बनेपा–नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बागमती प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ ।
कांग्रेसले बुझाएको सूचीमा काभ्रेबाट तीनजना परेका छन् । कांग्रेसले काभ्रेबाट खस आर्य महिलामा शान्ति थापा क्षेत्रीको नाम सिफारिस गरेको छ । क्षेत्रीको नाम अन्तिममा रहेको छ । खस आर्य महिलातर्फ उर्मिला नेपाल पहिलो नंवरमा रहन सफल भएकी छन् ।
यस्तै काभ्रेबाट समानुपातिकतर्फ आदिबासी जनजाति महिलातर्फ पाँचखाल नगरपालिकाकी पूर्व नगर उपप्रमुख लक्ष्मी दनुवार परेकी छन् । अल्पसंख्यक समुदायकी उनको नाम आदिवासी जनजाति महिलातर्फ सातौं नंवरमा रहेको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्य आदिवासी जनजाति पुरुषको कोटामा सिफारिस भएका छन् । उनको नाम कांग्रेसको बन्दसूचीमा आदिवासी जनजाति पुरुषतर्फ छैटौं नंवरमा रहेको छ ।