चन्द्रागिरीमा पहिरो जाँदा धुलिखेलका ३ जनाको मृत्यु


मेचीकाली

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका २ देउराली नजिकै गएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको धुलिखेल– १२ का स्थानीयवासी ५१ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र छोरी डेढ वर्षीया सारथी श्रेष्ठ रहेको चन्द्रागिरी– २ का वडाध्यक्ष भाइकृष्ण तामाङले बताए । 


चन्द्रागिरी –२ देउराली नजिकै मसिनी जाने बाटोमा वर्षाका कारण पहिरो आई रेकी ध्यान केन्द्रमा सुतिरहेको अवस्थामा उनीहरूको मृत्यु भएको वडाध्यक्ष तामाङले बताए । उनीहरू केही समयदेखि बिरामी भएकाले उक्त ध्यान केन्द्रमा उपचारका लागि बस्दै आएको उनले जानकारी दिए ।

राति १२ः४० बजे गएको पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । अहिले स्थानीय जनप्रतिनिधि र स्थानीयको सहयोगमा नागढुंगा प्रहरी प्रभाग, सशस्त्र प्रहरीको नीलबाराही गण र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेको छ । शुक्रबार बिहान ६ः४० बजे मेसिन लगाएर शव निकालिएको वडाध्यक्ष तामाङले बताए । अहिले मौसम खुलेको र पहिरो जाने क्रम पनि रोकिएको उनले बताए ।


प्रतिक्रिया



थप समाचारहरु