कन्टेनरको ठक्करबाट एकको मृत्यु


Mechikali

धुलिखेल– काभ्रेको पाँचखाल नगरपालिका– ८ अरनिको राजमार्ग अन्र्तगत ५२ किलोमा मालवहाक कन्टेनर र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुधबार दिउँसो २ बजे अरकिो राजमार्ग अन्र्तगत ५४ किलोमा ट्रक र मोटरसाईकल एक आपसमा जुध्दा रामेछापको मन्थली नगरपालिका–७ सल्लेनीका ३० वर्षीय कुमार आलेको घटनास्थलमा नै मृत्यु भएको हो ।
धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा ५ ख ७५२७ नम्बरको कन्टेनर र दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको बा ३३ प ६३८२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा सवार रामेछाप गुन्सी भदौरे गाउँपालिका–९ घर भई हाल दोरम्बा गाउँपालिका–५ बस्ने अन्दाजी २२ वर्षीया सपना तामाङ गम्भिर घाईते भई धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न कन्टेनरका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया



थप समाचारहरु