काभ्रेको विकास र समृद्धिका लागि फेरि सूर्य, पुनः गोकूल बाँस्कोटा


मेचीकाली

-होमप्रसाद चौंलागाँईं

काभ्रेपलाञ्चोक नेपालको राजधानि काठमाडौंबाट छोटो दूरीमा तय हुने गन्तब्य मध्येको एक जिल्ला हो । त्यसमापनि काभ्रेको बनेपा, धुलिखेल र पनौती राजधानिको बैकल्पिक शहर समेत हो । यसको अलावा पाँचखाल, कुन्तावेसी, सिपाघाट र भकुण्डेवेसी लगायतका क्षेत्रहरु त्यसपछिको बैकल्पिक शहर हो । 

काभ्रेको राजनिति र यहाँको राजनितिक, सामाजिक तथा आर्थिक विकासको गति हेर्दा बत्ति मुनीको अँध्यारोको रुपमा रहेको देखिन्छ । यहाँ शेलेन्द्रकुमार उपाध्याय, कृष्णप्रसाद सापकोटा, बिदुर सापकोटा, शिबबहादुर देउजा, सूर्यमान दोङ, गंगाबहादुर दोङ, तेजबहादुर मिजार, शिबप्रसाद हुमागाँईं लगायतका नेताहरु विभिन्न समयमा संसदीय राजनितिमा उपस्थित भएपनि काभ्रे जिल्ला राजनितिक पहूँचका हिसाबले जहिल्यै पछि पर्दै आएको इतिहास छ । 

राजनितिक अधिकार प्राप्तीको आन्दोलनका क्रममा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेपछिको अवस्थामा पनि देशले २ ओटा राष्ट्रिय स्तरको निर्वाचन फेश गरिसकेको छ । प्रजातन्त्रको प्राप्ती पछिको बिभिन्न निर्वाचनहरुमा विभिन्न नेतृत्वले संसद् भवनमा प्रवेश पाउने क्रममा माओवादीका सूर्यमान दोङ, तेजबहादुर मिजार र अक्कलबहादुर थिङ, एमालेका रामहरि सुवेदी, कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा तथा कंग्रेसबाट शिवप्रसाद हुमागाँईं, कञ्चनचन्द्र बादे श्रेष्ठ, तिर्थ लामा लगायतका नेताहरु निर्वाचित भएका छन् । 

यसरी बिभिन्न समयमा बिभिन्न दलका धेरै नेताहरु सांसद् र मन्त्री भएपनि काभ्रेको विकासको गति भने बत्ति मुनीको अँध्यारो नै कायम थियो । पञ्चायत कालमा शैलेन्द्रकुमार उपाध्याय परराष्ट्र मन्त्री भएपछिको प्रजातानित्रक इतिहासमा कुनै नेता नेपालको राष्ट्रिय राजनितिको पहूचमा पुग्न सकेका थिएनन् । क्याबिनेट तहको राष्ट्रिय राजनिति काभ्रेको लागि एकादेशको कथाजस्तै थियो । 

जब काभ्रेको राजनितिक इतिहासमा गोकुल बाँस्कोटाको उदय हुने क्रमको प्रारम्भ हुन थाल्यो तब काभ्रेको नाम देशका धेरै ठाउँमा चिनिन थालेको सबुत छ । पहिलो पटक निर्वाचित हुँदै गोकुल बाँस्कोटाको प्रवेश मन्त्रालयमा हुन थाल्यो । संचार तथा सूचना प्रविधि राज्य मन्त्रीबाट मनत्रालय प्रवेश गरेको उनी छोटै अवधिमा क्याबिनेट तहको संचार तथा सूचना प्रविधि मन्त्री मात्र बनेनन् । उनले नेपाल सरकारको प्रवक्ता जस्तो गरिमामय स्थानमा आफ्नो भूमिकालाई स्थापित गराउन पुगे । त्यसको अलावा उनी क्याबिनेट तहको डबल मन्त्रालयको जिम्मेवारीमा समेत पुग्न सफल भए । उनले नेपाल सरकारको शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरे । यो काभ्रे र समग्र काभ्रेली जनताको लागि गर्विलो इतिहास हो । 

५ वर्षे संसद्को कार्यकालमा काभ्रेली जनताको बिचमा लोकप्रीय बन्न पुगेका नेता गोकुल बाँस्कोटाको चर्चा आज काभ्रेको भूगोल-भूगोलमा चल्ने गरेको छ । आज देशले गोकुल बाँस्कोटा चिन्छ । उनि केवल एउटा क्षेत्र र जिल्लामा मात्र सिमिति छैनन । यसको कारण हो- समग्र काभ्रेको विकास निर्माणप्रति देखिएको उनको विकास निर्मणको अनवरत श्रृंखला र उनमा भएको अद्भूत राष्ट्रिय नेतृत्व क्षमता ।

हुन त काभ्रेको मात्र नभएर देशका बिभिन्न जिल्लहरुको सन्दर्भ जोड्ने हो भने बिभिन्न जिल्लाहरुबाट त्यहाँका जनताहरुले आफ्नो मतबाट नेतृत्वलाई क्याबिनेटमा पु¥याएको इतिहास नभएको भने पक्कै हैन । पु¥याएको थुप्रै इतिहाहरु कायम छन् । त्यस अवधिसम्म काभ्रेले बत्तिमुनीको अँँयारोमा बस्नु पर्नाको कारण कसैले पहिल्याउन सकेका थिएनन् । समय बित्दै गएपछि काभ्रेली जनताले त्यस्तो एउटा राजनिति पात्र भेट्टयाउन सफल भए, त्यहि ब्यक्तिको नाम हो–गोकुल प्रसाद बाँस्कोटा । 

नेपालको राष्ट्रिय राजनितिको कुरा गर्नुपर्दा पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्ने मूल मर्म रहेको बहुदलीय प्रतिस्पर्धात्मक ब्यवस्थामा विभिन्न समयमा बिभिन्न दलहरुको प्रतिस्पर्धा हुनु र संसद् भवन भित्र प्रवेश पाउनु एउटा सामान्य प्क्रिया मात्र हो । जनताले त्यहा पु¥याउने काम मात्र गर्ने हो । त्यहाँ पुगेपछिको भूमिका भनेको निर्वाचित नेतृत्वको योग्यता, दक्षता र क्षमतामा भर पर्ने कुरा हो । त्यो त काभ्रेको राजनितिक दृष्टान्तले बताइनै सकेको छ । 

यो त रह्यो पूर्व माननीयहरुको बिगतको विभिन्न सन्दर्भ । यत्तिले अब काभ्रेमा विकासको गति अगाडी वढ्नेवाला छैन । यसको लागि मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा योग्यता, दक्षता र क्षमता सहितको नेतृत्व चयन गर्नु पर्छ । त्यसको लागि बिगतको पनि समिक्षा आवश्यक छ । काभ्रेको प्रतिनिधि सभा र प्रदेश सभाहरुमा के कस्ता खालका उम्मेदवारहरु के कस्तो ढंगबाट उपस्थिति हुँदै छन् भन्ने कुरा सबैभन्दा महत्वपूर्ण सन्दर्भ हो । 

काभ्रेको सन्दर्भमा मात्र केन्द्रित भएर कुरा गर्दापनि हामी भन्न सक्छौं, यहाँ एकातिर बिरुपी गठबन्धन र अर्को तर्फ नेकपा एमालेका उम्मेदवारहरु आमुन्ने सामुन्ने छन् । एकातिर एमालेका उम्मेदवारहरु बिगतमा आपूmहरुबाट भए गरेको काम र विकास निर्माणको फेहरिस्त लिएर आएका छन् भने अर्को तर्फ एमालेलाई गाली गर्ने योग्यता र क्षमता भएका पूर्व एमालेको नियुक्ति गरेर अगाडी वढेका देखिन्छन् । 

५ वर्षे संसद्को कार्यकालमा काभ्रेली जनताको बिचमा लोकप्रीय बन्न पुगेका नेता गोकुल बाँस्कोटाको चर्चा आज काभ्रेको भूगोल-भूगोलमा चल्ने गरेको छ । आज देशले गोकुल बाँस्कोटा चिन्छ । उनि केवल एउटा क्षेत्र र जिल्लामा मात्र सिमिति छैनन । यसको कारण हो- समग्र काभ्रेको विकास निर्माणप्रति देखिएको उनको विकास निर्मणको अनवरत श्रृंखला र उनमा भएको अद्भूत राष्ट्रिय नेतृत्व क्षमता ।

विभिन्न विधाका विश्वविद्यालयहरु बन्न थाल्नु, सडकहरुमा कालोपत्रे हुनु, खानेपानीको चरणवद्ध विकास निर्माण चल्नु, हिजो आरोप लागेर प्रमाणित हुन नसकेको सेक्यूरिटी प्रिन्टिङ प्रेशको काम काभ्रेमै हुन थाल्नु, बैकल्पिक विमानस्थलको कुरा उठाउनु, विशेष आर्थिक क्षेत्रको काम शुरु हुनु, शुरुङ मार्गको कुरा चल्नु, जलाशययुक्त सुनकोशी तेस्रो जलविद्युत आयोजनाको काम हुने वातावरण बन्नु, विद्यालयहरुमा आइ.सी.टी. ल्याबको काम हुनु, अत्याधुनिक विद्यालय भवनहरुको निर्माण हुनु जस्ता थुप्रै कामहरुले उनको क्रेज काभ्रेली जनजनमा वढ्दै गएको हो । 

त्यतिमा मात्र सिमित छैन । थूप्रै योजनाहरु शुरु भएर अपूरा छन् । धेरै योजनाहरु थप्नु पर्ने स्थिति छ । अरनिको र बी.पी. लगायतका २ राजमार्गहरु र हेलम्बु लगायतका थुप्रै सहायक मार्गहरुको स्तरोन्नती गर्नु छ । भए गरेका र हुन थालेका कति योजनाहरु त परमादेशको गठबन्धनरुपी सरकारले काटेको छ, त्यसलाई फिर्ता ल्याउनु छ ।  यो सबै सन्दर्भहरुको उचित व्यवस्थापनको लागि काभ्रेमा गोकुल बाँस्कोटाको अनिवार्य अपरिहार्यता वढ्दै गएको छ । विकास अनबरत र अबिछिन्न चिज हो, संघबाट मात्र गरेर पुग्दैन । त्यसको लागि संघ र प्रदेश  तहमा पनि तारतम्य मिल्नु पर्दछ । स.घ र प्रदेशको दुबै सरकार नेकपा एमालेले त्यसैले बनाउनु पर्दछ । त्यसैले मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षमा रातो मत–पत्रमा, प्रतिनिधि सभाको समानुपातिकतर्फ कालो मत–पत्र, प्रदेश सभाको प्रत्यक्ष तर्फ रातो मत–पत्र र प्रदेश सभातर्फको समानुपातिकमा सक्षम नेतृत्व चयन गर्नका लागि सूर्यचिन्हमा मतदान गर्नु आवश्यक छ । 

मानका खातिर मान, ‘सांसद्’ त धेरै बने तर संसद्मा देख्नै पइएन, कस्तो बोल्छन् सुन्नै पाइएन भन्ने कुराको अन्त्य गर्न र क्याबिनेट तहमै काभ्रेको कुरा ठाडै बिकाउनमात्र भएपनि यस पटक काभ्रेली जनताले सबै चिज बिर्षेरै भएपनि सूर्य चिन्हमा मतदान गर्नु पर्छ । गोकुल प्रसाद बाँस्कोटा र उनको मूल नेतृत्वमा रहेका सबै उम्मेदवारहरुलाई बिजयी गराउनु पर्दछ । दल र दलगत राजनितिबाट बिमुख बन्न पुगेका कांग्रेस तथा माओवादीका हिजोका शुभचिन्तक र भूलवश समाजवादको झुक्यानमा परेका समाजवादी भन्नेहरुले पनि सूर्यमा मतदान गर्नुपर्छ । 


प्रतिक्रिया



थप समाचारहरु