काभ्रे– साउन २३ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको ग्रेड बृद्धि परीक्षामा काभ्रेपलाञ्चोक जिल्लाका दुई हजार चार सय परीक्षार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकले साउन २३ देखि २९ गतेसम्म सञ्चालन हुने ग्रेड बृद्धिका लागि हुने पुरक परीक्षाका लागि जिल्लाका दुई हजार ४३५ परीक्षार्थी सहभागि हुने जनाएको हो । इकाई प्रमुख देवका ढकालले एसइई परीक्षाको ग्रेड बृद्धिका लागि जिल्लाका सामाुदायिक र संस्थागत गरी कुल १९८ वटा विद्यालयका परीक्षार्थी सहभागि हुने बताउनुभयो । उहाँले ग्रेड बृद्धिका लागि सबैभन्दा बढी गणित विषयका एक हजार ६७४ जना, विज्ञान विषका एक हजार ८८ जना, ऐच्छिक (प्रथम) विषयका ९३७ जना, सामाजिक विषयका ९१९ जना, अङ्ग्रेजी विषयका ८८८ जना, नेपाली विषयका ६६५ जना, ऐच्छिक (द्धितिय) का ३९६ जना र प्राविधिक विषयका १७ जना परीक्षार्थी सहभागि हुने बताउनुभयो ।
उहाँले परीक्षाका लागि धुलिखेल सञ्जीवनी नमूना मावि, पूर्ण सञ्जीवनी लङ्खनामाई मावि, हिमालय मावि, आजाद मावि र शिक्षा सदन मावि बनेपालाई परीक्षा केन्द्र तोकिएको इकाई प्रमुख ढकालले बताउनुभयो । उहाँले धुलिखेलस्थित पूर्ण सञ्जीवनी लङ्खनामाई माविमा जिल्लाको चौरीदेउराली, पाँचखाल नगरपालिका, महाभारत गाउँपालिकाका परीक्षार्थी, सञ्जीवनी नमूना माविमा धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका र भुम्लु गाउँपालिकाका परीक्षार्थीका लागि परीक्षा केन्द्र तोकिएको बताउनुभयो ।
यस्तै बनेपामा रहेको शिक्षा सदन माविमा रोशी गाउँपालिका र बेथानचोक गाउँपालिका, आजाद माविमा पनौती नगरपालिका र तेमाल गाउँपालिकाका परीक्षार्थी र हिमालय माविमा बनेपा नगरपालिका र खानीखोला गाउँपालिकका परीक्षार्थीको लागि परीक्षा केन्द्र तोकिएको छ ।