ्जालको प्रभावले समस्या निम्त्याइदिन सक्छ ।

त्यसैले बदलिंदो विश्व दुनियमा सामाजिक सञ्जालको आफ्नै खालको महत्व छ । यसको नियमन र जनमुखी नियन्त्रणका लागि सर्वमान्य कानून बनाउनु आवश्यक थियो, छ र बनोस्, शुभकामना । 


प्रतिक्रिया



थप समाचारहरु