यस्तो रह्यो एमालेको चियापान र चियापान संस्कृतिको राजनीतिक महत्व


होमप्रसाद चौंलागाँईं


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसर पारेर पार्टी मुख्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । एमालेले दशैँ लगत्तै हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ । यस वर्ष हिजो कात्तिक १४ गते आयोजना गरिएको यो कार्यक्रम संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण आज अर्थात एक दिनपछि सारिएको हो । चियापान कार्यक्रममा एमालेका नेता, कार्यकर्ताको भिड लागेको थियो ।

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आज बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायत सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समावादी) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा मालेका महासचिव सिपी मैनाली, पूर्वसभामुख दमननाथ ढुङ्गाना, विभिन्न राजनीतिक दलका नेता, नेपालमा रहेको कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

एमालेले दशैँ लगत्तै हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ । कांग्रेसले २०३५ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गर्दै आएको छ । कम्युनिस्ट पार्टीमा स्वर्गीय मनमोहन अधिकारीले २०५४ सालदेखि चियापान शुरु गरेका थिए । राजनीतिक दूरी कम गर्न आपसी मेलमिलाप, भाइचारा र सद्भाव कायम गर्न थालिएको चियापान समारोहको संस्कृति अहिले सबै दलहरूमा छ । 

बी.पी.पछि पनि सबै क्षेत्रका मानिसहरू भेला हुने गरी चियापान कार्यक्रमको निरन्तरता दिन थालियो । पञ्चायतकालको अन्त्यतिर भेटघाट र मिलनको सन्दर्भ जोड्ने गरी विभिन्न विधाका लेखक, साहित्यकार, बुद्धिजीवी, कवि, पत्रकार, कूटनीतिक निकायका प्रतिनिधि, राजनीतिज्ञहरू एकै स्थानमा भेट्न चियापान गरिन्थ्यो ।

चियापान कार्यक्रम अहिलेको राजनीतिक परिस्थितिमा सबै पार्टीका शीर्ष नेता एकै स्थानमा जम्मा हुने तथा भेटघाट गर्ने अवसरका रुपमा स्थापित भएको छ । बी.पी. कोइराला र मनमोहन अधिकारीले दशैंको अवसरमा शुरु गरेको चियापान परम्पराको बेग्लै गरिमा छ । त्यही परम्परालाई एमालेले मनमोहनको निधनपछि निरन्तरता दिँदै आएको हो । यो क्रम माधवकुमार नेपाल, झलनाथ खनाल हुँदै केपी शर्मा ओली अध्यक्ष हुँदासम्म निरन्तर जारी छ । पछिल्लो समय कोरोना महामारीले चियापान कार्यक्रम नभएपनि सामान्य अवस्थामा चियापान कार्यक्रमहरु भइरहेको छ ।

पछिल्लो समय राजनितिप्रति जनताको चासो कम हुँदै जान थालेको छ । सबै दलहरु उस्तै हुन् र पूराना पार्टीहरुले केहि गरेनन् भन्ने भास्य निर्माण हुँदैछ । नीति र बिचार स्पष्ट नभएकाहरु अगाडी वढिरहेका छन् । लेफ्टिष्ट की राइटिष्ट भन्न नसक्नेहरुको होहल्ला छ । सामाजिक अभियान्ताको नाममा मनपरी गनेृहरु खुलेआम छन् । यो सब चिज लोकतन्त्रको लागि राम्रो राम्रो पक्ष हुन सक्दैन । गणतन्त्रमा जनता, पार्टी यानकी दल र नेताहरु मिलेरै जनस्तरको काम सम्पन्न हुने हो । 

बिगतको विभिन्न सन्दर्भहरुको असहजता मात्र हैन परिवर्तनमा समेत ठूला दलहरुको मिलेमतोको महत्वपूर्ण भूमिका सहितको इतिहास छ ।  त्यो चिजको उचित प्रबन्धको लागि चियापान र शुभकामना आदान प्रदानको सन्दर्भ बलियो बन्नु पर्छ, न की श्राद्ध अर्थात तिथीको दिन खोजेरै भएपनि बिरालो बाँधेर श्राद्ध सम्पन्न गरेको जस्तो । 



प्रतिक्रिया



थप समाचारहरु