ओलीका सबै संगठन र निर्णय खारेज गर्न निर्वाचन आयोग गयौँ– नेता नेपाल


Mechikali

बनेपा– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यइा तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सबै सङ्गठनहरु र निर्णयहरु खारेज गर्न आईतबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको बताएका छन् । काभ्रेको बनेपामा आईतबार सामानान्तर कमिटि घोषणा कार्यक्रममा बोल्दै नेता नेपालले केपी ओलीका सबै संगठन अबैध रहेको, बैठकहरु, कमिटिहरु अवैध रहेको र संगठनले गरेका निर्णय अबैध भएको भन्दै ती सबै खारेजका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको बताए ।
उनले आफुहरुले निवेदन दर्ता गराएपछि निर्वाचन आयोगले कानुन बमोजिक काम गर्छ की गर्दैन, निर्वाचन आयोगले संवैधानिक निकायको मर्यादा अनुरुप काम गर्छ की गर्दैन, कसैको दवावमा, कार्यपालिकाको दवावमा, कार्यपालिका प्रमुखको दवावमा काम्छ की काम्दैन त्यो हेर्नुपर्ने अवस्था रहेको बताए । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माको ओलीको ओरालो लाग्ने दिन सुरु भएको भन्दै कुन दिन उनको प्रधानमन्त्री पद चट् हुन बेर नभएको बताउँदै अहिले प्रधानमनत्री ओलीको सातो गएको दावी गरे । ‘तपाईहरुलाई भ्रम नपरोस्, हामी हटाउन चाहेका छैनौँ, अझै पनि सुध्रिनुस् अझैपनि दुई वर्ष प्रधानमन्त्रीमा बस्नु हुन्छ भने बस्नुस्, दुई वर्ष पछिको बारेमा पार्टीले निर्णय गर्ला’ नेता नेपालले थपे ।
उनले आफुले पार्टी र आन्दोलनको काम सुरुवात गरेको भन्दै आफु नै एमाले रहेको दावी गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली एमाले नभएको जिकिर गरे । उनले पछिल्लो समय माधव नेपाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भयो, पार्टी र संगठनलाई माओवादीमा विलय गराउने भयो भन्दै भ्रमहरु फैलाइएको भन्दै आपत्ती जनाए । उनले आफुहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको विरुद्धमा नभई प्रवृतिको विरुद्ध, व्यक्तिवादको विरुद्धमा, गुटबन्दीका विरुद्धमा, विधि, विधान विपरित चल्ने प्रवृति, अराजक ढंगले चल्ने प्रवृतिको विरुद्धमा लागेको बताए ।
नेता नेपालले नेपाल पत्रकार महासंघको चुनावमा माधव नेपाल समूहलाई एक सिट पनि नदिने भन्दै हिँडेपछि विभिन्न ११ संगठनहरुसँग मिलेर ओली पक्षका पत्रकारहरुलाई टर्च बालेर खोज्नुपर्ने ठाउँमा पु¥याएको बताए । उनले कर्णालीमा म नै अबको मुख्यमन्त्री हुँ, मलाई सहयोग नगरे राजनीतिक जीवन समाप्त पार्छु भन्ने नेतालाई उल्टै सिध्याइदिएको बताए । उनले पार्टी अध्यक्ष ओलीले अल्पमतमा पर्ने भएपछि पार्टीका बैठकहरु नराखेको र सदस्य समेत नभएको व्यक्तिलाई ल्याएर कमिटि विस्तार गरेको आरोप लगाए ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, संविधान सभा सदस्य कृष्णप्रसाद सापकोटा, नेकपा एमालेका नेता विदुर सापकोटा, प्रदेश सांसद लक्ष्मण लम्साल लगायतले आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया



थप समाचारहरु