नमोबुद्धमा एमालेको योजना : नगरभित्रै बहुप्राविधिक विद्यालय


मेचीकाली

भकुण्डेबेशी–नेकपा एमाले नमोबुद्धले आगामी पाँच बर्षभित्र नगरपालिकाभित्र बहुप्राविधिक विद्यालय स्थापनाको खाका तयार पारेको छ । 

स्थानीय तहको चुनावमा नमोबुद्धमा नेकपा एमालेले जीत हात पारेसँगै सार्वजनिक निजी साझेदारीको अवधारणामा नगरमा एउटा बहुप्राविधिक विद्यालयको स्थापना गर्ने खाका बनाइएको एमालेबाट नमोबुद्ध नगरपालिका प्रमुख पदका उम्मेदवार राजन भुर्तेलले जानकारी दिए । यस्तै नगरभित्र अन्य प्राविधिक विद्यालयहरु सञ्चालन गर्ने योजना पनि एमाले नमोबुद्धले बनाएको छ । प्रत्येक विद्यालयमा सूचना प्रविधिको माध्यमबाट शिक्षणको व्यवस्था गर्नेदेखि गरिब बालबालिकाका लागि आवासीय छात्राबासको समेत निर्माण र सञ्चालन गर्ने भुर्तेलले जानकारी दिएका छन् । 

एमालेले आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क गर्ने तथा नगरस्थित प्रादेशिक अस्पताललाई एक सय सैयाको सुबिधासम्पन्न बनाइ जिल्लातहको विशेषज्ञ सेवा सहितको अस्पतालकोरुपमा विकास गर्ने प्रतिवद्धतासमेत जनाएको छ । नेकपा एमालेकै नेतृत्वमा नमोबुद्ध नगरपालिकाले नमोबुद्ध ४ मा रहेको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पताल बनाएको थियो । असक्षम अति न्यून आय भएका नागरिकहरुको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमाको ब्यवस्था गर्ने पनि एमालेले योजना तयार पारेको छ । 

शिक्षा, स्वास्थ्य, सामाजिक सशक्तिकरणको क्षेत्रमा नमोबुद्ध नगरपालिकालाई मुलुककै अग्रणी र नमुनायोग्य नगरको रुपमा विकास गर्ने एमालेको प्रतिवद्धता छ । 

सामाजिक विकासको क्षेत्रमा एमाले नमोबुद्धले तयार पारेका योजनाहरु यस्ता छन् :

सामाजिक विकास

क) शिक्षा

- सार्वजनिक निजी साझेदारीको अवधारणामा नगरमा एक बहु प्राविधिक विद्यालय र अन्य प्राविधिक विद्यालय सञ्चालन गरिनेछ ।

- प्रत्येक विद्यालयमा आधुनिक सूचना प्रविधिका माध्यमबाट शिक्षणको ब्यवस्था गरिनेछ र त्यसका लागि आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गरिनेछ । 

- विद्यालय स्तरमा स्थानीय पाठ्क्रम तयार गरि गुणस्तरीय, जीवनउपयोगी, प्राविधिक तथा नैतिक शिक्षामा जोड दिईनेछ ।

- गरिब बालबालिकाको लागि आवासीय छात्रावास निर्माण र सञ्चालन गरिनेछ ।

- अति विपन्न परिवारका विद्यार्थीलाई स्नातक तहसम्मको शिक्षाको लागी अध्ययन अनुदानको ब्यवस्था गरिनेछ ।

- सामुदायीक विद्यालयमा अध्ययन गर्ने पाँच कक्षासम्मका विद्यार्थीहरुलाई निःशुल्क पोशाक उपलब्ध गराईनेछ ।

ख) स्वास्थ्य

- आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क गरिनेछ । नगरस्थित प्रादेशिक अस्पताललाई एक सय सैयाको सुबिधासम्पन्न बनाइ जिल्लातहको विशेषज्ञ सेवा सहितको अस्पतालकोरुपमा विकास गरिनेछ । 

- सबै नगरवासीलाई स्वास्थ्य विमा कार्यक्रममा आबद्ध गराइने छ र स्वास्थ्य बिमाका लागि आवश्यक विमाड्क तिर्न असक्षम अति न्यून आय भएका नागरिकहरुको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमाको ब्यवस्था गरिनेछ । 

- दुर्घटनाजन्य विपद्मा परेको, हृदयघात भएको र प्रशुतीजन्य जटिलता भएको नागरिकलाई जानकारी प्राप्त हुनासाथ निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईनेछ । नागरिकलाई परेको स्वास्थ्य विपद्मा स्थानीय सरकारको पहिलो उपस्थिती हुनेछ ।

- नवजात शिशुको र आमाको स्वास्थ्यका लागि सनौला हजार दिनमा पौष्टिक आहार सहितको उपहार र नगद सहित जनप्रतिनिधीबाट सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरिनेछ ।

- प्रत्येक वडामा डाक्टर सहितको घुम्ती स्वास्थ्य टोली खडा गरी प्रत्येक ६÷६ महिनामा स्वास्थ्य परीक्षण गरिने छ ।

- जेष्ठ नागरिक, अशक्त र अपाड्गता भएका व्यक्तिहरूका लागि घुम्ती स्वास्थ्य परीक्षणको व्यवस्था गरिने छ ।

- ५० वर्ष नाघेका असहाय एकल महिला वा अविवाहित महिला र अतिविपन्न एकल पुरुषहरुलाई निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गरिनेछ ।

- रैथाने आयुर्वेदिक जडीबुटीहरुको पहिचान गरी परम्परागत प्राकृतिक उपचार पद्दतिको संरक्षरण सम्बद्र्धन गरिनुका साथै बैकल्पिक चिकित्सा तथा प्राकृतिक उपचार पद्दतिलाई व्यवस्थापन गरिने छ । 

- स्वस्थ जीवन शैलीको लागि प्रत्येक वडामा कम्तिमा एउटा योग केन्द्र स्थापना गरिनेछ ।

- महिला स्वास्थ्य स्वयंसेविकाहरुको सुविधा बृद्धी गरि प्रभावकारी परिचालन गरिनेछ ।

ग) समाजिक सशक्तीकरण

- लक्षित वर्गहरुलाई विकासको मूलप्रवाहमा ल्याउन सहजीकरणका लागि नगरपालिकामा महिला परिषद, युवा परिषद, दलित परिषद, आदिवासी जनजाति परिषद्हरु कार्यान्वयनमा ल्याइने छ । 

- परम्परागत  मौलिक ज्ञान, सीप तथा प्रविधिहरूको पहिचान गरी तिनीहरुको संरक्षण तथा प्रवद्र्धन गरिनेछ ।

- गरिबीका रेखामुनि रहेका परिवारहरुको पहिचान गरी आर्थिक आयआर्जनका कृयाकलापहरुमा समाबेस गराइने छ । उनीहरुलाई आवश्यक सहुलियत कर्जा, ब्याज छुटमा प्राथमिकताको व्यवस्था गरिनेछ ।

- नगरक्षेत्रभित्र रहेका घरबारबिहीन परिवारलाई आवश्यक बासको व्यवस्था गरिनेछ साथै एक घर एक स्वरोजगारीको व्यवस्था गरिनेछ । 

- नगरभित्र रहेका उद्योग तथा ब्यवसायहरुमा सिमान्तकृत एवम् बिपन्न परिवारलाई निश्चित प्रतिशत रोजगारीका लागि आरक्षणको व्यवस्था अनिवार्य गरिनेछ ।

- जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरिनेछ ।

घ) महिला

- महिलाहरुको अर्थपूर्ण सहभागिता अभिवृद्धिका लागि नगरका संयन्त्रहरुमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिनेछ । समान कामको लागि समान ज्याला नीति लागू गरिनेछ ।

- हिंसा प्रभावित महिलाहरुको तत्काल उद्धार तथा संरक्षणका लागि सञ्चालित सेफ हाउसको लागि छुट्टै भवन निर्माण तथा सोको दिगो व्यवस्थापन गरिनेछ ।

- महिलाहिंसा मुक्त समाज बानउन र आत्मनिर्भर गराउन सिपयुक्त स्वरोजगारीको व्यवस्था गरिनेछ ।

ङ) युवा

- युवाहरुको क्षमता विकासको लागि खेलकुद, शिक्षा, आय आर्जन र सृजनशिलता विकास सम्बन्धि तालिमको व्यवस्था गरिनेछ ।

- प्रत्येक वडामा युवाहरुका लागि योग तथा व्यायमशालाको व्यवस्था गरिने छ । 

- युवाहरूलाई रूपान्तरणका संबाहक र नेतृत्वका साझेदारको रुपमा विकास गर्दै सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रका समग्र जिम्मेवारी सम्हाल्न युवा नेतृत्व विकास गरिनेछ । 

- उद्यमशीलता वृद्धि गरी युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गरिनेछ ।

च) दलित

- नमोबुद्ध नगरलाई छुवाछुतमुक्त नगर बनाउँदै सबैखालको विभेद अन्त्य गरिनेछ ।

- परम्परागत पेशलाई प्रविधिसुधार तथा आय आर्जनमा जोड दिइनेछ ।

- शिक्षा, स्वास्थ्य, रोजगारमा विशेष पहुँच पु¥याइनेछ ।

- अति बिपन्न दलित परिवारलाई निःशुल्क स्वास्थ्य बिमाको ब्यवस्था गरिनेछ ।

छ) अपाङ्ग

- सबै सार्वजनिक पूर्वाधारहरु अपाङ्गमैत्री बनाइनेछ ।

- पूर्ण अशक्त र अपाङ्गगता भएका व्यक्तिको परिवारका सदस्यलाई आयआर्जनका लागि आवश्यक सीप तथा सहयोग उपलब्ध गराइनेछ । 

- अपाङ्गता भएका व्यक्तिको नाम रहेको घरजग्गामा तिर्नुपर्ने घरजग्गा करलाई अनुदान मार्फत निःशुल्क बनाइनेछ ।

- अपाङ्गता भएका व्यक्तिहरुलाइ शिक्षामा पूर्ण छात्रवृत्तिको व्यवस्था गरिने छ ।

- अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्यको लागि स्वास्थ्य बिमा गरिनेछ ।

ज) ज्येष्ठ नागरिक

- ज्येष्ठ नागरिकलाई सम्मानपूर्ण र मर्यादित जीवनयापनका लागि वातावरण बनाइने छ ।

- स्वास्थ्य सेवाको सहज पहुँचमा जोड दिइनेछ । निशुल्क स्वास्थ्यउपचारकोे लागि वडा तथा नगरबाट स्वास्थ्य बिमा गरिनेछ ।

- जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घरैमा पु¥याउने व्यवस्था गरिनेछ ।

- आफन्त बिहीन तथा सामुहिक रुपमा बस्न चाहने जेष्ठ नागरिकहरुलाई सम्मानजनक बसोबासका लागि जेष्ठ नागरिक स्याहारकेन्द्र स्थापना गरिने छ र निःशुल्क बसोबासको व्यवस्था मिलाइने छ ।

- एक वडा एक बाजे बज्यै पार्क निर्माण गरिनेछ ।

झ) बालबालिका

- नगरमा रहेका बाबुआमा बिहीन बालबालिकाहरुलाई प्रदेश सरकारले प्रदान गर्ने मासिक भत्तामा शत प्रतिशत थप गरी प्रति महिना रु ४००० का दरले उपलब्ध गराइ समाजमा पुर्नस्थापित हुने वातावरण गराइनेछ ।

- नगर भित्र बिभिन्न स्थानमा बाल सिकाई केन्द्रको रुपमा विकास गर्ने गरी बालमैत्री पार्कको स्थापना तथा सञ्चालन गरिनेछ ।

-

ञ) खेलकुद÷खेलाडी

- राष्ट्रिय स्तरको खेलकुदहरुको बार्षिकरुपमा प्रतियोगिता आयोजना गरी  बढीभन्दा बढी खेलाडीलाई सहभगी गराइ खेलकुदमा प्रोत्साहन गरिनेछ ।

- बहुउद्देश्यीय कभर्डहल, राष्ट्रियस्तरको खेल मैदान रङ्गशाला विकास निर्माण गरिनेछ ।

ट) कला/संस्कृति

- कलाकार, स्रष्टा, संस्कृतिकर्मी, मिडियाकर्मी र सबै क्षेत्रका अगुवा र समाजसेवीहरुलाई सम्मानका साथ सामाजिक अभियानमा उत्प्रेरित गरिनेछ ।


प्रतिक्रिया



थप समाचारहरु