आगामी निर्वाचनमा काभ्रेका दुवै सिट जित्छौँ– बाँस्कोटा


Mechikali

बनेपा– नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा काभ्रेमा दुवै सिट नेकपा एमालेले जित्ने दावी गर्नुभएको छ । प्रेस चौतारी नेपाल काभ्रेले शुक्रबार बनेपामा आयोजना गरेको सदस्यता वितरण तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता बाँकस्कोटाले आगामी निर्वाचनमा काभ्रेका दुवै क्षेत्र सानदार तरिकाले जितिने दावी गर्नुभएको हो । उहाँले एमालेको थालमा खाएर त्यहि थालमा फोहोर गर्नेहरुले एमाले नबनाएको बताउँदै पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल आफ्नै पार्टीको सरकारलाई काँग्रेस सभापति शेरबहादुर देउवाको हातमा सुम्पेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेता बाँस्कोटाले बरिष्ठ नेता नेपालले माग गरे अनुसारको २०७५ जेठ २ गतेमा फर्कने लगायतका मागहरु पुरा गरेको बताउँदै पावर शेयरिङको विषयमा विधि, विधानमा उल्लेख नभएको दोस्रो अध्यक्ष नदिइने बताउनुभयो ।

उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा एमसिसिको अर्को आलोचना गर्ने प्रचण्ड तथा पार्टीभित्र कै केही नेताहरु एमसिसिको बारेमा के प्रतिक्रिया दिन्छन् भन्ने हेर्न बाँकी रहेको बताउनुभयो । ‘एमसिसिको विषयका हिजोका दिनमा चर्को आलोचना गर्ने जनार्दशन शर्मा, पम्फा भुसालहरु के गर्नुुहुन्छ ? हिजो आफुले राष्ट्रघाती भनेको कुरा रातारात कसरी राम्रो बन्दो रहेछ हेर्न बाँकी छ’ उहाँले थप्नुभयो ।
बाँस्कोटाले नेकपा एमाले कसैको राजनीतिक तथा सैनिक गठबन्धनमा संलग्न नरहने बताउनुभयो । वर्तमान प्रधानमन्त्री शेरवहादुर देउवाले अघिल्लो कार्यकालमा निर्वाचनको मिति घोषणा गरेपछि मन्त्री परिषद् गठनमा समर्थन गरेको न्यायालयले केपी ओलीले निर्वाचनको मिति घोषणा गरेपछि गरेको मन्त्री परिषद् गठनमा पहिलेको भन्दा फरक फैसला गरेको आरोप लगाउनुभयो । ‘अदालतले पार्टी र दृष्टिकोण हेरेर फैसला गर्न मिल्छ ? अस्तीको फैसला राजनीतिक फैसला हो, संवैधानिक हैन’ बाँस्कोटाले थप्नुभयो । उहाँले नेपालको पत्रकारितामा पछिल्लो समय कर्पोरेट पत्रकारिता, पार्टी पत्रकारिता, प्रोजेक्ट जर्नालिम र बार्गेनिङ जर्नालिम फस्टाएको आरोप लगाउनुभयो ।
कार्यक्रममा न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले पत्रकारिता आचारसंहिता मिचेर कुनैपनि सञ्चारकर्मीले काम गर्न नहुने बताउँदै रुमिजीवि पत्रकारलाई तोकिएको न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराउन दत्तचित्त रहेको बताउनुभयो । सो अवसरमा बाग्म्ती प्रदेश सभासदस्य चन्द्र लामा, मण्डनदेउपुर नगरपालिका उपप्रमुख निर्मला शाही, पत्रकार महासंघ काभ्रेमा उपाध्यक्ष बिनोकुमार न्यौपानेले पत्रकारिताको महत्व र समाजमा खेल्ने भुमिकाका बारेमा आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रम प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया



थप समाचारहरु