काठमाडौंमा नदि किनारमा बाढीको त्रास, दीर्घकालिन समाधानका लागि पहल


विजय न्यौपाने

काठमाडौं-लगातारको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भइरहँदा काठमाडौंमा नदिको किनारमा रहेका बस्तीहरु पनि बाढीको जोखिममा परेका छन् । 

काठमाडौं महानगरपालिका वडा नं ८ गुहेश्ष्री क्षेत्र आसपासका बस्तीमा केही दिनअघि परेको अबिरल बर्षाका कारण जनजीवन प्रभावित भयो । उक्त क्षेत्रका बस्तीसहित विद्यालयमा समेत बाढी पसेको थियो । बाढीबाट जनजीवन प्रभावित भएपछि स्थानीय बासिन्दा र स्थानीय सरकार मिलेर गुहेश्वरीदेखि गौरीघाटसम्म जेसिबीले सरसफाई गर्ने र नदि गहिर्याउने कामसमेत भएको छ । 

वडाअध्यक्ष आशमान संगतसमेतको उपस्थितिमा स्थानीयबासीको हालैको भेलाले नदिको बहाब कम हुनासाथ नदिमा जम्मा भएको माटो हटाउने, हरेक बर्ष बर्षात सुरु हुनुभन्दा अगाडि थप भएको माटो बैशाख महिनामा हटाउने निर्णय गरेको छ । यस्तै गौरीघाट चोकदेखि ढल प्रशोधन केन्द्र गुहेश्वरीको नदि किनारको ढल पुननिर्माणका लागि एक महिनाभित्र डिजाइन, इष्टिमेट र बजेट व्यवस्थापन गरी यसै आर्थिक बर्षमा निर्माण कार्य गर्ने लगायतका निर्णय पनि भएको छ । 



प्रतिक्रिया



थप समाचारहरु