आँखा अस्पतालका लागि अत्याधुनिक उपकरण


Mechikali

बनेपा– काभ्रेको बनेपामा रहेको रेयुकाई एईको मासुनागा अस्पतालको लागि दश लाख रुपियाँ बराबरको उपकरणहरु उपलब्ध भएको छ । जिल्ला समन्वय समिति काभ्रेले बनेपा नगरपालिकामार्फत चस्मा बनाउने र प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराएको हो ।
मङ्गलबार अस्पतालमा आयोजित उपकरण हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसीले बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह वादेलाई र वादेले अस्पताल सञ्चालक समितिका अध्यक्ष मधु आचार्यलाई उपकरण हस्तान्तरण गर्नुभएको हो । अस्पताल सञ्चालक समितिका महासचिव हिरामणी शर्मा तिमल्सिनाले मङ्गलबार अस्पताललाई उपलब्ध गराइएका उपकरणहरुले अस्पतालबाट प्रवाह हुने सेवालाई छिटो छरितो बनाउन ठुलो सहयोग पुग्ने बताउनुभयो । उहाँले यसअघि अस्पतालमा चस्मा बनाउने दुई वटा मेसिनबाट छ मिनेटमा दुई वटा चस्मा बनाउने थियो भने अर्को मेसिन थपिएपछि छ मिनेटमा तीन वटा चस्मा बन्नेछ भने सेवाग्राहीले चस्माको लागि कुर्नुपर्ने समय समेत छोटिने बताउनुभयो ।
उहाँले अस्पतालको ल्यावमा अत्याधुनिक मेसिन नहुँदा कतिपय आँखाको जटिल समस्या पहिचानको लागि बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेकोमा प्रयोगशालामा नयाँ मेसिन प्राप्त भएपछि समस्या पहिचानका लागि बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले प्रयोगशालाका लागि प्राप्त भएको मेसिनले मधुमेहका बिरामीलाई ठुलो सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु