मण्डनमा रमिता : जनता झुक्याउन, कहिले शिलन्याशको ढुंगो त कहिले कैंची र रिबनको फुर्को


होमप्रसाद चौंलागाँईं

मण्डनदेउपुर काभ्रेको उर्वर भूमी हो । यहाँ ब्राम्ह्ण क्षेत्री, तामाङ, नेवार, दनुवार लगायत दलित र सिमान्तकृत समुदायको राम्रो उपस्थिति रहेको छ । यो, देशको राजधानी शहर काठामाडौंबाट छोटो दूरीमा रहेको नगरपालिका हो । यहाँबाट छोटो दूरीमा देशको संघीय राजधानी काठमाडौंको गन्तब्य सहजै तय गर्न सकिन्छ । हिजो अरनिको राजमार्ग मात्र राजधानी प्रवेश गर्ने नाकाको रुपमा रहेको यस भेगमा आज कुन्तावेसी नयाँगाउँ–नगरकोट, हिंगुवापाटी–गैह्रिविसौना देउपुर नगरकोट, सिपाघाट–देउपुर नरगरकोट र सिपाघाट–चुरीथुम्का कात्तिके, पालुवारी, साँखु हुँदै काठमाडौंसम्मको यात्रा गर्न सकिन्छ । दशकौंसम्म बत्तिमुनीको अँध्यारोको पहिचान भिरेको मण्डनदेउपुरमा यो सबै कुरा सम्पन्न हुन सक्नुमा माननीय गोकुल बाँस्कोटाको दूरदर्शिता प्रष्ट रुपमा देख्न सकिन्छ । 

नगरपालिका भित्र ८ ओटा वडाहरु कभर गर्ने सुख्खा क्षेत्र वृहत् खानेपानी आयोजना संचालनमा रहिरहेको छ । नगरका सबै विद्यालय भवनहरु नयाँ र सुविधासम्पन्न बनेका छन् । माध्यमिक तहको विद्यालयहरुमा आई.सी.टी. कम्प्युटर ल्याबको सुविधा पुगेको छ । नगरस्थित अधिकांश ठूलो र लामो दूरीको सडकहरुको स्तरोन्नतीको काम लगभग धेरै सम्पन्न भैरहेको छ । 

कुन्तावेसी नयाँगाउँ नगरकोट सडक पिचको काम सकिएको छ । नर्सरी पौवाटार जैमाने सडकको कामले निरन्तरता पाइरहेको छ । धाइटार मिलनचोक मुलाबारी र धाइटार किलनचोक सर्वझाङ सडकको स्तरोन्नतीको काम भैरहेको छ । डेडीथुम्का गहते देउराली मैदान हुँदै रामपुर ज्याम्दी पुग्ने सडकको काम अगाडी वढिरहेको छ । १÷२ करोडका दजनौं योजनाहरु चालूमात्र नभएर निरन्तरताको दिसामा छन् । हिंगुवापाटी डेडीथुम्का सोते सडक बन्ने क्रममा छ । चाखोलामा जैमाने पुल बनिरहेको छ । चण्डेनी र महादेवस्थानको सिमाना भनेर चिनिने टोड्केमा पक्की पुल बनिसकेको छ । ज्याम्दी र दोलालघाट जोड्ने पक्की पुलब बनेर त्यहाँको स्थानीय उत्पादन हिउँद वर्षै बजारसम्म पु¥याउन सहज भएको छ । ठूलो तथा लामो दूरीको कुलो र बाँधहरुको निर्माण कार्य भैरहेको छ । गठबन्धन सरकारले केहि काट्न भ्याएको योजनाहरुको अलावा यि र यावत विकास निर्माणको लागि निरन्तर र बहुवर्षीय बजेट सहितको बन्दो बस्त मिलाइएको छ । 

यसको अलावा हिंगुवापाटी जोगिटार दोलालघाट सडक कालोपत्रेको अन्तिम चरणमा पुगेको छ । जुन काभ्रेपलाञ्चोक स्थित निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय रणनीतिक सडकको रुपमा समेत रहेको छ । अरनिको राजमार्गको बैकल्पिक मार्गको रुपमा समेत चिनिने उक्त रणनितिक सडक यो आर्थिक अन्तिम चरणमा पुगेको हो । 

आफू नेपाल सरकारको प्रवक्ता सहित, संचार तथा सूचना प्रविधि मन्त्री र शहरी विकास मन्त्री हुँदै उनको दूरदर्शीताले आँख देखिसकेको थियो । राजनीतिमा को, कहिले र कुन सन्दर्भले कुन ढंगको पहूँचमा पुग्न सक्छ भन्ने राम्रो हेक्का राखेका उनले त्यति बेलै आफ्नो जनमुखी बिकासे कलम चलाउन भ्याएका थिए । 

जसको फलस्वरुप नगरमा ठुलादेखि विभिन्न स–साना योजनाहरु चलिरहेका छन् । चण्डेनीमा रहेको उमादेवी मन्दिरको पुनरनिर्माण भएको छ । देउपुरको ब्रम्हयणी माइको मन्दिर पुनर निर्माणको काम सम्पन्न भैसकेको छ । डेडीथुम्का, तपेश्वर, वालुवा, उमा सह, बागदेवी, इन्द्रावती लगायत नगरमा रहेका माध्यमिक तहका विद्यालयहरुमा ठूला ठूला र सुविधासम्पन्न भवनहरु बनिसकेका छन् । 

यसै सन्दर्भमा केपी ओली नेतृत्वको सरकारकै पालामा १६३ क्षेत्रीय रणनीतिक सडक र ७५३ स्थानीय पालिकामा पालिका अस्पतालहरू एकसाथ शिलन्याश भैसकेको हो । त्यसै अनुरुप नगरमा राम्रो संरचना सहित अस्पताल भवन बनेको छे । स्वास्थ्य क्षेत्रमा अस्पतालको भवनले मात्र पुग्दैन त्यसको लागि उचित व्यवस्थापन सहितको स्वास्थ्य सेवा प्रदान हुन सक्नु पर्दछ । 

स्थानीय सरकार अस्पतालको व्यवस्थापनमा भन्दा औषधीबाट आउने कमिशन र गठबन्धनमा कार्यकर्ता तान्ने, अड्काउने तर्साउने मेसोमामात्र सिमिति देखिन्छ । अस्पताल भनेर सेवा लिन गएका सेवाग्राही विरामीहरु उनिहरुले सिफरिस गरेको मेडिकल धाउन वाध्य हुन पर्छ । 

राजनितिक उपस्थिति र जनताको चासोको हिसाबले कुरा गर्ने हो भने पनि यो सुझबुझ र चेत भएका नागरिकहरु बसोबास गर्ने थलो हो । गएको निर्वाचनको कुरा गर्ने हो भने, यस नगरमा एमाले एकातिर र भएभरका सबै दल अर्कोतिर हुँदापनि ६ सएको हाराहारीमात्र मतान्तर भएको नगर हो । यो गठबन्धन दलका सबैलाई राम्ररी थाहा छ । त्यसैले नगरमा रहेको गठबन्धनलाई जनताको काम गर्नुभन्दा लप्नछप्नमा एमाले छल्दै कहिले शिलन्याशको ढुंगा त केहिले उद्घाटनको रिबन काट्न हम्य हम्य भएको देखिन्छ ।


प्रतिक्रिया



थप समाचारहरु