भिसोको सुदूरपूर्वी यात्रामा पाथीभरा स्मरण


होमप्रसाद चौंलागाँईं


पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाइजेशन संस्थागत विद्यालयहरु अन्तर्गत मण्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाको पेशागत हक हीत केन्द्रित छाता संगठन हो । जहाँ तीनै पालिकामा रहेका संस्थागत विद्यालयहरु सदस्य रहने प्रावधान छ । यसले शिक्षा, शिक्षण क्षेत्र, प्रतिस्पर्धात्मक आद्युनिक शिक्षाकोमा ठूलो भूमिका निर्वाह गर्दै आएको छ । मण्डनदेउपुर, पाँचखाल र भुम्लुको शिक्षा क्षेत्रमा गुणस्तर कायम गर्नु यसको प्रमुख उदेश्य र लक्ष्य रहेको छ । यसले पठन पाठन क्षेत्रको अलावा विभिन्न प्रतिस्पर्धात्मक क्रियाकलापहरु र केहि मनोरञ्जनात्मक र अध्ययन अवलोकबाट सिकाईको सन्दर्भलाई समेत जोड्ने जमर्को गर्दै आएको छ । जस अनुरुप यो यात्रा र विभिन्न यात्रा स्मरणको कुराहरु अगाडी वढेको हो ।  

काठमाडौंबाट बस तथा माइक्रो बसमा यात्रा गरेर झापाको बिर्तामोड पुगिन्छ । काभ्रेको सन्दर्भमा केन्द्रित भएर कुरा गर्नु पर्दा धुलिखेलबाट वी.पी. राजमार्ग अन्तर्गत बनेपा बर्दिबासको सडक प्रयोग गर्दै सिन्धुलीको भिमानबाट छोटो र नयाँ बनेको सडक प्रयोग गर्दै अगाडी वढ्न सकिन्छ । जाँदा त्यहि सडक र फर्किंदा ढल्केबरबाट छिरेर बर्दिबास हुँदै हाम्रो यात्रा शुरु र अन्त्य भएको थियो ।

सडकमार्ग भएर जानेहरूका लागि काठमाडौंबाट विर्तामोडसम्म करिब १० घण्टाको यात्रा गर्नुपर्ने हुन्छ । झापा तथा ताप्लेजुङको सुकेटारसम्म जानको लागि हवाई मार्गको प्रयोग गर्नपनि सकिन्छ । त्यति मात्र नभएर काठमाडौं विमानस्थलबाट भद्रपुरका लागि दैनिक करिब दस फ्लाईट उडान हुने गर्छ । भद्रपुरबाट विर्तामोडको दूरी गाडीमा करिब आधा घण्टाको हो । काठमाडौंबाट सोझै ताप्लेजुङको लागि समेत हवाई सेवा उपलब्ध छ । नेपाल एयरलाईन्स र सीता एयरले यो सुविधा उपलव्ध गराउँछ ।

बिर्तामोडबाट करिब १५ मिनेटको दुरी पार गरेपछि मेची राजमार्ग भेटिन्छ । २ सय ३६  किलोमिटर लामो यो राजमार्ग मनोरम पहाडी मार्ग हो । यस राजमार्गले झापालाई पहाडकी रानी उपनामले चिनिने इलाम हुँदै पाँचथर र ताप्लेजुङ जिल्लालाई जोडेको छ ।

यस राजमार्गबाट बाटोमा पर्ने इलाम कन्यामको मनोरम चिया बगानहरू छिचोल्दै तपाईं करिब ८ घण्टाको यात्रापछि ताप्लेजुङ पुग्न सकिन्छ । ताप्लेजुङ जोड्ने मेची राजमार्ग पुरानो र चल्तिको मार्ग हो । यसबाहेक धरानबाट भेडेटारको पहाडी मनोरम वातावरणमा रमाउँदै धनकुटाको मूलघाटबाट तमोर नदीको किनारै–किनार ताप्लेजुङ पुग्ने वैकल्पिक मार्गसमेत निर्माण भएको छ ।

तमोर करिडोरले चिनिने यो मार्ग ताप्लेजुङ पुग्ने अत्यन्तै छोटो मार्गको रुपमा चिनिन्छ ।  निर्माणाधीन अवस्थामा रहेकाले यो मार्गको यात्रा विशेषत हिउँद याममा सहज हुने गर्छ । कालोपत्रे नभइसकेको र ग्राभलिङ सडक भएकाले हाल जीप सेवा मात्र यहाँको लागि उत्तम छ । यो मार्गको प्रयोग गरेर धरानबाट करिब ६ घण्टामा ताप्लेजुङ पुग्न सकिन्छ ।

अर्काे वैकल्पिक मार्ग धरान–धनकुटा लालीगुराँस नपा बसन्तपुर–गुफा पोखरी हुँदै ताप्लेजुङको हो । यो राजमार्गले गुराँसका राजधानी मिल्के जलजलेलाई छिचोल्दै ताप्लेजुङलाई जोड्छ । यो मार्ग पनि निर्माणाधीन अवस्थामा रहेकाले कच्ची सडकको रुपमा रहेको छ ।

ताप्लेजुङबाट पाथीभरा ताप्लेजुङको सदरमुकामबाट १७ किलोमिटर मोटर यात्रापछि करिब एक घण्टामा सुकेटार विमानस्थल हुँदै पाथीभराको काफ्लेपाटी पुगिन्छ । काफ्लेपाटीबाट पैदल मार्ग सुरू हुन्छ । काफ्लेपाटीबाट एक घण्टाको पैदल यात्रामा फेदी (कान्छीथान) पुगिन्छ । काफ्लेपाटी र फेदीमा बस्नका लागि सुविधा सम्पन्न होटलहरू छन् ।

फेदीबाट करिब २ घण्टा जतिको उकालो हिँडेपछि पाथीभरा माताको चरणमा पुग्न सकिन्छ । जब तपाईं माताको यस पवित्र भूमिमा पुग्नुहुनेछ, तपाईंलाई आश्चर्यजनक आनन्दको अनुभूति हुनेछ ।

अघि हिँड्दाको थकान पूरै हराएको महसुस हुन्छ । पाथीभरामाताको चरणमा शरण लिँदै गर्दै छुट्टै किसिमको सुखानुभूति महसुस गर्नुहुने छ । यसरी खुसी र पवित्र मनले माताको दर्शन गरेर आशिर्वाद ग्रहण गर्नुहुनेछ । देवी पाथीभराले तपाईंको मनोकाङ्क्क्षा पूरा गरिदिनु हुनेछ ।

मण्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकााम रहेका संस्थागत विद्यालयका संस्थापक÷प्रिन्सिपल हामीहरु यात्रालाई योजनावद्ध बनाउन चाहन्थ्यौं । यात्राको अघिल्लो दिन नै सेडुल तयार भैसकेको थियो । त्यसै अनुरुप हाम्रो यात्राको सारथी बा.३ ख २६९७ नम्बरको जम्बो हायस् विहान सबेरै दोलालघाट पुग्यो, ७ः३० मा जिरो किलो आइपुग्यो, ८ः१५ बजे पाँचखालको तीनपिप्ले पुग्यो र ८ः४५ मा खावा । त्यति हुँदा दोलालघाट, कुन्तावेसी र पाँचखालका सबै सरहरु जम्मा भइयो । धुलिखेलबाट यात्रा प्रारम्भ भयो । 

धुलिखेलबाट अगाडी वढ्ने क्रममा हाम्रो यात्रा पानी ट्यांकी, काभ्रे भन्ज्याङ पात्लेखेत हुँदै नमोवुद्ध नगरपालिकाको भकुण्डेबेसी स्थित संगीता खाजा घरमा पुगेर अडियो र चिया नास्ताको काम सम्पन्न भयो । टाढा पुग्नु पर्ने यात्राको सन्दर्भ हाम्रो मानस्पटलमा थियो । त्यसैले नास्ता खानासाथ हाम्रो यात्रा अल्मलिएर, निरन्तर अगाडी वढिरह्यो । सिन्धुलीको रातमाटेमा चटपटेले सम्झायो, त्यहिं अलिक परको चौतारी थकालीमा खाना खाइयो र धर्तीकै पहिलो तीर्थको रुपमा चिनिने चतारास्थित बराह क्षेत्रको घुमघाम गर्दै दिनभरीको निरन्तर यात्रापछि बेलबारीस्थित डोको रेष्टुरेण्टमा खानपान गरी ड्रिमल्याण्ड फन पार्कमा बास बसियो ।

दशैंको टीका नसकिएसंगैको यात्रा भएर होला, होटलमा मज्दूरहरुको विदा र पातलो उपस्थितिले होटलहरुको सहज उपलब्धता नहुनु स्वभाविकै थियो । मुस्किलसंग होटल र लजको ब्यवस्थापन गर्दै हाम्रो यात्रा अगाडी वढि नै रह्यो । त्यस क्रममा कार्तिक ९ गतेबाट शुरु भएको हाम्रो पाथीभरा यात्रा १० गते विहान ५ बजेबाट शुरु भयो । इलामको जोरकलश किटेनीमा त्यस दिनको विहानी नास्तापान हुन पुग्यो । इलामकै बिब्ल्याँटे स्थित बिनायो होटलमा खानाको प्रबन्ध मिलाइयो । 

इलामकै दुई स्थानहरु नास्ता गरेको जोरकलश र खाना खाएको बिनायोका दुई होटलहरुमा आकाश पातलको फरकपन महसुश गर्ने अवसर मिल्यो । मान्छेको स्वभाव न हो । जोर कलशको होटल साहूको तीतोपन बिनायो होटलका भाइले राम्ररी मेटाइदिए । सेवारे भनी नमस्ते गर्दै र ढोग्दै पस्केको खाना र स्कूस्को तरकारी, विभिन्न थरीका अचारको परिकार कहिल्यै विर्सन सकिंदैन । 

एवं रीतले १० गतेको यात्रा चल्दै गयो संगम स्वीट्स् आहाल गैरी फिदिममा पुगेर अपरान्हको चिया नास्ता संगै अगाडी वढेको यात्रा साँझपखहुादा सुकेटार पुग्यो । ताप्लेजुङको सुकेटार बिमानस्थल नजिकैको एकजना आमाको होटलमा खाना खाँदै बास बस्ने तरखरमा लागेसंगै १० गतेको यात्रालाई विदा गरियो । 

११ गते विहान तातो पानी लिंदै सुकेटारबाट देउराली, छातेढुंगा, भालुगौंडे, काफ्लेपाटी, बेलुडाँडा, तल्लो फेदी अर्थात काफ्लेपाटी सम्मको लागि स्थानीय जिप सेवा लिइयो । काफ्लेपाटीबाट अगाडी वढ्ने क्रममा केहि समयको हिंडाई पछि माथिल्लो फेरी पुगयो र केहि बेरको थकान मराईसंगै २ घण्टाको यात्रामा माता पाथीभरा परिसर पुगियो । लामो लाइन, १० हजारको हाराहारी भक्तजनहरुको उपस्थित र हिमश्रृखलाको काँखमा रहेको माता पाथीभराको अनुकम्पलेपनि हुन सक्छ हिंडाइको मात्र नभई सिंगो काभ्रेदेखिको सबै थकाई एकै छिनमा बिर्सन पुगियो ।  

हामी शिक्षकहरु, त्यसमा पनि संस्थागत विद्यालयका । हाम्रा सबै काम कुराहरु व्यवस्थित र मर्यादित भएरै हामी प्रतिको आकर्षण वढिरहेको सन्दर्भमा हाम्रा सबै खाले गतिविधिहरु व्यवस्थित हुनु पर्दथ्यो । त्यो कुरा मनन् गर्दै १३ गतेनै हाम्रो यात्राको अन्त्य गर्नुपर्ने सन्दर्भलाई मध्यनजर गर्दै १२ गते विहान सबेरैबाट हाम्रो फिर्ती यात्रा प्रारम्भ भयो । विहानी चिया नास्ता इलाम बजारमा गरियो । फिक्कल, कन्याम लगायतको चिया बगान घुम्ने काम सकाइयो । बुधबारे स्थि पेट्रोल पम्पमा गाडीमा तेल थप्दै झापाको धुलाबारी स्थित पाथिभरा स्विट्स् एण्ड क्याफेमा दाल रोटीको स्वाद लिंदै दिउसोको यात्रा प्रारम्भ गरियो । धनकुटामा चियाको चुस्कीसंगै त्यहाँको स्थानीय उत्पादनहरु नियाल्दै किनमेलको काम सम्पन्न गरियो । बाटैभरी माछाको सिद्रा, छुर्पी, एबोकाडो, जुनार, जुनारको रस, बाजेको पेडाको मजा लिंदै हाम्रो यात्रा अगाडी वढेको वढै ग¥यो । 

यात्राको अन्तिम रात भेडेटारको अरुण टपमा हुन पुग्यो । अरुण टपको फापरको ढिंडो र त्यस होटलको हस्पिटालिटी जीवनभर विर्सन सकिने खालको छैन । 

१३ गते जसरीपनि फिर्ती गन्तब्य पूरा गर्नु पर्ने हाम्रो स्वनिर्णित बाध्यतालाई ध्यानमा राख्दै अगडाी वढ्ने क्रम शुरु भयो । विहानी ५्ः३० मै यात्रा प्रारम्भ गरियो । धरानको वुढासुब्बाको दर्शन गर्दै र त्यहिं चियानास्ता गर्दै बिराटनगरको यात्रा तय गरियो । बिराटनगर स्थित जोगबनी प्रवेश गरेर शपिङको काम गरियो । नेपालको नाका भएर होला व्यवापार र ब्यापारिक दृष्टिकोण ठ्याक्कै नेपालको जास्तो । बार्गेनिङ शैली उस्तै । 

किनमेल सकेसगैं हाम्रो यात्रालाई निरन्तरता दिन थाल्यौं । गाडीमा तेल थप्यौं । कोसी ब्यारेजको समान्य निरीक्षण र फोटो शेसन गरियो । सप्तरीको बाजेको पेडा पसलमा पेडा चाख्यौं, सिराहाको गोलबजार स्थित ड्रिमल्याण्ड होटलमा खाना खाँदै सिन्धुलि स्थित खनिया खर्कमा जुनार किन्दै र धुलिखेलस्थित मण्डनदेउपुरका सुदर्शन पौडेलको पौडेल भोजनालयमा रातको १० बजे खाना खाँदै र भ्रमण दलका सदस्यहरुलाई काभ्रेपलाञ्चोकको क्रमशः ढुंगानावेसी, तामाघाट, अनैकोट, कुन्तावेसी र दालालघाटसम्म पु¥याउँदै पाथीभरा यात्रालाई विधिवत सम्पन्न गरियो । (लेखक भ्रमण दलका एक सदस्य हुन्)




प्रतिक्रिया



थप समाचारहरु